नौ महिनामै ९३८ अर्ब डलर बचतमा चीनको व्यापार

काठमाडौं– चीनको व्यापार बचत सन् २०२६ को पहिलो ९ महिनामा ९३८ अर्ब अमेरिकी डलर पुगेको छ । सेप्टेम्बरमा निर्यात ३६.३ प्रतिशतले बढेपछि गत वर्षको १२ खर्ब डलरको कीर्तिमानी व्यापार बचत उछिन्ने सम्भावना बढेको छ । चिनियाँ भन्सार निकायका अनुसार सेप्टेम्बरमा आयात ३१ प्रतिशतले बढ्दा मासिक व्यापार बचत अगस्टको ११९.१ अर्ब डलरबाट बढेर १३३.५ अर्ब डलर पुगेको छ । जनवरीदेखि सेप्टेम्बरसम्म अर्धचालकको निर्यात १०८.१ प्रतिशत, तथ्याङ्क प्रशोधन उपकरण तथा पार्टपुर्जाको ५४.६ प्रतिशत र सवारीसाधनको ५४.३ प्रतिशतले बढेको छ । निर्यात वृद्धिले घरेलु उपभोग र लगानी सुस्त रहेको चीनको अर्थतन्त्रलाई सहयोग गरे पनि घरजग्गा क्षेत्रको मन्दी चुनौती बनेको छ । चीनले सन् २०२६ मा ४.५ देखि पाँच प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । तर अन्तर्राष्ट्रिय मुद्राकोषले वृद्धिको अनुमान घटाएर ४.५ प्रतिशतमा झारेको छ । चीनको बढ्दो व्यापार बचतले अमेरिका र युरोपेली सङ्घ (ईयू) सँग तनाव बढाउने जोखिम छ । ईयूले चीनसँगको दैनिक एक अर्ब १० करोड डलरभन्दा बढीको व्यापार घाटा घटाउन प्रयास गरिरहेको छ । ईयूका व्यापार प्रमुख मारोस सेफकोभिचले आगामी केही वर्षमा चीनबाट हुने हाइब्रिड कारको आयात आधा गर्ने विषयमा सहमति भएको बताएका थिए । विश्लेषकहरूका अनुसार कमजोर युआनले चिनियाँ सामान सस्तो बनाउन सहयोग गरे पनि पश्चिमी बजारमा व्यापारिक दबाब बढिरहेको छ । दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकामा निर्यात विस्तारले पश्चिमी बजारको मागलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न नसक्ने उनीहरूको भनाइ छ । विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा लगानी सुस्त भए चीनको उच्च प्रविधियुक्त सामानको निर्यातमा समेत असर पर्न सक्ने अर्थशास्त्री म्याक्स जेङ्गलेनले बताएका छन् । चीनले घरेलु माग बढाउन घर खरिदकर्ताको धितो ऋणको ब्याजमा अनुदानजस्ता उपाय अघि सारे पनि आन्तरिक माग सुदृढ पार्नु चुनौती बनेको छ । चीनले आगामी साता जुलाई–सेप्टेम्बर त्रैमासिकको आर्थिक वृद्धिदर सार्वजनिक गर्ने तयारी गरेको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति : ऊर्जामन्त्री श्रेष्ठ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दसैँअगाडि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने बताएका छन् । मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा उनले निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश गराउन आवश्यक... ...

बल्खुमा यात्रुलाई जबरजस्ती तान्ने र चालकलाई धम्क्याएर रकम असुल्ने ३ जना पक्राउ
काठमाडौँ । काठमाडौँको बल्खुमा उपत्यका बाहिर जाने यात्रुहरूलाई दुःख दिने र चालकहरूसँग जबरजस्ती रकम माग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले उपत्यका बाहिर जाने लागेका यात्रुहरूलाई गाडीको सिट... ...

घरेलु हिंसा र ठगीको आरोप अस्वीकार गर्दै सुनारले भने, ‘१३ वर्ष पुरानो व्यक्तिगत विवाद उचालेर चरित्रहत्या गर्न खोजियो’
काठमाडौँ । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लगाइएका घरेलु हिंसा, आर्थिक लेनदेन तथा कूटनीतिक मर्यादाविपरीतका आरोपहरूको खण्डन गरेका छन्। संघीय संसदको संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकमा... ...

सांसदकाे प्रश्नमा गिरीबहादुरको जबाफ– उनकै प्रस्तावमा बच्चा जन्मिएकाे हाे
काठमाडौँ। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरि बहादुर सुनारले आफू डिभोर्सी भएको दाबी गर्दै पीडित भनिएकी महिलाकै प्रस्तावमा बच्चा जन्मिएको बताएका छन्। बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा समिति सदस्यहरूले उनीमाथि... ...


