एमाले कार्यलय सुरक्षाको जिम्मा पूवसैनिक र पूर्वप्रहरीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षाव्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाएपछि पार्टीले पूर्वसैनिक तथा प्रहरी संगठनलाई केन्द्रीय कार्यालयको सुरक्षा जिम्मा दिएको हो । कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस गर्दै एमालेले चौतर्फी रूपमा सीसीटीभी जडान गरी निगरानी समेत बढाएको छ । वि.सं. २०४८ देखि सरकारले एमाले केन्द्रीय कार्यालयलाई दिँदै आएको सुरक्षा सेवा हालै पूर्वजानकारीविना हटाइएको थियो । सरकारी सुरक्षा हटाइएपछि र पछिल्लो समय कार्यालय परिसरमा अपरिचित व्यक्तिहरूको अस्वाभाविक आउजाउ तथा गतिविधि बढेपछि पार्टीले आफ्नै तर्फबाट सुरक्षा सतर्कता बढाउनु परेको एमालेले जनाएको छ । नयाँ व्यवस्थाअनुसार पूर्वसैनिक तथा पूर्वप्रहरीहरूको टोलीले २४ सै घण्टा कार्यालयको सुरक्षा पहरा दिनेछ भने क्यामेरामार्फत हरेक गतिविधिको सूक्ष्म निगरानी गरिने प्रचारविभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सडक र टेलिकम सेवाको ढिलासुस्तीप्रति मन्त्री महावीर पुनको असन्तुष्टि
म्याग्दी समाचारदाताम्याग्दी, असोज ३० गते । म्याग्दी जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणको सुस्त गति, नेपाल टेलिकमको कमजोर सेवा प्रवाह र अवरुद्ध सडक सञ्जालको समयमै मर... ...

मेरो आचरणमा प्रश्न उठ्यो भने पार्टीले होइन मैले नै जवाफ दिनुपर्छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दल कुनै नेताको निजी कम्पनी नभई सार्वजनिक सम्पत्ति भएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित आफूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीलाई व्यक्तिगत... ...

४ दिनमा ८१ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियो
गएका ४ दिनमा ८ हजार १ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। सुनको भाउ आज तोलामा १ हजार ७ सय रुपैयाँ बढेर २ लाख ९० हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ बिहीबार तोलामा १ हजार १ सय रुपैयाँ घटेर २ लाख ८८ हजार ४ सयमा झरेको थियो। त्यसअघि बुधबार सुनको भाउ तोलामा २ हजार ७ ...

कांग्रेस महाधिवेशन : सबै मतगणना सकियो, शपथग्रहण दसैंपछि
मधेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो । ...


