पूर्वअर्थमन्त्री खतिवडा भन्छन्- वर्गीय विभेद घटे पनि जातीय असमानता कायमै

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजको वर्ग संरचनामा परिवर्तन हुँदै गए पनि जातीय तथा लैङ्गिक विभेदका अवशेष अझै कायम रहेको बताएका छन् । बिहीबार नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै खतिवडाले नेपाली समाजको वर्गीय संरचनाको विश्लेषण गर्दा जातीय तथा लैङ्गिक विभेदलाई समेत समेट्नुपर्ने बताएका हुन् । उनले राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासक्रमसँगै परम्परागत वर्गहरू रूपान्तरित हुँदै गएको र नयाँ वर्गको उदय भइरहेको बताए । जात र वर्ग सामाजिक संरचनाका फरक पक्ष भए पनि नेपाली समाजमा यीबीच प्रत्यक्ष सम्बन्ध रहेकाले दुवैलाई आधार बनाएर समाजको अध्ययन गर्नुपर्ने उनको भनाइ छ । खतिवडाले राज्यबाट प्राप्त हुने संरक्षण, राजकीय अवसर, सुविधा तथा सहुलियत वर्गीय अवस्थाभन्दा जातजाति र समुदायका आधारमा निर्धारण हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे । यस्तो प्रवृत्तिले निम्न वर्गको संरक्षण र सहयोग कमजोर बनाउने जोखिम रहेको उनले बताए । उनका अनुसार जातीय आरक्षणका विद्यमान विधि तथा समाजलाई वैज्ञानिकभन्दा परम्परागत दृष्टिकोणबाट व्याख्या गर्ने प्रवृत्तिले राजनीतिक क्षेत्रमा समेत समस्या सिर्जना गरेको छ । राजनीतिक दलहरूको वर्गीय पक्षधरता पनि स्पष्ट हुन नसकेको उनले उल्लेख गरे । आधुनिक ज्ञानमा आधारित अर्थतन्त्रमा बौद्धिक सम्पत्ति, प्राविधिक ज्ञान, सीप तथा अन्वेषण नयाँ वर्ग निर्माणका महत्त्वपूर्ण आधारका रूपमा विकसित हुँदै गएको खतिवडाले बताए । बदलिँदो आर्थिक संरचनाअनुसार वर्ग संरचना र उत्पादन सम्बन्धको विश्लेषण गर्नुपर्नेमा उनले जोड दिए । खतिवडाका अनुसार नेपालका करिब ६० प्रतिशत परिवार अतिनिम्न, निम्न तथा निम्नमध्यम वर्गमा पर्छन् । कृषि क्षेत्रमा केही परिवर्तन आए पनि यसको मौद्रीकरण र व्यावसायीकरण पूर्ण रूपमा हुन नसकेको उनको विश्लेषण छ । कृषिमा अझै शोषणयुक्त लेनदेन सम्बन्ध कायम रहेको र कृषिलाई व्यावसायिक अवसरभन्दा बाध्यताका रूपमा लिने प्रवृत्ति विद्यमान रहेको उनले बताए । यसले कृषि क्षेत्रको व्यावसायिक विकासमा चुनौती थपेको उनको भनाइ छ । नेपाली समाजमा आर्थिक तथा सामाजिक रूपमा वर्गीय विभेद केही कम हुँदै गए पनि जात, समुदाय र सामाजिक सम्बन्धमा आधारित सामन्तवादका अवशेष कायम रहेको खतिवडाले उल्लेख गरे । उनका अनुसार अपवादबाहेक कथित उच्च जातको राजनीतिक, आर्थिक तथा सामाजिक हैसियत कथित तल्लो जातको तुलनामा माथि रहेको अवस्था अझै देखिन्छ । उनले भने, ‘नेपाली समाजको विकासक्रमसँगै वर्ग संरचनामा निरन्तर परिवर्तन भइरहेको छ । राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासक्रममा परम्परागत वर्गहरू रूपान्तरित हुँदै गएका छन् भने नयाँ वर्गको समेत उदय भइरहेको छ । नेपाली समाजको वर्ग संरचनाको विश्लेषण गर्दा लामो समयदेखि कायम जातीय तथा लैङ्गिक विभेदलाई पनि समेट्नुपर्ने देखिन्छ ।’ खतिवडाले सामन्तवादको अन्त्य हुँदै पुँजीवादले आकार लिइरहेको संक्रमणकालीन अवस्थामा वित्तीय, बौद्धिक तथा प्रविधिजन्य सम्पत्ति नयाँ वर्गको उदयका प्रमुख कारक बनेको बताए । मध्यम वर्गको विस्तार भइरहे पनि यो वर्ग अपेक्षित रूपमा निम्नमध्यम वर्गको अवस्थाबाट माथि उठ्न नसकेको उनको विश्लेषण छ । मध्यम वर्गलाई आर्थिक तथा सामाजिक रूपमा थप उन्नत अवस्थामा पुर्याउन लक्षित योजना निर्माण गर्न आवश्यक रहेको उनले बताए । बदलिँदो उत्पादन सम्बन्ध, ज्ञानमा आधारित अर्थतन्त्र र सामाजिक संरचनालाई ध्यानमा राखेर नीति निर्माण गर्न सके मात्रै वर्गीय असमानता न्यूनीकरण तथा समावेशी आर्थिक विकासलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

यल्लो गुम्बामा आश्रित बाढीपीडितको आक्रोश- १५ मिनेटको दूरीमा रहेको सरकारले किन देख्दैन ?
अस्थायी शेल्टरका रुपमा यल्लो गुम्बामा आश्रय लिइरहेका बाढी प्रभावितहरू संघीय सरकारसँग रुष्ट बनेका छन् । ५१ दिनको अवधिमा केन्द्रीय सरकारको नजरमा आफूहरू नपरेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । ...

तीनदिने ह्विलचेयर रग्बी प्रशिक्षण सम्पन्न
२९ असोज, काठमाडौं । नेपालमा ह्विलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ह्विलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि सुरु भएको प्रशिक्षण बिहीबार सम्पन्न भएको हो । प्रशिक्षणमा नेपालका… ...

स्वस्तिमालाई अँगालेर निश्चलले लेखे, ‘जीवन जिउनु एउटा कला’
पछिल्लो समय निश्चल बस्नेत निकै रोमान्टिक मुडमा छन् । देश, काल, परिस्थितिबारे चिन्तन गर्ने उनी अहिले परिवारकेन्द्रित भएका छन् । र, खासगरी दाम्पत्य सुखबारे स्टाटस लेखिरहेका छन् । उनको पछिल्लो स्टाटस हेर्दै जानुभयो भने उनी नितान्त दाम्पत्य सुखमा फर्किएको पाउनुहुनेछ । यस्तो लाग्छ, उनी दाम्पत्य प्रेममा चुलुम्मै डुबेका छन् । केही दिनअघि मात्र उनले लेखेका… ...

ह्यान्डबल टोली बंगलादेश जाने
२९ असोज, काठमाडौं । आईएचएफ नेसन्स महिला ट्रफी जोन २ मा प्रतिस्पर्धा गर्न नेपाली ह्यान्डबल टोली शनिबार बंगलादेशको ढाका जाने भएको छ । कात्तिक १ देखि ५ गतेसम्म हुने प्रतियोगितामा बन्दना राई (कप्तान), उमा राई, देवकुमारी बाँस्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगिता चौधरी, सञ्जु राई,… ...


