कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । मधेश र बागमती प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम आएसँगै शुक्रबार बिहान सबै पदको गणना सकिएको हो । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालकाअनुसार २३ असोज रातिदेखि सुरु भएको मतगणना एक सातामै पूरा भएको छ । अहिले गणना भएका मतको रुजु गर्ने काम भइरहेको र केही समयमै अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । यसअघि लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडिततर्फका केन्द्रीय सदस्यको मतगणना सम्पन्न भइसकेको थियो । सहमहामन्त्रीसहित खुला तथा महिला केन्द्रीय सदस्य चयन हुने खसआर्य र थारू समूहको मतगणना पनि राति नै सकिएको कटुवालले बताउनुभयो । यसपटक कांग्रेसको महाधिवेशनमा मतगणनाको गति अघिल्लो अधिवेशनको तुलनामा उल्लेख्य रूपमा तीव्र देखिएको छ । १४औँ महाधिवेशनमा ४ हजार ७०० मतदाताको मत गन्न १२ दिन लागेको थियो भने यसपटक ७ हजार ३९२ मतदाताको मत एक सातामै गणना गरिएको निर्वाचन समितिले जनाएको छ । कटुवालकाअनुसार मतगणना सुरु भएदेखि नै दिनरात गरी करिब २५ समूह परिचालन गरिएको थियो । यसपटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको थियो । कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो । निर्वाचन समितिले मतदानदेखि मतगणनासम्म कुनै विवाद उत्पन्न नभएको र प्रक्रिया सौहार्दपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । अघिल्लो महाधिवेशनको तुलनामा यसपटक दोब्बरभन्दा बढी गतिमा मतगणना सम्पन्न भएको कटुवालको दाबी छ । मतपरिणाम सार्वजनिक भएपछि निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण गराउने कार्यक्रम दशैंलगत्तै गर्ने तयारी छ । त्यसपछि नयाँ कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले बताएका छन् । नयाँ कार्यसमितिको पहिलो बैठकबाट स्थानीय तह निर्वाचनको तयारी तथा रणनीतिसम्बन्धी खाका तयार पार्ने विषयमा समेत छलफल हुने बताइएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

अध्यादेशबाट हटाएको ५ महिना बित्दा सरकारले आधा पनि पूरा गर्न सकेन नियुक्ति
सरकारले विभिन्न बोर्ड, समिति र संस्थानमा पदाधिकारी हटाएको ५ महिना हुँदा समेत आधा पनि नियुक्ति (राजनीतिक) पूरा गर्न सकेको छैन। अध्यादेशमार्फत १५ सय ९४ जनालाई पदमुक्त गरेको सरकारले यस अवधिमा ६११ जना मात्र नियुक्त गर्न सकेको हो। अध्यादेशबाट पदमुक्त भएकामध्ये अहिलेसम्म ६११ जना खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयका ... ...

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले
एमालेबाट मन्त्री बनेका लखन दासले कांग्रेस नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले आफूहरूसँग गरेको १५ बुँदा सम्झौता कार्यान्वयन नगरेको भन्दै सरकारबाट समर्थन फिर्ता लिएको बताएका छन् । ...

अम्बानीको रिलायन्सले भन्यो- स्टारलिङ्कको प्रतिस्पर्धालाई स्वागत गर्छौं
मुम्बई । भारतमा स्टारलिङ्कको सेवा विस्तार रोक्न खोजेको आरोप एलन मस्कले लगाएपछि रिलायन्स इन्डस्ट्रीजले त्यसको खण्डन गर्दै स्याटेलाइट इन्टरनेट सेवामा प्रतिस्पर्धालाई स्वागत गर्ने जनाएको छ । रिलायन्सले शुक्रबार जारी गरेको विज्ञप्तिमा ग्राहकलाई उत्कृष्ट सेवा दिनु नै वास्तविक प्रतिस्पर्धाको मापदण्ड भएको उल्लेख गर्दै स्टारलिङ्कसहितका सेवाप्रदायकसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताएको छ । प्रविधि क्षेत्रका अर्बपति मस्कले भारतका ‘कुलीन वर्ग’ ले आफ्नो एकाधिकार जोगाउन ...

बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौँ, असोज ३० गते । सरकारले बुढीगण्डकी नदीमा आएको बाढीबाट अतिप्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द... ...


