बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण

विदुर । नुवाकोटको विदुर नगरपालिका–४, सिमचौरकी बाढीपीडित प्रतिमा मिजारलाई जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले मसला तथा बेसार पिस्ने मेसिन हस्तान्तरण गरिएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया) का सदस्य एवं कन्यादेवी मेसिनरी प्रालि, नुवाकोटका सञ्चालक सिजन घिमिरेले मिजारलाई पूर्ण अनुदानमा मेसिन उपलब्ध गराएका हुन् । ३३ वर्षीया मिजारले यसअघि घरेलुस्तरमा बेसार तथा मसला प्रशोधन व्यवसाय सञ्चालन गर्दै आएकी थिइन् । तर, हालै आएको विनाशकारी बाढीले उनको कारखाना पूर्ण रूपमा बगाएपछि उनी रोजगारी र आम्दानीको स्रोतबाट वञ्चित भएकी थिइन् । पाँच सदस्यीय परिवारको जीविकोपार्जनको जिम्मेवारी सम्हाल्दै आएकी मिजारलाई बाढीका कारण क्षतिग्रस्त व्यवसाय पुनः सञ्चालन गर्न आर्थिक कठिनाइ भइरहेको थियो । बाढीपीडितको आर्थिक पुनरुत्थान तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले घिमिरेले सामाजिक उत्तरदायित्वअन्तर्गत मिजारलाई निःशुल्क मेसिन उपलब्ध गराएका हुन् । मेसिन प्राप्त भएपछि मिजारलाई पुनः घरेलु व्यवसाय सञ्चालन गरी आम्दानीको स्रोत जुटाउन र परिवारको जीविकोपार्जन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । बाढीबाट प्रभावित परिवारलाई आत्मनिर्भर बनाउन गरिएको यस सहयोगप्रति स्थानीयवासी तथा पीडित परिवारले घिमिरे र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घप्रति आभार व्यक्त गरेका छन् ।
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

दक्षिण सुडानमा नेपाली सेनाको १६औँ पटक फेरबदल
दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । ...

पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
लेखनाथ समाचारदातालेखनाथ, असोज २९ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर–१७ स्थित बालोदय चोकमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्य भएको छ ।बिहान ७ बजे भएको... ...

दुई महिनामा सवा तीन खर्ब नाघ्यो व्यापार घाटा, निर्यातमा भने ६२ प्रतिशतको छलाङ
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि देखिएको छ। निर्यातमा उच्च वृद्धि भए पनि आयातको परिमाण निकै ठूलो... ...

साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण कर्जा दिन एफएनसीसीआईको माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवद्र्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानी र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन् । ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई धितोको विकल्पमा नगद प्रवाह र बिलका आधारमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । उनले कर्जा सुरक्षण कोष विस्तार, बाढी तथा विपद्बाट प्रभावित ...


