चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकले अब अनलाइनबाटै प्रवेश टिकट लिन सक्ने भएका छन्। झन्डै तीन वर्षअघि सुरु गरिएको अनलाइन टिकटको तयारी लामो समयपछि कार्यान्वयनमा आएको हो। निकुञ्जले बिहीबारदेखि परीक्षणका रूपमा सौराहा प्रवेश बिन्दुबाट ई–टिकटिङ सेवा सञ्चालनमा ल्याएको छ। निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार सुरुमा सौराहा क्षेत्रबाट सेवा परीक्षण गरिनेछ। यसको प्रभावकारिता मूल्यांकन गरेपछि निकुञ्ज प्रवेशका अन्य नाकामा समेत अनलाइन टिकट प्रणाली विस्तार गर्ने योजना छ। चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकन र जंगल सफारीका लागि स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य चाप रहने गरेको छ। तर, यसअघि टिकट लिन पर्यटक वा पर्यटन व्यवसायीले भौतिक रूपमा उपस्थित भएर नगद बुझाउनुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाले टिकट काट्न लाग्ने समय घटाउनुका साथै व्यवसायी र पर्यटक दुवैलाई सहज हुने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

बानियाँ तेस्रो मतसहित कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा तेस्रो स्थान हासिल गर्दै उनी केन्द्रीय कार्यसमितिमा पुगेका हुन्।... ...

कोशी बाढीपीडित चार सय परिवारलाई राहत सामग्री प्रदान
बाढीपीडितलाई बाँडिएको राहतमा दाल, चामल, बेडसिट, ब्ल्याङ्केट, साबुन, कपडा, झुल, खानेपानी फिल्टरलगायत दैनिक उपभोगका सामग्री छन् । ...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाने
काठमाडौँ । आईएसएफ फुटबल वर्ल्ड कपको २९औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने भएको छ । प्रतियोगिता असोज ३१ गतेदेखि कात्तिक ९ गते... ...

चितवनको भरतपुर फुटबल क्लब ‘चौथो ज्योतिपुञ्ज कप’को फाइनलमा
रामपुर नगरपालिका–७, किसानबारीस्थित खेलमैदानमा आयोजित सेमिफाइनलमा चितवनकै सूर्यपुर एफसी, कालिकालाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान पक्का गरेको हो । ...


