Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ जना निर्वाचित

कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ जना निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ जना निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले फूलपातीका दिन अर्थात् आज (शनिबार) शपथ ग्रहण गर्दै हुनुहुन्छ । कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएपछि सभापति थापाको शपथ ग्रहण तथा पदबहाली फूलपातीका दिन आज दिउँसो २ बजे हुने तय भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार शपथ कार्यक्रम ललितपुरस्थित पार्टी कार्यालय बिपी स्मृति भवन सानेपामा हुनेछ । पार्टीले कार्यक्रममा सहभागी हुन उपत्यकामा रहेका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको छ । महाधिवेशनबाट निर्वाचित अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ भने दशैँ पछिमात्र गर्ने तयारी कांग्रेसको छ । १५औँ महाधिवेशनको मतगणना शुक्रबारमात्रै सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातीबाट मतगणना सुरु भएको थियो । गणना सुरु भएको सात दिनमा २३१ जना निर्वाचित भएको परिणाम सार्वजनिक भएको हो । संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ । जसमध्ये २३१ जना निर्वाचित हुने र बाँकी ६६ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ । विभिन्न क्लस्टरका आधारमा २३१ जना निर्वाचित भएका हुन् । महाधिवेशन प्रतिनिधिहरूले २३ वटा मतपत्रमार्फत् मतदान गरेका थिए । सभापति गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति बनेको छ । यसपटक विधानमा व्यापक संशोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको छ । साथै, समावेशिताका आधारमा केन्द्रीय समिति चयन गरिएको छ । नयाँ विधानअनुसार वरिष्ठ उपसभापति, महिला उपसभापति र समावेशी उपसभापति एक÷एक जना तथा खुला उपसभापति दुई जना निर्वाचित भएका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनुभयो । खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य निर्वाचित हुँदा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभयो । महामन्त्रीमा खुलातर्फबाट प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित हुन सफल हुनुभयो । संशोधित विधानमा महिलाबाट एक जना महामन्त्री हुने व्यवस्था गरिएअनुसार डा. डिला संग्रौला निर्वाचित हुनुभयो । विधानमा १५ जना सहमहामन्त्री रहने व्यवस्था छ । त्यसमध्ये ११ जना विभिन्न समावेशी समूहबाट निर्वाचित भएका छन् भने बाँकी चार जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ । निर्वाचित ११ सहमहामन्त्रीमा खुलातर्फ रामहरि खतिवडा र अजयबाबु सिवाकोटी, खस–आर्यतर्फ मनोजमणि आचार्य, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, दलिततर्फ प्रकाश रसाइली स्नेही, महिलातर्फ प्रतिमा गौतम, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही, मुस्लिमतर्फ डा. फिरदोस आलम, मधेसीतर्फ अजयकुमार चौरसिया, थारूतर्फ योगेन्द्र चौधरी तथा अल्पसंख्यक र अपांगता समूहबाट आंगेलु शेर्पा निर्वाचित हुनुभएको छ । महाधिवेशनमा सबैभन्दा बढी मत सभापति थापाले प्राप्त गर्नुभयो । कुल सात हजार ३९ मत खसेकोमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको थियो । यो कुल मतको ९३.८८ प्रतिशत हो । उपसभापतिमध्ये सबैभन्दा बढी मत चन्द्र भण्डारीले तीन हजार ७३५ मत पाउनुभयो । महामन्त्रीमा सबैभन्दा बढी मत प्रदीप पौडेलले चार हजार १९४ मत ल्याउनुभयो । सहमहामन्त्री प्रतिमा गौतमले पाँच हजार ११६ मत प्राप्त गर्नुभयो । खुलातर्फका ४५ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्थाअनुसार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सबैभन्दा बढी मत प्राप्त गर्नुभयो संशोधित विधानअनुसार ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । त्यस्तै, पेशागत तथा विषयगत क्षेत्रबाट सात जना र जनसम्पर्क समितिबाट सात जना केन्द्रीय सदस्य चुनिएका छन् । केन्द्रीय सदस्यमा पिछडिएको क्षेत्रबाट दुई जना तथा अल्पसंख्यक, अपांगता, प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्व प्रभावित परिवारबाट एक–एक जना निर्वाचित भएका छन् । काठमाडौं उपत्यकाबाट पनि दुई जना केन्द्रीय सदस्य चयन भएका छन् । नयाँ केन्द्रीय समितिको शपथपछि कार्यसमितिको पहिलो बैठक बस्नेछ । कांग्रेस केन्द्रीय सदस्यमा सहोदर दाजुभाइ निर्वाचितकांग्रेसको १५औँ महाधिवेशनबाट दाङका सहोदर दाजुभाइ किरणकिशोर घिमिरे र कमलकिशोर घिमिरे केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । दाजु किरण खुला केन्द्रीय सदस्यमा निर्वाचित हुँदा भाइ कमल लुम्बिनी प्रदेश भूगोलबाट निर्वाचित हुनुभएको हो । किरण गत प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट पराजित हुनुभएको थियो । छुटेका योग्य नेताहरूलाई समेटेर अघि बढ्छु : सभापति थापाकांग्रेस सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी नभएका योग्य नेताहरूलाई समेटेर अघि बढ्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउन छुटेका नेताहरूको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभएको छ । पार्टीको आन्तरिक निर्वाचनलाई जित र हारको अन्तिम मानकका रूपमा लिन नहुने उल्लेख गर्दै थापाले भन्नुभयो, ‘केन्द्रीय समितिलाई प्रभावकारी रूपमा अगाडि बढाउनु मेरो महŒवपूर्ण जिम्मेवारी हो । पार्टीको केन्द्रीय कार्यसमितिमा रहेर मसँग काम गर्न योग्य र सक्षम धेरै साथीहरू यसपटक छुट्नुभएको छ । पार्टीको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धामा जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने भन्ने हुँदैन । छुट्नुभएका साथीहरूलाई पनि समेटेर सामूहिक नेतृत्व र सहकार्यका साथ पार्टीलाई अगाडि बढाउनेछु ।’ राजनीतिलाई एल्गोरिदमले लतारिरहेको टिप्पणीसभापति थापाले विश्व राजनीतिमा सामाजिक सञ्जाल र एल्गोरिदमको प्रभाव बढ्दै गएको बताउनुभएको छ । परम्परागत राजनीतिक दलप्रति जनताको विश्वास घट्दै गएको उल्लेख गर्दै उहाँले आक्रामक अभिव्यक्ति र विवादास्पद सामग्री प्रस्तुत गर्नेहरू निर्वाचनमा सफल भइरहेका टिप्पणी गर्नुभयो । सामाजिक सञ्जालमा हिंसा र अशिष्ट भाषालाई प्रोत्साहन गर्ने सामग्री प्रस्तुत गर्ने उम्मेदवारले समेत ठूलो मतान्तरसहित विजय हासिल गर्ने अवस्था देखिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘ग्लोबल पोलिटिक्स नै एल्गोरिदमले लतारिरहेको छ । सामाजिक सञ्जालमा बन्दुक पड्काउने, गरिबहरूलाई मार्नुपर्छ भन्ने र अपशब्द प्रयोग गरिएका भिडियो राख्नेहरूले समेत दुई तिहाइ मत ल्याएर जितिरहेका छन् ।’ भूमिसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्तिसरकारले वन र भूमिसम्बन्धी कानुन संशोधनका लागि अध्यादेश ल्याएकोप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले संवेदनशील विषयमा संसद् छल्दै अध्यादेशमार्फत् कानुन ल्याउनु उचित नभएको भन्दै आपत्ति जनाउनुभएको हो । थापाले वन र भूमिजस्ता संवेदनशील विषयमा अध्यादेश ल्याउने प्रवृत्तिको कांग्रेसले विगतदेखि नै विरोध गर्दै आएको उल्लेख गर्दै भन्नुभयो, ‘हिजो सत्तामा हुँदा र आज विपक्षीमा हुँदा पनि हाम्रो धारणा स्पष्ट छ । वन र भूमिजस्तो विषयमा अध्यादेश ल्याउनुहुँदैन, संसद्बाटै ल्याउनुपर्छ ।’ कानुनमन्त्री सोविता गौतमले विगतमा आफैंले उठाएको संशोधनको एजेण्डा र अहिले सरकारमा रहँदा लिएको अडान विरोधाभासपूर्ण रहेको टिप्पणी गर्दै थापाले भन्नुभयो, ‘अहिलेका कानुनमन्त्री आफैंले हिजो राख्नुभएको संशोधन राम्रो हुने, आज त्यही संशोधन गलत किन हुने भन्ने प्रश्न उठेको छ । यसअघि भूमिसम्बन्धी अध्यादेश ल्याउँदा पनि नेपाली कांग्रेसले विरोध नै गरेको थियो । यसलाई दफावार रूपमा सदनमै छलफल गरेर अगाडि बढाउनुपर्छ भन्नेमा हामी हिजो पनि अडिग थियौँ र आज पनि त्यही अडानमा छौँ ।’ पत्रकार सम्मेलनमा कांग्रेस राष्ट्रियसभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकार सैद्धान्तिक विचलनको शिकार भएको आरोप लगाउनुभएको छ । राष्ट्रियसभामा विधेयकहरू ल्याउन पटक–पटक आग्रह गर्दा पनि सरकारले संसद्को गरिमा नराखेको टिप्पणी गर्दै पन्तले भन्नुभयो, ‘सरकार सैद्धान्तिक रूपमा विचलित छ । हप्तैपिच्छे कानुन संशोधन गर्ने र अध्यादेशको सहारा लिने कार्यशैलीले यसको असफलता पुष्टि गर्छ । हामीले पटक–पटक संसदीय प्रक्रियामार्फत् कानुन बनाउन सुझाव दिएका थियौँ । राष्ट्रियसभामा विधेयक ल्याएको भए घनिभूत छलफल गरी परिष्कृत गर्न सकिन्थ्यो, तर सरकारले संसद् छल्ने बाटो रोज्यो । विपक्षका सुझावलाई मार्गनिर्देशनका रूपमा लिनुको साटो शत्रुको रूपमा हेर्ने यो सरकार विक्षिप्त अवस्थामा छ ।’ प्रतिपक्षलाई विश्वासमा लिनुको साटो सरकारले शत्रुतापूर्ण व्यवहार गरेको पन्तको आरोप छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
ताजा खबरJust now

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र... ...

रातोपाटी
रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
ताजा खबरJust now

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून... ...

रातोपाटी
हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’
ताजा खबरJust now

हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’

आज फूलपातीको अवसर पारेर फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शन भएको छ। यस फिल्मले पहिलो दिन हलमा राम्रो शो पाएको छ। यस फिल्मले बक्सअफिसमा हिजोबाट प्रदर्शन भएका पल शाह अभिनीत ‘आ बाट आमा २’ र विराज भट्टको फिल्म ‘१२ गाउँ २’ भिड्नुपर्नेछ। सामाजिक र राजनीतिक विषयवस्तुमाथि बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भ... ...

नेपालखबर
फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन
ताजा खबरJust now

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं । दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गर्नु भएको छ । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गर्नुभएको हो । उहाँले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गर्नुभएको थियो । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play