Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/फिजीमा रहेको क्षेत्रीय संस्थाको नेटवर्कमा चिनियाँ ह्याकरको पहुँच: रिपोर्ट

फिजीमा रहेको क्षेत्रीय संस्थाको नेटवर्कमा चिनियाँ ह्याकरको पहुँच: रिपोर्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
फिजीमा रहेको क्षेत्रीय संस्थाको नेटवर्कमा चिनियाँ ह्याकरको पहुँच: रिपोर्ट

चीनसँग सम्बन्धित ह्याकरहरूले सन् २०२६ को जुलाईदेखि अगस्टसम्म फिजीको राजधानी सुवामा रहेको एक क्षेत्रीय संस्थाको नेटवर्कमा अनधिकृत पहुँच बनाएको अमेरिकी दूतावासले जनाएको छ। सोमबार सार्वजनिक जानकारीअनुसार अमेरिकी दूतावासले साइबर आक्रमणको आशङ्काबारे फिजी सरकार र प्रभावित संस्थालाई जानकारी गराएको थियो। साथै नेटवर्क सुरक्षित बनाउन आवश्यक प्राविधिक सुझावसमेत दिएको दूतावासले जनाएको छ। दूतावासका अनुसार ह्याकरहरूले केही दिनसम्म संस्थाको नेटवर्कमा पहुँच कायम राखेका थिए। तर, दूतावासले प्रभावित क्षेत्रीय संस्थाको नाम भने खुलाएको छैन। रोयटर्सका अनुसार फिजी, किरिबाटी, नाउरु र टुभालु हेर्ने अमेरिकी दूतावासले घटनाबारे सम्बन्धित निकायलाई जानकारी दिएको हो। घटनाबारे प्रतिक्रिया माग्दै रोयटर्सले गरेको अनुरोधमा फिजी सरकारले तत्काल जवाफ दिएको थिएन। यसअघि अक्टोबर ९ मा अमेरिकी न्याय मन्त्रालयले चीनको एक सूचना प्रविधि कम्पनीसँग मिलेर काम गरेको आरोप लागेका ह्याकरहरूको गतिविधि रोक्न सातवटा इन्टरनेट डोमेन नियन्त्रणमा लिएको थियो। ती डोमेन अमेरिकी तथा अन्य देशका महत्त्वपूर्ण पूर्वाधारमा कमजोरी पत्ता लगाउन र साइबर आक्रमण गर्न प्रयोग भएको अमेरिकी अधिकारीहरूको आरोप थियो। त्यस्तै साइबर सुरक्षा कम्पनी प्रुफपोइन्टले यसै महिनाको सुरुतिर सार्वजनिक गरेको विवरणअनुसार, चीनसँग सम्बन्धित ह्याकरहरूले कम्तीमा सन् २०२५ देखि अनुसन्धान संस्था, विश्वविद्यालय र कानुनी फर्ममा कार्यरत व्यक्तिका पासवर्ड चोर्न कृत्रिम बुद्धिमत्ता (एआई) विज्ञको परिचय दिएर गतिविधि गरिरहेका छन्। The post फिजीमा रहेको क्षेत्रीय संस्थाको नेटवर्कमा चिनियाँ ह्याकरको पहुँच: रिपोर्ट appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

स्पेसएक्सले तीन साताभन्दा बढी समयपछि पहिलो पटक प्रक्षेपण गर्‍यो फाल्कन ९ रकेटबाट स्टारलिंक स्याटेलाइट
प्रविधिJust now

स्पेसएक्सले तीन साताभन्दा बढी समयपछि पहिलो पटक प्रक्षेपण गर्‍यो फाल्कन ९ रकेटबाट स्टारलिंक स्याटेलाइट

स्पेसएक्सले लामो समयसम्म रोकिएको स्टारलिंक उपग्रह प्रक्षेपणलाई पुनः सुरु गरेको छ। कम्पनीले सोमबार (अक्टोबर १२) आफ्ना २७ वटा स्टारलिंक इन्टरनेट उपग्रहलाई पृथ्वीको तल्लो कक्ष (एलईओ) मा पठाएको छ। क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसबाट पूर्वी अमेरिकी समयअनुसार राति ८:२८ बजे (स्थानीय समयअनुसार साँझ ५:२८ बजे र अक्टोबर १३ मा जीएमटीअनुसार राति ००:२८ बजे) फाल्कन ९ रकेटमार्फत उपग्रह प्रक्षेपण गरिएको हो। सेप्टेम्बर १९ यता फाल्कन ...

टेक्नोलोजी खबर
ओपनएआईको सुरक्षा त्रुटिपछि एआई कम्पनीमाथि निगरानी बढाउन सुझाव
प्रविधिJust now

ओपनएआईको सुरक्षा त्रुटिपछि एआई कम्पनीमाथि निगरानी बढाउन सुझाव

अस्ट्रेलियाको स्वास्थ्य सेवा प्रणालीसँग जोडिएको वेब पोर्टलमा ओपनएआईको एआई एजेन्टले सुरक्षा उल्लङ्घन गरेपछि संसदीय समितिले एआई कम्पनीहरूमा स्वतन्त्र सुरक्षा जाँचको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । संघीय संसद्ले अगस्टमा गठन गरेको बहुदलीय समितिले सोमबार राति प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई प्रारम्भिक सुझावसहित पत्र पठाउँदै प्रमुख एआई कम्पनीहरूमा स्वतन्त्र विज्ञ खटाएर सुरक्षा अवस्था र घटनाबारे प्रतिवेदन दिने व्यवस्था गर्न सिफारिस गरेको हो । समितिका ...

टेक्नोलोजी खबर
सामाजिक सञ्जालमा वाक स्वतन्त्रताको नाममा बेथिति: सरोकारवालहरु
प्रविधिJust now

सामाजिक सञ्जालमा वाक स्वतन्त्रताको नाममा बेथिति: सरोकारवालहरु

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगद्वारा नेपाल पत्रकार महासङ्घ चितवनसँगको सहकार्यमा आज आयोजित ‘अभिव्यक्ति स्वतन्त्रताको अवस्था’ विषयक छलफलमा सहभागीहरुले सामाजिक सञ्जालमार्फत वाक स्वतन्त्रताको नाममा मनोमानी बढेको बताएका हुन्। नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे आयोगले देशव्यापी रुपमा गरिरहेको अध्ययनमा आयोजित कार्यक्रममा पत्रकार, कानुन व्यवसायी, मानवअधिकारकर्मीलगायतले अभिव्यक्ति स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा अमर्यादित गतिविधि बढेको बताए। उनीहरुले आफ्ना ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play