रेखाको ‘३६ को आँकडा’ को गीतमा दुई जोडीको प्रेम

काठमाडौं । चलचित्र ‘३६ को आँकडा’को प्रेमगीत ‘बहुलाउँछु कि क्या हो’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले घटस्थापनाको अवसर पारेर गीत सार्वजनिक गरेको हो । सत्यराज आचार्य र अञ्जु पन्तको स्वर रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ । गीतको संगीत संयोजन फणिन्द्र राईले गर्नुभएको हो । प्रेममा परेपछि मनमा उब्जिने बेचैनी, आकर्षण र प्रिय व्यक्तिको सम्झनाले निम्त्याउने छटपटीलाई गीतमा व्यक्त गरिएको छ । प्रेममा डुबेका पात्रहरूको मनोभाव गीतले समेटछ । गीतको भिडियोमा दुई जोडीको प्रेमलाई प्रस्तुत गरिएको छ । एकातिर रेखा थापा र महेश त्रिपाठीको प्रेमिल सम्बन्ध देखाइएको छ भने अर्कातिर पूजा शर्मा र पुष्प खड्काको प्रेमकथा अघि बढ्छ । सवीर श्रेष्ठको निर्देशनमा बनेको यो चलचित्रमा रेखा थापा, निरूता सिंह, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का, सुवर्ण थापा, रमेशचन्द सिडारीलगायत कलाकारको अभिनय छ भने अभिनेत्री निशा अधिकारी विशेष भूमिकामा देखिने निर्माणपक्षले जनाएको छ । रेखा फिल्मस् र काइट्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रको निर्माता सरस्वती थापा, दुर्गा सापकोटा र गीता श्रेष्ठ हुनुहुन्छ । निर्देशक श्रेष्ठकै कथा र शिवम् अधिकारीको पटकथा रहेको चलचित्रमा ईश्वर सिन्केमनको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, बनिश शाह र रामप्रसाद चौधरीको सम्पादन छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


