उत्पादन, दिगो रोजगारी र जीवनस्तर सुधार नै समृद्धिको मूल आधार : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवनस्तर उकास्ने, उत्पादन बढाउने र दिगो आम्दानी सुनिश्चित गर्ने आर्थिक आधार निर्माण गर्नु मुलुकको प्रमुख दायित्व भएको बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै उहाँले गरिबी न्यूनीकरण र समृद्धिका लागि उत्पादनमुखी रोजगारी तथा आम्दानीका स्रोत सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले नागरिकको जीवनस्तर सुधार गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै पहिचानसम्बन्धी बहसमा मात्र सीमित नभई आम नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने दिशामा नीति तथा राजनीतिक विमर्श केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले विपन्नतालाई दिगो समृद्धिमा रूपान्तरण गर्न स्पष्ट नीति र उत्पादनमुखी रोजगारी अपरिहार्य रहेको उल्लेख गर्नुभयो । गरिबी उन्मूलन नारामा मात्र सीमित हुन नसक्ने भन्दै उहाँले परिवारको आर्थिक सुरक्षा सुनिश्चित गर्ने गुणस्तरीय रोजगारी सिर्जना गर्नु राज्यको प्रमुख कार्यभार हुनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले रोजगारीको वास्तविक मूल्य काममा बिताएको समयले नभई त्यसबाट प्राप्त हुने पर्याप्त आम्दानीले निर्धारण गर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो मुख्य उद्देश्य जनताको जीवनस्तर माथि उठाउनु, गरिबी हटाउनु र विपन्नतालाई समृद्धिमा रूपान्तरण गर्नु हो । यसका लागि जातीय पहिचानका आधारमा मात्र होइन, आम्दानीका स्रोत सिर्जना गर्ने, उत्पादन बढाउने र परिवारको आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्छ । रोजगारीको मूल्य काम गरेको समयले होइन, त्यसबाट प्राप्त हुने पर्याप्त आम्दानीले निर्धारण गर्छ ।” उहाँले कुनै एउटा वर्ग, समुदाय, पेसा वा क्षेत्रको मात्र नभई समग्र नेपाली समाजको उत्थानलाई लक्ष्य बनाउनुपर्ने बताउनुभयो । आफ्नो राजनीतिक तथा सामाजिक मान्यताको मूल आधार मानवतावाद भएको उल्लेख गर्दै अध्यक्ष ओलीले प्रत्येक नागरिकले गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न सक्ने अवस्था निर्माण गर्नु राज्यको दायित्व भएको स्पष्ट पार्नुभयो । “जात, वर्ग वा समुदाय जे भए पनि आम जनता नै हाम्रो प्राथमिकतामा हुनुपर्छ । अन्ततः हाम्रो मार्ग सत्य, न्याय र समानताको मार्ग हो,” उहाँले भन्नुभयो । अध्यक्ष ओलीले मानवकल्याण, समान अवसर र जनताको समृद्धिलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । साथै, प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्नु राज्यको कर्तव्य भएको बताउनुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !
बागलुङ । दशैंमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दशैंमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार पर्ने ...

पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । ...

अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो
सिड्नी । अस्ट्रेलियामा बालबालिकामाथि हुने यौन उत्पीडन र पारिवारिक हिंसासम्बन्धी आक्रमणका घटना तीव्र रूपमा बढेका छन् । सन् २०१४ देखि २०२४ सम्मको तथ्याङ्कमा आधारित अध्ययनले पछिल्ला तीनदेखि पाँच वर्षमा बालबालिकामाथि हुने हिंसा झन् बढेको देखाएको छ । अध्ययनअनुसार, सन् २०१४ देखि २०२४ सम्म १० देखि १७ वर्ष उमेर समूहका बालिकामा यौन उत्पीडनको दर ५१ प्रतिशत र सोही उमेर समूहका बालकमा ६० ...

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५६ अङ्कले बढेर दुई हजार ६२५... ...


