Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/माइकल जोर्डनको जर्सी १ करोड ४० लाख डलरमा बिक्री, बास्केटबल स्मृति–सामग्रीमा नयाँ कीर्तिमान

माइकल जोर्डनको जर्सी १ करोड ४० लाख डलरमा बिक्री, बास्केटबल स्मृति–सामग्रीमा नयाँ कीर्तिमान

10/14/2026, 6:41:58 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
माइकल जोर्डनको जर्सी १ करोड ४० लाख डलरमा बिक्री, बास्केटबल स्मृति–सामग्रीमा नयाँ कीर्तिमान

काठमाडौं – अमेरिकी बास्केटबलका महान् खेलाडी माइकल जोर्डनले सन् १९९८ को एनबीए फाइनलमा लगाएको जर्सी १ करोड ४० लाख अमेरिकी डलरमा बिक्री भएको छ । ‘लास्ट डान्स’ सिजनसँग सम्बन्धित उक्त जर्सी बास्केटबलसँग सम्बन्धित स्मृति–सामग्रीमध्ये अहिलेसम्मकै महँगो मूल्यमा बिक्री भएको वस्तु बनेको छ । लिलामी संस्था हन्ट अक्सन्सका अनुसार हस्ताक्षरसमेत रहेको शिकागो बुल्सको उक्त जर्सी मियामीका घरजग्गा व्यवसायी रोन फर्मनले निजी बिक्री प्रक्रियामार्फत खरिद गरेका हुन् । यस बिक्रीले खेलकुदका ऐतिहासिक सामग्रीप्रति सङ्कलकहरूको बढ्दो आकर्षण र जोर्डनको विश्वव्यापी लोकप्रियतालाई पुनः उजागर गरेको छ । उक्त जर्सी सन् १९९८ जुन ५ मा साल्ट लेक सिटीमा युटा ज्याजविरुद्ध खेलिएको एनबीए फाइनलको दोस्रो खेलमा जोर्डनले लगाएका थिए । पहिलो खेल गुमाएको शिकागोले दोस्रो खेलमा ९३–८८ को जित निकाल्दै फाइनल शृङ्खला १–१ को बराबरीमा ल्याएको थियो । उक्त खेलमा जोर्डनले ३७ अंक, पाँच रिबाउन्ड र तीन असिस्ट गरेका थिए । जोर्डन र शिकागो बुल्सका लागि सन् १९९७–९८ को सिजन ऐतिहासिक थियो । टोलीले फाइनलमा युटा ज्याजलाई छ खेलमा पराजित गर्दै उपाधि जितेको थियो। त्यो जोर्डनको शिकागो बुल्सबाट जितेको छैटौँ तथा अन्तिम एनबीए च्याम्पियनसिप थियो । उनले उक्त फाइनलमा छैटौँ पटक फाइनल्स मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) को उपाधिसमेत जितेका थिए । सन् २०२० मा सार्वजनिक भएको लोकप्रिय वृत्तचित्र ‘द लास्ट डान्स’ यही सिजनमा केन्द्रित थियो। वृत्तचित्रले जोर्डनको खेल जीवन, बुल्स टोलीको सफल यात्रा र छैटौँ उपाधिसम्म पुग्दाको प्रतिस्पर्धालाई विश्वव्यापी दर्शकमाझ पुनः चर्चामा ल्याएको थियो । त्यसयता उक्त सिजनसँग सम्बन्धित जर्सी, जुत्ता र अन्य खेल सामग्री सङ्कलकहरूका लागि विशेष आकर्षण बनेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

थाइल्यान्डमा ‘मिसेस एसिया इन्टरनेसनल २०२६’ सुरु, नेपालबाट सुमित्रा, कल्पना र गंगा भिड्दै
ताजा खबरJust now

थाइल्यान्डमा ‘मिसेस एसिया इन्टरनेसनल २०२६’ सुरु, नेपालबाट सुमित्रा, कल्पना र गंगा भिड्दै

काठमाडौँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एसिया इन्टरनेसनल पेजेन्ट’ अन्तर्गतको ‘क्लासिक एन्ड मिसेस एसिया इन्टरनेसनल २०२६’ थाइल्यान्डको खोन केनमा सुरु भएको छ। अक्टोबर १९ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व... ...

रातोपाटी
सूर्यविनायक–धुलिखेल सडक विस्तार : चौहत्तर प्रतिशत भौतिक प्रगति
ताजा खबरJust now

सूर्यविनायक–धुलिखेल सडक विस्तार : चौहत्तर प्रतिशत भौतिक प्रगति

बनेपा समाचारदाताबनेपा, असोज २८ गते । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारको कामलाई निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिइएको छ । भक्तपुरको सूर्... ...

गोरखापत्र
बिहारमा डुङ्गा दुर्घटना : १३ जनाको मृत्यु, अधिकांश बालबालिका
ताजा खबरJust now

बिहारमा डुङ्गा दुर्घटना : १३ जनाको मृत्यु, अधिकांश बालबालिका

रौतहट । भारतको बिहारमा गङ्गा नदी पार गर्ने क्रममा भएको डुङ्गा दुर्घटनाले ठुलो मानवीय क्षति निम्त्याएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश... ...

रातोपाटी
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
ताजा खबरJust now

कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग

• नेपाल कृषि मेशिनरी व्यवसायी संघले स्वदेशी कृषि यन्त्र उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंक ब्याज अनुदान र विद्युत् महसुलमा सहुलियतको माग गरेको छ। • कृषि यान्त्रीकरणलाई प्राथमिकता दिँदै नीतिगत सुधार र कृषि यन्त्रको आयातमा भन्सार सहुलियतको आवश्यकता रहेको संघको भनाइ छ। • आगामी मंसिर ४ देखि ६ गते काठमाडौँमा राष्ट्रियस्तरको कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुने भएको छ, जसमा आधुनिक ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play