अमृत क्षेत्री र शान्तिश्रीको स्वरमा ‘लालुपाते’ सार्वजनिक

काठमाडौं। लोकप्रिय गायक तथा संगीतकार अमृत क्षेत्रीको शब्द, संगीत र स्वरमा तयार भएको लोक–आधुनिक गीत ‘लालुपाते’ सार्वजनिक भएको छ। चर्चित गायिका शान्तिश्री परियार र अमृत क्षेत्रीको सुमधुर स्वर रहेको उक्त गीत सुरशाला Surshala YouTube Channel मार्फत सार्वजनिक गरिएको हो। गीतमा नरेन्द्र वियोगीको एरेन्जमेन्ट रहेको छ भने म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका छन्। भिडियोमा लोकप्रिय अभिनेत्री अञ्जली अधिकारी, नवकलाकार नयन क्षेत्री र अम्बिका क्षेत्रीको अभिनय देख्न सकिन्छ। यस गीतको म्युजिक भिडियो नयन क्षेत्रीको पहिलो डेब्यु भिडियोसमेत बनेको छ। गायक तथा संगीतकार अमृत क्षेत्री नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। उनको पहिलो एल्बम ‘अराइभल’ मा समावेश ‘त्यो दिन आएन जोगी’, ‘मैले हेर्ने एउटा तारा’, ‘तिमी हौ’, ‘चल्छ नेपालमा’, ‘मग मग’, ‘जहाजै चढेर’, ‘घाम र जुन’ र ‘मैना चरी’ लगायतका गीतले चर्चा कमाएका थिए। क्षेत्री विगत २२ वर्षदेखि सुरशाला म्युजिक एकेडेमीका संस्थापक अध्यक्ष तथा संगीत प्रशिक्षकका रूपमा कार्यरत छन्। उनले प्रशिक्षण दिएका विद्यार्थीहरूले नेपाल तथा भारतका विभिन्न चर्चित रियालिटी शोहरूमा सहभागी भएर आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएका छन्। उनका विद्यार्थीहरूले विभिन्न सांगीतिक मञ्चमा प्राप्त गरेको सफलताले पनि उनको संगीत प्रशिक्षणको यात्रालाई थप परिचित बनाएको छ। यसैबीच, गायक क्षेत्रीले दशैंलगत्तै अर्को लोकशैलीको गीत सार्वजनिक गर्ने तयारीसमेत गरिरहेका छन्। ‘लालुपाते’ मार्फत लोक–आधुनिक संगीतमा नयाँ प्रस्तुति दिएका क्षेत्रीको आगामी सांगीतिक योजनालाई श्रोताहरूले चासोका साथ हेर्ने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित
न्युयोर्क, असोज २८ गते । संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित गरेको छ । मङ्गलबार गोप्य मतदानबाट चयन भए... ...

प्रस्तावित १३ जना राजदूतको संस्दीय सुनुवाइ सकियो
• १३ जना प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सम्पन्न भएको छ र समितिमा निर्णयको छलफल भइरहेको छ। • मन्त्रिपरिषद्को बैठकले विभिन्न देशका लागि राजदूतहरूको सिफारिस गरेको थियो, जसमा प्रमुख देशहरू भारत, चीन, अमेरिका र बेलायत समावेश छन्। • राजदूतका लागि सिफारिस गरिएका व्यक्तिहरूमा डा. निश्चलनाथ पाण्डे, डा. कल्याणराज शर्मा र चिरनजंग थापा जस्ता नामहरू रहेका छन्। ...

बूढीगण्डकी बाढीले उत्तरी गोरखाका पाँच हजार घरमा विद्युत् अवरुद्ध
• बूढीगण्डकी नदीमा आएको बाढीले उत्तरी गोरखाका पाँच हजार घरधुरीमा विद्युत् सेवा अवरुद्ध गरेको छ। • बाढीले विद्युत् पोल, प्रसारण संरचना र पुलमा क्षति पुर्याएकोले चुमनुब्री र धार्चे गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन्। • विद्युत् र इन्टरनेट सेवा बन्द हुँदा प्रशासनिक काम र सूचना आदानप्रदानमा समस्या आएको छ। ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रौतहट, सुनसरी, मकवानपुर लगायतका जिल्लामा भएको सारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको हो । रौतहटको चन्द्रपुर नगरपालिका–८... ...


