Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ट्रम्पले भने– गोप्य सूचना चुहाउनेलाई गोली हान्नुपर्छ

ट्रम्पले भने– गोप्य सूचना चुहाउनेलाई गोली हान्नुपर्छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
ट्रम्पले भने– गोप्य सूचना चुहाउनेलाई गोली हान्नुपर्छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी तथा सैन्य गोप्य सूचना सञ्चारमाध्यममा चुहाउने व्यक्तिलाई गोली हान्नुपर्ने बताएका छन् । आउँदो नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनका निम्ति समर्थन जुटाउने क्रममा एरिजोनाको बुलहेड सिटीमा आयोजित चुनावी र्‍यालीमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । र्‍यालीमा सहभागी भीडलाई सम्बोधन गर्दै उनले भने, “मेरो विचारमा सूचना चुहाउनेहरूलाई गोली हान्नुपर्छ । विगतमा कुनै देशमाथि कहिले आक्रमण गर्ने भन्नेजस्ता संवेदनशील सूचना चुहाउनेहरूलाई गोली हान्ने गरिन्थ्यो ।” ट्रम्पको यो अभिव्यक्ति सन् २०२५ जुनमा इजरायल र इरानबीच भएको १२ दिने युद्धका क्रममा अमेरिकाले इरानमाथि गरेको सैन्य आक्रमण ‘अपरेसन मिडनाइट ह्यामर’सँग जोडिएको छ । उक्त आक्रमणपछि अमेरिकी रक्षा गुप्तचर एजेन्सी (डीआईए)को प्रारम्भिक प्रतिवेदनलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका थिए । सार्वजनिक नगरिएको उक्त प्रतिवेदनमा अमेरिकी बमबारी हुनुअघि नै इरानले आफ्नो धेरैजसो प्रशोधित युरेनियम अन्यत्र सारिसकेको उल्लेख थियो । साथै, ट्रम्पले दाबी गरेअनुसार इरानका आणविक संरचनामा पूर्ण क्षति नपुगेको र क्षति अपेक्षाकृत सीमित रहेको प्रतिवेदनमा संकेत थियो । तर, ट्रम्पले अमेरिकी सैन्य आक्रमणको समयतालिकासम्बन्धी सूचना चुहाइएको आरोप लगाएका छन् । सैन्य कर्मचारीको जीवन जोखिममा पारेको भन्दै उनले विशेष गरी द न्युयोर्क टाइम्स र सीएनएनप्रति आक्रोश व्यक्त गरेका थिए । “हामी कुन समयमा निस्किँदै छौँ र कुन समयमा पुग्दै छौँ भन्ने कुरा उनीहरूले सार्वजनिक गरे,” ट्रम्पले भने । सूचना चुहावटका कारण आफूले बमबारी अभियान दुई दिन पछाडि सार्नुपरेको उनको भनाइ थियो । उनले थपे, “कसैले सूचना चुहायो । त्यो जोसुकै घटिया व्यक्ति भए पनि उसलाई जेलमा हाल्नुपर्छ वा गोली हान्नुपर्छ । उसलाई जीवनभर जेलमै सडाइनुपर्छ ।” सञ्चारमाध्यमसँग ट्रम्पको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री
ताजा खबरJust now

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री

स्थानीय उत्पादनले माग नधान्ने हिमाली जिल्लाका गाउँसम्म खाद्यान्न पुर्‍याएर कम्पनीले अभाव र मूल्यवृद्धिको जोखिम घटाउने तयारी गरेको छ। ...

कान्तिपुर
सुकुमबासीलाई जग्गा : अध्यादेशले देखायो आश, तर राजस्व तगारो
ताजा खबरJust now

सुकुमबासीलाई जग्गा : अध्यादेशले देखायो आश, तर राजस्व तगारो

काठमाडौँ । सरकारले फेरि एकपटक भूमि ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकबाट सिफारिस भएको भएको उक्त अध्यादेश नेपाल राजपत्रमा मंगलबार प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।... ...

रातोपाटी
काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढ्यो
ताजा खबरJust now

काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढ्यो

काठमाडौँ । बडादसैँ सुरु भएसँगै काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढेको छ । काठमाडौँको कलंकीस्थित खसीबजार, भक्तपुरको सल्लाघारी लगायतका स्थानमा खसी बोकाको खरिद बिक्री बढेको हो । उपत्यकामा नजिकका जिल्लाका... ...

रातोपाटी
अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने
ताजा खबरJust now

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखिने

• कृति सेननले 'म्याडक फिल्म्स'को ब्यानरमा एक नयाँ हरर फिल्ममा काम गर्न सम्झौता गरेकी छिन्। • यो फिल्ममा कृति मुख्य भूमिकामा रहनेछिन् र यसमा हरर विधाको विशेषता हुनेछ। • म्याडक फिल्म्ससँगको यो सहकार्य कृतिको नवाैं हो र यसअघि उनले यस ब्यानरमा विभिन्न सफल फिल्महरूमा काम गरिसकेकी छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play