Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की । वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् । हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङग्रा यहाँ ल्याएका हुन् । पोखरा महानगरपालिका–१ सिमपानी र पोखरा–२५ हेमजामा भेडाच्याङग्राको हाटबजार सञ्चालनमा छ । पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा र डोल्पाबाट एक÷एक हजार भेडाच्याङग्रा पोखरा ल्याइसकिएको छ । अझै केही भेडाच्याङग्रा बाटोमै रहेकाले फूलपातीभन्दा एक–दुई दिन अगाडिसम्म बजारमा आइपुग्ने उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिन्छ । पशु चिकित्सक अधिकारीले भन्नुभयो“दशैँका लागि पोखरामा भेडाच्याङग्रा आइसकेका छन् । कतिपय व्यापारीले हाटबजारमा ल्याइसकेका छन् भने धेरैले पोखरावरपरका चरन क्षेत्रमा राखेका छन् । ती भेडाच्याङग्रा एक–दुई दिनमा हाटबजारमा ल्याउने जानकारी पाएका छौँ ।” यसैबीच, पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की र पशु क्वारेन्टाइन कार्यालय पोखराको संयुक्त टोलीले भेडाच्याङग्राको स्वास्थ्य अवस्था तथा बिक्री वितरणको अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा अधिकांश भेडाच्याङग्रा स्वस्थ पाइएको टोलीले जनाएको छ । फूलपातीका दिनसम्म निरन्तर अनुगमन गरिने जनाइएको छ । व्यापारीले भेडाच्याङग्रा ल्याउने क्रममा सम्बन्धित जिल्लाका पशु सेवा कार्यालयबाट भेटेरिनरी निरीक्षकले स्वास्थ्य परीक्षण गरी प्रमाणपत्र दिएपछि ढुवानी गर्ने व्यवस्था रहेको छ । अनुगमनका क्रममा बिरामी पशु भेटिएमा अन्य पशुबाट अलग राख्न आइसोलेसनको व्यवस्था गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका प्रमुख डा ग्रिष्म न्यौपानेले चाडपर्वका समयमा धेरै संख्यामा पशु भित्रिने भएकाले स्वास्थ्य अवस्था, रोगको जोखिम र बिक्री वितरणलाई ध्यानमा राखेर संयुक्त अनुगमन गरिएको बताउनुभयो । उहाँले उपभोक्तालाई भेडाच्याङग्रा खरिद गर्दा स्वास्थ्य अवस्थाबारे ध्यान दिन आग्रह गर्नुभयो । सामान्य अवस्थामा श्वासप्रश्वासको गति नबढेको, ¥याल नकाढेको र चिल्लो रौँ भएको च्याङ्ग्रा छनोट गर्न उहाँको सुझाव छ । “लामो समय हिँडाएर वा गाडीमा ल्याइएका भेडाच्याङग्रालाई एक–दुई दिनअघि नै खरिद गरेर लैजानु र बध गर्नुभन्दा कम्तीमा २४ घण्टाअघि घरमा ल्याउनु राम्रो हुन्छ ।” डा. न्यौपानेले भन्नुभयो । पोखराको हाटबजारमा च्याङग्रा प्रतिकेजी एक हजार २५० रुपैयाँसम्म र भेडा प्रतिकेजी ७०० रुपैयाँमा बिक्री भइरहेको महानगरपालिकाको पशु सेवा शाखाले जनाएको छ । हिमाली क्षेत्रमा चिसो हावापानीमा हुर्किएका च्याङग्राको मासुको माग दशैँका बेला पोखरा तथा आसपासका क्षेत्रमा उच्च हुने गर्दछ । पोखरामा भेडाच्याङ्ग्राका अतिरिक्त सुर्खेत, अर्घाखाँची, दाङ, पाल्पा र तनहुँलगायतका जिल्लाबाट समेत ठूलो संख्यामा खसीबोका ल्याएर बिक्री गर्ने गरिन्छ । मुगुका व्यापारी नवराज देवकोटाले हुम्लाबाट ११ दिन लगाएर च्याङग्रा पोखरा ल्याइपुर्याएको बताउनुभयो । उहाँका अनुसार केही स्थानमा पैदल हिँडाएर र केही ठाउँमा गाडीमा राखेर ल्याइएको हो । यस वर्ष अविरल वर्षा र पहिरोका कारण ढुवानीमा विगतका वर्षभन्दा बढी कठिनाइ भोग्नुपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यसपटक कहिले पानीले सतायो, कहिले बाढीले समस्या भयो । पहिले बजार राम्रो थियो, अहिले बजार पनि राम्रो छैन ।” बाटोमा विभिन्न स्थानीय तह तथा पशु सेवा कार्यालयमा तिर्नुपर्ने शुल्क र चरनका लागि समेत रकम खर्च गर्नुपर्ने भएकाले च्याङग्राको मूल्य महँगो पर्ने गरेको उहाँको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
ताजा खबरJust now

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

रातोपाटी
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

रातोपाटी
अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
ताजा खबरJust now

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री

​लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। ​सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

नेपालखबर
पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
ताजा खबरJust now

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्।  पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्।  पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play