Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कोरला नाकाबाट भित्रिएका ईभीलाई गन्तव्यमा पुर्‍याउन सकस

कोरला नाकाबाट भित्रिएका ईभीलाई गन्तव्यमा पुर्‍याउन सकस

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोरला नाकाबाट भित्रिएका ईभीलाई गन्तव्यमा पुर्‍याउन सकस

काठमाडौं । यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएको छ। यसरी कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी भने गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन् । शुक्रबार साँझदेखि सडक सञ्चालन भए पनि सडक सहज नभएकाले कोरलानाकाबाट नेपाल भित्रिएका विद्यतीय सवारीसाधनहरु अझै गन्तव्यतर्फ प्रस्थान गर्न सकेका छैनन्। उक्त सडक पूर्ण रूपमा सहज नभएको जनाउँदै सम्बन्धित प्रतिनिधिहरूले गन्तव्यमा पुर्‍याउन नसकी मुस्ताङमै रोकिन पुगेको हो । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला पठार र न्हेचुङस्थित मुस्ताङ भन्सार यार्डमा करिब दुई हजार बढी विद्युतीय सवारी पार्किङ गरी राखिएको छ। कोरलास्थित बिओपीका इन्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालले कोरला नाकाको दशगजा क्षेत्रमा विभिन्न कम्पनीका दुई हजार बढी र भन्सार यार्डमा २०० बढी विद्युतीय गाडी पार्किङमा रहेको जानकारी दिए। ’कोरलानाका क्षेत्रमा भन्सार जाँच पास भइसकेपछि स्थानीय चालकले भन्सार कार्यालयसम्म ल्याइपुर्याउँछन्, त्यसपछि कम्पनीकै चालकले विद्युतीय गाडी झार्ने गर्छन्,’ सशस्त्र प्रहरी निरीक्षक धितालले भने, ’नाकामा राखिएका गाडी भन्सार जाँचपासपछि तल पठाउन सहजीकरण गरेका छौं।’ त्यसैगरी कोरलानाबाट भन्सार जाँचपास गरी जोमसोम झारिएका करिब पाँच सय बढी विद्युतीय सवारी जोमसोमका दुई पार्किङस्थलमा व्यवस्थापन गरिएको छ। अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालन भए पनि सडकको अवस्था अझै नाजुक रहेकाले जोमसोम झरेका विद्युती सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न नसकेको बिवाडी कम्पनीको खरिदकर्ता साइमन इङ्कका प्रतिनिधि दीपक बुढाथोकीले जानकारी दिए। उनले भारी वर्षाले सडक अवरुद्ध भएयता कोरलानाकाबाट भित्रिएका बिवाइडी कम्पनीका विभिन्न मोडलका २००० बढी गाडी मुस्ताङमा रोकिएको बताए। कम्पनीबाट कोरलानाकाबाट भित्रिएका विद्युती गाडी गन्तव्यतर्फ छुटाउन आएका उनले साना गाडीलाई गन्तव्यमा पठाउन अझै समस्या भएकाले जोमसोममै राखिएको उनको भनाइ छ। जोमसोम बसपार्क र भन्सार कार्यालयको जोमसोममा रहेको पार्किङस्थलमा भित्रिएका गाडीहरु थन्क्याइएको उनले बताए। असोज ११ गतेअघि बिवाइडी कम्पनीका गाडी करिब ४५० जति गन्तव्यमा पठाइएको भए पनि त्यसपछि भित्रिएका गाडी बेनी–जोमसोम सडक असहजताले गर्दा गन्तव्यमा पठाउन समस्या भएको उनले जानकारी दिए। साइमेक्स इङ्कले रसुवा र तातोपानी नाका बन्द भएपछि करिब तीन हजार बढी विद्युतीय गाडी कोरलानाकाबाट भित्र्याउने योजना रहेको उनको भनाइ छ । प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सोमबारसम्म कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका ६०० बढी कन्टेनर जिल्लाबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्। यसैगरी जिल्लामा रोकिएका कन्टेनरहरु बाहिरिएसगै कोरलानाकामा मालवस्तु ढुवानी गर्न केही खाली कन्टेनर उकालो लागेको उनले जानकारी दिए। रासस The post कोरला नाकाबाट भित्रिएका ईभीलाई गन्तव्यमा पुर्‍याउन सकस appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

पोप लियो चौधौँको शल्यक्रिया सफल
ताजा खबरJust now

पोप लियो चौधौँको शल्यक्रिया सफल

काठमाडाैँ । फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो । होली सी... ...

रातोपाटी
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
ताजा खबरJust now

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौँ, असोज २८ गते । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेस... ...

गोरखापत्र
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
ताजा खबरJust now

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंसहित देशका चार जिल्लाबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बर्दिया, कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी ...

हिमालय टाइम्स
२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’
ताजा खबरJust now

२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’

लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने भएका छन्। बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका भट्टराईलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो। बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी सचिव पियुषराज अर्यालका अनुसार उनको नियुक्ति कात्तिक १५... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play