उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर । बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मङ्गलबार मृतावस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जङ्गली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मृत हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो । हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । कोशी टप्पुवन्य जन्तु आरक्षबाट परीक्षण (पोस्टमार्टम)पछि हात्तीको मृत्युको वास्तविक कारण पत्ता लाग्ने छ । कोशीटप्पु वन्यजन्तु आरक्षको सीमा क्षेत्रमा हात्ती मृत भेटिएकाले त्यसको पोस्टमार्टम आरक्षले आज गर्ने उहाँले बताउनुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

२ हजार बढी विद्यार्थी भएका १०९ स्कुलमा ६ अर्ब लगानी गर्दै सरकार
काठमाडौँ । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढाएको छ । उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठुला... ...

बारामा ११ लाख ४६ हजारका कपडा र मोटरसाइकल बरामद, एक जना पक्राउ
कलैया समाचारदाताबारा, असोज २८ गते । बाराको सुवर्ण गाउँपालिकास्थित सीमा क्षेत्रबाट भन्सार छली गरी भारतबाट नेपाल भित्र्याउँदै गरिएको कपडा र तीनवटा मोटरसाइकलसहित एक जना पक्राउ परेका छ... ...

लद्दाखबारे भारत र चीनबिच फेरि लफडा, भयो भनाभन
चीनले लद्दाखका २८ स्थानलाई आफ्नो क्षेत्र दाबी गरेको छ। भारतले ती २८ स्थानको नाम परिवर्तन गर्ने निर्णय गरेपछि चीनले कडा आपत्ति जनाएको हो। चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मंगलबार भनेकी छन्, ‘भारतले एकतर्फी र गैरकानुनी तरिकाले बनाएको तथाकथित 'लद्दाख केन्द्र शासित प्रदेश'लाई कहिल्यै मान्यता दिएको छैन र तथाकथित ... ...

विद्रोह तर बेग्लै (कथा)
त्यो खबर थाहा पाएको क्षण ममाथि मानौँ सगरमाथा नै खसेको थियो । कसरी गर्न सक्छन्, उनले यस्तो काम । मैले पत्याउन पनि सकेकी थिइनँ तर खबर ल्याउने मान्छे असत्य थिएन । उनको कुरा प्रमाणिक थ... ...


