नेपालमा एफफाइभजी र एआईमा आधारित डिजिटल रूपान्तरणलाई तीव्रता दिन ह्वावेद्वारा आईएसपी इभेन्ट आयोजना

ह्वावेले “Accelerate F5G, Boost Intelligence” अर्थात् “एफफाइभजी( F5G) को विकासलाई तीव्रता दिऔँ, बौद्धिक प्रविधिको प्रयोग बढाऔँ” भन्ने मूल नाराका साथ ह्वावे नेपाल आईएसपी इभेन्ट २०२६ सफलतापूर्वक आयोजना गरेको छ। कार्यक्रममा अग्रणी इन्टरनेट सेवा प्रदायकहरू, आईसीटी उद्यम तथा क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नयाँ पुस्ताको कनेक्टिभिटी, कृत्रिम बौद्धिकता र डिजिटल पूर्वाधारमा विकसित भइरहेका अवसरहरूबारे छलफल गरिएको थियो। कार्यक्रमले नेपालको डिजिटल रूपान्तरणलाई सहयोग पुर्याउने तथा देशको आईसीटी इकोसिस्टमलाई थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ प्रविधि, बौद्धिक नेटवर्क र नवीन व्यावसायिक मोडेलबारे ज्ञान तथा अनुभव आदानप्रदान गर्ने साझा मञ्च प्रदान गरेको थियो। कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेनले भने, “नेपालको डिजिटल इकोसिस्टम नयाँ चरणमा प्रवेश गरिरहेको छ, जहाँ कनेक्टिभिटी आर्थिक वृद्धि, नवप्रवर्तन र डिजिटल समावेशिताको आधार बनिरहेको छ। प्रयोगकर्ताका अपेक्षाहरू निरन्तर परिवर्तन भइरहेका अवस्थामा इन्टरनेट सेवा प्रदायकहरूले परम्परागत कनेक्टिभिटीभन्दा अगाडि बढेर बौद्धिक नेटवर्क, एआईमा आधारित सञ्चालन प्रणाली र नयाँ व्यावसायिक मोडेलहरू अपनाउन आवश्यक छ। यस रूपान्तरणलाई सहयोग पुर्याउन नवीन प्रविधि, विश्वव्यापी अनुभव र उद्योगका उत्कृष्ट अभ्यासहरू उपलब्ध गराउँदै नेपालको आईएसपी उद्योगसँग सहकार्य गर्न ह्वावे प्रतिबद्ध छ।” कार्यक्रममा ह्वावे ओभरसिज आईएसपी बिजनेस युनिटका प्रमुख सञ्चालन अधिकृत लरेन्स वुले एआईले आईएसपी उद्योगलाई कसरी रूपान्तरण गरिरहेको छ भन्ने विषयमा प्रकाश पारे। उनले उच्च कार्यसम्पादनयुक्त नेटवर्क, कम्प्युटिङ स्रोत र नयाँ डिजिटल सेवाहरूको माग बढ्दै गएको उल्लेख गरे। साथै, नेपालको प्रतिस्पर्धात्मक विद्युत् लागत र उदाउँदा एआईसम्बन्धी अवसरहरूको सदुपयोग गर्दै परम्परागत इन्टरनेट कनेक्टिभिटी सेवाभन्दा बाहिरका क्षेत्रमा समेत विस्तार हुन सक्ने सम्भावना औँल्याएका थिए। ह्वावे एपीएसी अप्टिकल डाइरेक्टर एन्डी वुले Home Network + X रणनीतिबारे प्रस्तुति दिँदै Video Surveillance as a Service (VSaaS) र Wi-Fi as a Service (WaaS) लाई नेपाली आईएसपीहरूका लागि सम्भावित व्यावसायिक वृद्धिका अवसरका रूपमा प्रस्तुत गरे। उनले प्रिमियम होम कनेक्टिभिटी तथा मूल्य अभिवृद्धि सेवाले ग्राहकको अनुभव सुधार गर्नुका साथै दिगो आम्दानीका नयाँ स्रोतहरू सिर्जना गर्न सक्ने बताए। त्यसैगरी, ह्वावे एपीएसी आईएसपीका प्रमुख प्राविधिक अधिकृत डेभिड हुले एआईको युगमा परम्परागत आईएसपीबाट Managed Service Provider (MSP) तर्फको रूपान्तरणबारे चर्चा गरे। उनले AI Token Services, Model as a Service र GPU as a Service जस्ता सेवाहरूका साथै स्टोरेज तथा नेटवर्क पूर्वाधारको स्तरोन्नतिमा रहेका अवसरहरू प्रस्तुत गरे। यी अवसरहरूले आईएसपीहरूलाई आफ्ना सेवा विविधीकरण गर्न र बौद्धिक डिजिटल समाधानहरू उपलब्ध गराउन सक्षम बनाउने उनको भनाइ थियो। नेपालमा २७ वर्षदेखि निरन्तर उपस्थिति जनाउँदै आएको ह्वावेले स्थानीय साझेदार, इन्टरनेट सेवा प्रदायक र उद्योगका सरोकारवालाहरूसँगको सहकार्यलाई निरन्तरता दिँदै नेटवर्कको गुणस्तर, सञ्चालन दक्षता र डिजिटल सेवा प्रदान गर्ने क्षमतामा सुधार गर्न आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ। निरन्तर प्राविधिक नवप्रवर्तन र उद्योगसँगको सहकार्यका माध्यमबाट ह्वावेले नेपालको डिजिटल समावेशितामा योगदान पुर्याउँदै अझ बढी कनेक्टेड, बौद्धिक र डिजिटल रूपमा सशक्त भविष्यतर्फको यात्रालाई तीव्रता दिने लक्ष्य राखेको जनाएको छ। The post नेपालमा एफफाइभजी र एआईमा आधारित डिजिटल रूपान्तरणलाई तीव्रता दिन ह्वावेद्वारा आईएसपी इभेन्ट आयोजना appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को वेबसाइट inspire2082.org आज सार्वजनिक गरेका छन्। सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले वेबसाइट सार्वजनिक गरेका हुन्। इन्स्पायरले नेपालले सामना गरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भूराजनीतिक चुनौतीबारे अध्ययन तथा अनुसन्धान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालले जानकारी दिए। उनका अनुसार प्रतिष्ठानले नीतिनिर्माता र विषयविज्ञलाई ...

नेपाल-भारतबिच व्यापार, लगानी र प्रविधिमा सहकार्य आवश्यक : मन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई उत्पादनमुखी, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रविधि तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभएको छ ।नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको ३२ औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले द्विपक्षीय सम्बन्धबाट उपलब्ध अवसरलाई ठोस आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।मन्त्री खनालले आर्थिक कूटनीति अब परराष्ट्र ...

लीपमोटरले स्पेनमा बी१० कम्प्याक्ट एसयूभीको उत्पादन सुरु गर्यो, ए०५ युरोपमा सार्वजनिक गर्यो
लीपमोटरको बी१० कम्प्याक्ट एसयूभी स्पेनको जारागोजा प्लान्टमा उत्पादनमा प्रवेश गरेको बताएको छ, जबकि ए०५ ले युरोपेली डेब्यू गरेको छ। पछिल्लो समय स्टेलान्टिस एनभीद्वारा समर्थित चिनियाँ ईभी निर्माताले युरोपमा आफ्नो स्थानीयकरण प्रयासहरूलाई तीव्र पारेको छ। कम्पनीले पेरिस मोटर शो २०२६ मा यो घोषणा गरेको थियो, जहाँ लीपमोटरका संस्थापक झु जियाङमिङ र लीपमोटर इन्टरनेशनलका सीईओ ड्यानिलो एनेसले संयुक्त रूपमा नयाँ मोडेलहरू अनावरण गरेका ...


