बाजुरामा रास्वपाको ‘हामी आउँदैछौं’ अभियान

बाजुरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका समस्या, गुनासा र अपेक्षा सुन्न सञ्चालन गरेको ‘हामी आउँदै छौं’ अभियान बाजुरामा सम्पन्न गरेको छ। जिल्लाका नौवटै स्थानीय तहका नागरिकलाई लक्षित गरी दुई स्थानमा प्रत्यक्ष भेटघाट तथा संवाद कार्यक्रम आयोजना गर्दै अभियान सम्पन्न गरेको हो। अभियानअन्तर्गत जिल्लाको पूर्वी तथा उत्तरी क्षेत्रका चार स्थानीय तह बूढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाउँपालिकालाई समेटेर आइतबार पिलुचौरमा कार्यक्रम आयोजना गरिएको थियो। त्यस्तै, सदरमुकाम क्षेत्रका पाँच स्थानीय तह बडीमालिका, बूढीगङ्गा र त्रिवेणी नगरपालिका तथा गौमुल र खप्तड छेडेदह गाउँपालिकालाई लक्षित गरी सोमबार मार्तडीमा कार्यक्रम सञ्चालन गरिएको रास्वपा जिल्ला समिति सभापति नवराज जैशीले जानकारी दिए। जैसीका अनुसार नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले दैनिक जीवनमा भोगिरहेका समस्या, विकासका आवश्यकता, सार्वजनिक सेवा प्रवाहमा देखिएका कठिनाइ तथा राज्यबाट प्राप्त हुनुपर्ने सेवासम्बन्धी गुनासा सुन्न अभियान सञ्चालन गरिएको हो। रास्वपाले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य केपी खनाललाई अभियानका लागि बाजुरा खटाएको थियो। अभियानमा सहभागी नागरिकले शिक्षा, स्वास्थ्य, सडक तथा अन्य पूर्वाधार विकास, रोजगारी र सार्वजनिक सेवा प्रवाहलगायतका विषयमा आफ्ना समस्या र अपेक्षा राखेका छन्। नागरिकबाट प्राप्त गुनासा, सुझाव र मागलाई संकलन गरी सम्बन्धित निकायसम्म पुर्याउने तथा समाधानका लागि आवश्यक पहल गर्ने पार्टीले जनाएको छ। हालै सदरमुकाम मार्तडीमा आयोजित कार्यक्रममा स्थानीय तहको प्रतिनिधित्व गर्दै धारणा राख्ने क्रममा रास्वपा बूढीगङ्गा नगर सभापति तिलक थापाले जनताका आवश्यकता र समस्यालाई प्राथमिकतामा नराख्दा जिल्लाले अपेक्षित विकास हासिल गर्न नसकेको बताए। त्रिवेणी नगर सभापति गणेशराज पाध्यायले बाजुरा विकासका दृष्टिले पछाडि पर्नुमा नीति निर्माणमा देखिएका कमजोरी रहेको बताए । रास्वपा नेता दीर्घ शाहीले प्रदेश गौरवको आयोजना खप्तड–डोगडी-मार्तडी सडकको अवस्थाबारे ध्यानाकर्षण गराए। रास्वपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य केपी खनालले बाजुरालाई दुर्गम जिल्लाका रूपमा चित्रण गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले बाजुरामा पाइने जडीबुटी र प्राकृतिक स्रोतसाधनको महत्व उल्लेख गर्दै जिल्लालाई अभाव र दुर्गमतासँग मात्रै जोडेर हेर्न नहुने धारणा राखे। सांसद खनालले राजनीतिक दल र नेताप्रति नागरिकको सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गरे।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

प्रतिनिधिसभामा मधेसी दलितको प्रतिनिधित्वबारे रास्वपासँग जेनजीको प्रश्न
काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको प्रतिनिधित्व नभएको विषय उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग प्रश्न गरेका छन् । उनले संविधानमा समानता र समावेशिताको... ...

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा
खार्तुम । अफ्रिकी देश सुडानमा जारी युद्ध र एल निनोका कारण उत्पन्न खडेरीले भोकमरीको जोखिम बढाएको छ । खाद्य सुरक्षा तथा सङ्कटको अनुगमन गर्ने अन्तर्राष्ट्रिय निकायले देशका डार्फर र कोर्दोफान क्षेत्रमा... ...

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट
काठमाडौँ, असोज २७ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा अनिल सुकलालले भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबी... ...

इमरान खानको पार्टी खारेजविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा पीटीआई
पाकिस्तान– जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले आफूले शासन गर्दै आएको खैबर पख्तुनख्वा प्रान्तको सत्ता संघीय सरकारले आफ्नो नियन्त्रणमा लिएको निर्णयलाई अदालतमा चुनौती दिने तयारी गरेको छ । पीटीआईका केन्द्रीय सूचना सचिव शेख वकास अक्रमले अलजजिरासँग कुरा गर्दै आइतबार लागू गरिएको संकटकालीन व्यवस्था र गभर्नर शासनविरुद्ध मंगलबार अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका छन् । उनका अनुसार ...


