मलेसियाका लागि प्रस्तावित राजदुत खरेलको कार्ययोजना : ‘श्रमिकमैत्री दुतावास र डिजिटल सेवा प्राथमिकता’

काठमाडाैं । मलेसियाका लागि प्रस्तावित राजदुत चुडामणि खरेलले दुतावासको सेवालाई पूर्ण डिजिटल बनाउँदै नेपाली श्रमिकको सुरक्षा र आर्थिक कुटनीतिलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभएको छ । बुधवार बसेको संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उहाँले मलेसियालाई केन्द्र बनाएर थप चार देशको गैरआवासीय कुटनीतिक जिम्मेवारी निर्वाह गर्दै श्रमिकका समस्यालाई तत्काल सम्बोधन गर्ने संयन्त्र निर्माण गर्ने घोषणा गर्नुभएको हो । प्रस्तावित राजदुत खरेलले विशेषगरी राहदानी (पासपोर्ट) वितरणमा भइरहेको झन्झट अन्त्य गर्न डिजिटल प्रणाली लागू गर्ने र घरदैलोसम्मै सेवा पुर्याउने योजना अघि सार्नुभयो । उहाँले राहदानी तयार भएपछि सुरक्षित कुरियरमार्फत सीधै श्रमिकको आवास वा कार्यस्थलमा पठाउने र मोबाइल सन्देशमार्फत सेवाको अवस्थाबारे जानकारी गराउने प्रणाली स्थापना गर्ने बताउनु भयो । श्रमिकको सुरक्षा र अधिकारका लागि उनले ‘शुन्य लागत’ रोजगारी नीतिलाई कूटनीतिक एजेण्डाका रूपमा अघि सार्ने दृढता व्यक्त गर्नुभयो । खरेलले कानूनी सहायताका लागि स्थानीय अधिवक्ताहरूसँग समन्वय गरी निःशुल्क कानूनी परामर्श सेवा दिने र मलेसियाका जेलमा रहेका नेपालीको अवस्थाबारे परिवारलाई नियमित जानकारी गराउने संयन्त्र बनाउने योजना पनि सुनाउनु भयो । उहाँले मलेसियाको कानूनी प्रक्रियालाई सम्मान गर्दै श्रमिक शोषणका घटनामा दुतावासले कडा हस्तक्षेप गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘मलेसियाली रोजगारदातासँग लिखित प्रतिवद्धता गराएर स्वास्थ्य बिमा, सामाजिक सुरक्षा र बस्ने व्यवस्था सुनिश्चित गर्नेछु । साथै, पीडित श्रमिकका लागि तत्काल राहत दिन दुतावासको पहलमा अस्थायी आश्रयस्थल सञ्चालन गरिनेछ ।’ आर्थिक कुटनीतितर्फ उहाँले नेपालका अर्गानिक उत्पादन (कफी, चिया, जडीबुटी) को बजार विस्तार र जलविद्युत तथा पूर्वाधार क्षेत्रमा मलेसियाली लगानी भित्र्याउने लक्ष्य लिनुभयो । आफ्नो कार्यकालभित्रै मलेसियामा रहेको नेपाल सरकारको आफ्नै जग्गामा अत्याधुनिक दुतावास भवन निर्माण सम्पन्न गर्ने उहाँको अर्को प्राथमिकता रहेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News
_T1ntlMx9vH.jpg)
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथाङ्कामा पनि यसै वर्ष पुग्ने
काठमाडौँ । सङ्खुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार भएको छ । प्रसारण लाइन विस्तार भएसँगै स्थानीय बासिन्दाले भरपर्दो विद्युत् सेवा पाउने सुनिश्चित भएको... ...

नेपालमा भित्रियो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी, मूल्य कति?
इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा नयाँ १५० सिसी क्षमताको स्कुटर सार्वजनिक गरेको छ। नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी सार्वजनिक गरेको हो। काठमाडौँको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत नयाँ मोडल सार्वजनिक गरिएको हो। नयाँ स्कुटरले भेस्पाको ऐतिहासिक वि... ...

इजरायली अदालतको आदेश कार्यान्वयन नहुँदा वेस्ट बैंकका प्यालेस्टिनी बने भूमिहीन
काठमाडौँ । इजरायलको सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गरे पनि कब्जा गरिएको वेस्ट बैंकका प्यालेस्टिनी नागरिकले घरजग्गा फिर्ता पाउन सकेका छैनन् । यसले इजरायली न्याय प्रणालीको सीमालाई उजागर गरेको छ ।... ...

रिभर मोबिलिटीको पहिलो अन्तर्राष्ट्रिय स्टोर नेपालमा, ‘इन्डी’ स्कुटरको मूल्य ३ लाख ७० हजार
काठमाडौं । भारतीय विद्युतीय स्कुटर निर्माता कम्पनी रिभर मोबिलिटीले नेपालमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले विशाल ग्रुपसँगको साझेदारीमा काठमाडौंको नक्सालस्थित नारायण चौर, सामा मार्गमा स्टोर खोलेको हो । नयाँ स्टोरबाट ग्राहकले कम्पनीको विद्युतीय स्कुटर ‘इन्डी’को टेस्ट राइड, बुकिङ तथा एसेसरिज खरिद गर्न सक्नेछन् । बिक्रीपछिको सेवा उपलब्ध गराउन कम्पनीले भीमसेनस्थानस्थित भीजी […] ...


