Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सवारी दर्ता र नामसारीमा धनी स्वयं उपस्थित हुन नपर्ने

सवारी दर्ता र नामसारीमा धनी स्वयं उपस्थित हुन नपर्ने

10/13/2026, 12:35:05 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सवारी दर्ता र नामसारीमा धनी स्वयं उपस्थित हुन नपर्ने

नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरिएको छ । संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि दर्ता तथा नामसारी गर्न सकिनेछ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत दर्ता तथा नामसारीको काम गर्न सक्ने व्यवस्था गरिएको हो । यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ । संशोधित व्यवस्थाले डिलरबाट गरिएको सवारी साधनको जाँचलाई पनि मान्यता दिएको छ । अब डिलरबाट जाँच भइसकेको सवारी साधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन । त्यस्तै, सवारी साधनको बीमा तथा बीमा नवीकरणका लागि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने व्यवस्था पनि हटाइएको छ । यसले सवारी धनीको समय र झन्झट घटाउने अपेक्षा गरिएको छ । नामसारीका क्रममा आवश्यक बायोमेट्रिक विवरण लिन सहज बनाउन यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने व्यवस्था पनि संशोधनमा समेटिएको छ । मन्त्रालयले यी परिवर्तनले सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सरल, सहज र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

बाढी प्रभावित क्षेत्रमा विद्या भण्डारी
OthersJust now

बाढी प्रभावित क्षेत्रमा विद्या भण्डारी

२७ असोज, काठमाडौं । बाढी प्रभावित क्षेत्रको अवलोकलन गर्न नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी बेत्रावती पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी समेत रहेकी भण्डारीले बाढी प्रभावित क्षेत्र र फलाखू खोलामा बनेको बेलिब्रिजको अवलोकलन गरेकी छन् । १० भदौको बाढीले पुल बगाएको फलाखुमा बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । सडक विभाग र नेपाली सेनाले त्यहाँ बेलिब्रिज सञ्चालन… ...

अनलाइन खबर
तमोर नदी किनारमा फसेका अर्जुनको सकुशल उद्धार
OthersJust now

तमोर नदी किनारमा फसेका अर्जुनको सकुशल उद्धार

धनकुटा नगरपालिका -८ स्थित तमोर नदीको किनारमा ढुंगामाथि फसेका एक व्यक्तिलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय युवाहरूको सहयोगमा सकुशल उद्धार गरिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play