Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी

जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी

जुम्ला।शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु भएको हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा जुम्लामा प्रभावकारी बन्दै गएको छ। बितेका पाँच महिनामा यहाँका २२० जनाले घरमै राहदानी पाएका छन्। जिल्ला प्रशासन कार्यालय, राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जिल्ला हुलाक कार्यालयसँग सम्पन्न सम्झौताअनुसार चालु आवको भदौसम्म १९८ जनाको राहदानी घरदैलोमै पुगेर वितरण गरिएको बताए। गत वर्ष ९७२ जनाले घर घरबाटै राहदानी पाएका थिए। चालु आवको दुई महिनामा १९८ जनाले राहदानी पाएका छन्। यसैगरी, जिल्लामा आठ हजार ६० जनाले राष्ट्रिय परिचयपत्र बनाएको प्रशासन जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

४ हजार १०८ घरधुरी बाढीपीडितलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण
ताजा खबरJust now

४ हजार १०८ घरधुरी बाढीपीडितलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण

सरकारले रसुवाको भोटेकोसी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८ घरधुरीलाई ४५ हजार रुपैयाँका दरले नगद वितरण गरिसकेको छ। विकास साझेदार ‘विश्व खाद्य कार्यक्रम’ (डब्लुएफपी)ले उपलब्ध गराएको नगद सहयोगलाई दोहोरोपना नपर्ने गरी एकद्वार प्रणाली अपनाई उक्त रकम वितरण गरिएको हो। स्थानीय तहसॅगको समन्वय र सहकार्यमा स्थानीय तहले पहिच... ...

नेपालखबर
पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
ताजा खबरJust now

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, असोज २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा ने... ...

गोरखापत्र
राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब बराबरको डिबेन्चर सर्वसाधारणका लागि बिक्री खुला
ताजा खबरJust now

राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब बराबरको डिबेन्चर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको '६ प्रतिशत आरबीबीएल डिबेन्चर २०८९' असोज २९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ। अङ्कित मूल्य प्रतिइकाइ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play