क्यानको पछिल्ला कामबाट आइसिसी प्रभावित छः सचिव खड्का

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) का पछिल्ला दुई संस्करणमा गरिएको कामका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता प्राप्त गर्न सफल भएको बताउनुभएको छ। शनिबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सञ्चारकर्मीसँग कुरा गर्दै एनपीएल गभर्निङ काउन्सिलका प्रमुखसमेत रहनुभएका खड्काले विगतमा गरिएको कामले आईसीसीलाई विश्वास दिलाउन सहयोग गरेको बताउनुभयो। आईसीसीबाट प्राप्त स्वीकृति एक वर्षका लागि मात्र रहेको उल्लेख गर्दै उहाँले यसले क्यानको जिम्मेवारीसमेत बढाएको बताउनुभयो। आईसीसीको स्वीकृतिपछि फ्रेन्चाइज टोलीले टेस्ट खेल्ने राष्ट्रका चर्चित खेलाडीलाई एनपीएलमा ल्याउन सक्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो। खड्काका अनुसार आईसीसीको स्वीकृतिका लागि पेस गरिएको आवेदनमा प्रत्येक टोलीले ६ देखि ८ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान समावेश गरिएको छ। यसअघिका दुई संस्करणमा अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था थियो। एसोसिएट राष्ट्रको क्रिकेट प्रवर्द्धनका लागि त्यस्ता राष्ट्रका एक खेलाडीलाई टोलीमा समावेश गर्न सकिने प्रावधान पनि रहेको उहाँले जानकारी दिनुभयो। उहाँले प्रत्येक टोलीले ७ नेपाली खेलाडी र चार विदेशी खेलाडी मैदानमा उतार्न पाउने बताउनुभयो। भविष्यमा आईसीसीको स्वीकृति समयमै प्राप्त गर्न सके फ्रेन्चाइज टोलीलाई खेलाडी छनोट तथा अनुबन्धनमा सहज हुने उहाँको विश्वास छ। खड्काका अनुसार प्रतियोगिता सकिएको ६० दिनभित्र आईसीसीलाई आवश्यक प्रतिवेदन बुझाउनुपर्ने र अर्को संस्करणका लागि पुनः आवेदन दिनुपर्ने व्यवस्था छ। फ्रेन्चाइज टोलीको आर्थिक अवस्थाबारे चर्चा गर्दै उहाँले स्तरीय खेलाडी भित्र्याउन कम्तीमा दुई हजार अमेरिकी डलरसम्म खर्च गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। तर, अहिले फ्रेन्चाइज टोलीहरू आर्थिक रूपमा त्यस्तो खर्च गर्न सक्ने अवस्थामा नरहेको उहाँको भनाइ छ। यद्यपि, सबै फ्रेन्चाइज टोलीले कम्तीमा दुई चर्चित खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो। एनपीएलमा आईसीसीको प्यानलका कमेन्टेटर ल्याउने तयारी भइरहेको पनि खड्काले बताउनुभयो। डीआरएस र पूर्वाधार सुधारमा जोड एनपीएलमा निर्णय समीक्षा प्रणाली (डीआरएस) राख्ने विषयमा अझै अन्तिम निर्णय भइनसकेको खड्काले बताउनुभयो। यद्यपि, त्यसको कार्यान्वयन प्रक्रिया नजिक पुगेको उहाँको भनाइ छ। यसपटक पूर्वाधारका हिसाबले पनि केही नयाँ गर्ने उद्देश्य राखिएको उहाँले जानकारी दिनुभयो। यू–१९ महिला विश्वकपका लागि नेपालको तयारीको अवस्था निरीक्षण गर्न आईसीसीको टोली एक महिनाअघि मैदानमा आएको थियो। उक्त टोलीले दिएको निर्देशनअनुसार पूर्वाधार स्तरोन्नतिको काम गरिएको खड्काले बताउनुभयो। मैदानमा दर्शकको क्षमता पनि केही बढाउन सकिने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो। सबै व्यवस्था मिलाउँदा मैदानमा करिब १२ हजार दर्शक अटाउन सक्ने उहाँको भनाइ छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
काठमाडौं। नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । सेनाले शनिबार अपरान्ह फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो त्यस्तै इज्जत अर्पण ...
चचहुई...चचहुई ! कुपोण्डोलमा दशैंको उमङ्ग
• ललितपुरको कुपोण्डोलस्थित बागमती नदी किनारमा दशैंको अवसरमा लिङ्गे पिङ खेल्ने परम्परा पुनर्जीवित भएको छ। • बालबालिकासँगै ठूला मानिसहरू पनि पिङ खेल्न उत्साहित भएर उपस्थित भएका छन्। • पिङ खेल्ने परम्पराले दसैँको मौलिकता र सामूहिक उत्सवको भावना जीवन्त बनाइरहेको छ। ...

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, ...

सीजेपीका संस्थापक अभिजित दिपके रिहा
शुक्रबार दर्जनौं समर्थकहरूसँगै आन्दोलनको नेतृत्व गरेर सेन्ट्रल दिल्लीतर्फ जाँदै गर्दा कन्नट प्लेसबाट पक्राउ परेकी नेहा बोरा पनि शनिबार रिहा भएकी छन् ...


