Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अस्ट्रेलियामा बढ्यो बालबालिकामाथि हिंसा र यौन उत्पीडन

अस्ट्रेलियामा बढ्यो बालबालिकामाथि हिंसा र यौन उत्पीडन

10/15/2026, 5:15:22 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ट्रेलियामा बढ्यो बालबालिकामाथि हिंसा र यौन उत्पीडन

काठमाडौं– अस्ट्रेलियामा बालबालिकामाथि हुने यौन उत्पीडन र पारिवारिक हिंसासम्बन्धी आक्रमणका घटना तीव्र रूपमा बढेका छन् । सन् २०१४ देखि २०२४ सम्मको तथ्याङ्कमा आधारित अध्ययनले पछिल्ला तीनदेखि पाँच वर्षमा बालबालिकामाथि हुने हिंसा झन् बढेको देखाएको छ । अध्ययनअनुसार, सन् २०१४ देखि २०२४ सम्म १० देखि १७ वर्ष उमेर समूहका बालिकामा यौन उत्पीडनको दर ५१ प्रतिशत र सोही उमेर समूहका बालकमा ६० प्रतिशतले बढेको छ । सन् २०२१ यता उक्त उमेर समूहका बालकमा यौन उत्पीडनको दर थप १५.७ प्रतिशतले वृद्धि भएको सिड्नी विश्वविद्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ । ‘जेएएमए नेटवर्क ओपन’ नामक जर्नलमा प्रकाशित अध्ययनले सन् २०२० आसपासदेखि बालबालिकामाथि हुने पारिवारिक हिंसासम्बन्धी आक्रमण पनि तीव्र रूपमा बढेको देखाएको छ । विभिन्न उमेर र लैङ्गिक समूहमा यस्ता आक्रमणको वार्षिक वृद्धि दर आठदेखि २० प्रतिशतसम्म रहेको अध्ययनमा उल्लेख छ । अनुसन्धानकर्ताहरूले बालबालिकामाथि हुने हिंसा बढ्नुमा आय असमानतामा वृद्धि, कोभिड–१९ महामारीको प्रभाव, जीवनयापनको बढ्दो खर्च, अनलाइन माध्यममा लैङ्गिक मान्यतामा आएको परिवर्तन तथा सहयोग सेवामा रहेका कमीलाई सम्भावित कारणका रूपमा औँल्याएका छन् । हिंसाका घटनाबारे उजुरी तथा प्रतिवेदन गर्ने प्रवृत्ति बढ्नुले पनि तथ्याङ्कमा देखिएको वृद्धिमा योगदान गरेको हुन सक्ने उनीहरूको भनाइ छ । सिड्नी विश्वविद्यालयअन्तर्गतको माटिल्डा सेन्टर फर रिसर्च इन मेन्टल हेल्थ एन्ड सब्सटेन्स यूजकी प्रमुख अनुसन्धानकर्ता लुसी ग्रुमिटले बालबालिकालाई हिंसाबाट सुरक्षित राख्न रोकथामका उपाय र प्रारम्भिक हस्तक्षेपमा थप लगानी गर्न आह्वान गरेकी छन् । अध्ययनले भने आक्रमणबाट लागेको चोटका कारण बालबालिकालाई अस्पताल भर्ना गर्नुपर्ने घटनामा उल्लेखनीय परिवर्तन नभएको देखाएको छ । त्यस्तै अध्ययन अवधिमा प्रमाणित बाल दुर्व्यवहारका घटनामा पनि वृद्धि भएको पाइएको छैन । यद्यपि अनुसन्धानकर्ताहरूले प्रमाणित दुर्व्यवहारका घटना घटेको देखिँदैमा बालबालिकामाथिको हिंसा वास्तविक रूपमा कम भएको निष्कर्ष निकाल्न नमिल्ने चेतावनी दिएका छन् । उनीहरूका अनुसार बाल संरक्षणसम्बन्धी निकायसँग दुव्र्यवहारका उजुरीमाथि अनुसन्धान गर्न पर्याप्त क्षमता नहुँदा पनि प्रमाणित घटनाको सङ्ख्या घटेको देखिन सक्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

भरतपुर आगलागी  घटना : मृतकको परिवारलाई १० लाख किरिया खर्च
ताजा खबरJust now

भरतपुर आगलागी घटना : मृतकको परिवारलाई १० लाख किरिया खर्च

काठमाडौँ । गत भदौ २६ गते बिहान चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय (ईभी) कारमा अचानक आगलागी हुँदा एक जनाको मृत्यु भएको घटनामा सम्बन्धित गाडी कम्पनीले मृतकको परिवारलाई १० लाख रुपैयाँ दिएको... ...

रातोपाटी
सवारी दुर्घटनामा एकको मृत्यु, पन्ध्रजना घाइते
ताजा खबरJust now

सवारी दुर्घटनामा एकको मृत्यु, पन्ध्रजना घाइते

भक्तिविलास पोखरेलगाईघाट, असोज २९ गते । उदयपुरको त्रियुगा नपा वडा –७ कालीखोला सुर्केस्थित मदन भण्डारी लोकमार्गमा काठमाडौंबाट धरानतर्फ आउँदैगरेको बाप्र ०१–००६ ख ८५२२ नम्बरको बस अनियन... ...

गोरखापत्र
झापाको दमक फाइनलमा प्रवेश
ताजा खबरJust now

झापाको दमक फाइनलमा प्रवेश

हरिप्रसाद कोइरालाउर्लाबारी, असोज २९ गते । झापाको दमक भेट्रान सडन डेथमा १–० गोलले चारपाने युनाइटेडलाई हराउँदै दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण जहदा भेट्रान कपको फाइनलमा प्रवेश गरेको... ...

गोरखापत्र
रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार आवेदन खुलायो
ताजा खबरJust now

रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार आवेदन खुलायो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ। पार्टीले नगरपालिकाहरूमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि आवेदन खुला गरेको हो। रास्वपाका अनुसार पार्टीले ‘नगरपालिका क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवारी प्रक्रिया सुरु गरेको छ। स्थानीय तहमा नेतृत्व लिन चाहने इच्छुक व्यक्तिहरूले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरी आवेदन दिन ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play