विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन

विराटनगर । कोशी प्रदेशको आयोजनामा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन बिराटनगरमा सुरू भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा भएको दुईदिने अन्तरप्रदेश समन्वय तथा अनुभव आदानप्रदान सम्मेलनको मंगलबार बिहान मुख्यमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेका छन् । सम्मेलनमा प्रदेशका साझा समस्या, अधिकार बाँडफाँट, आर्थिक स्रोतको वितरण, प्रशासनिक स्वायत्तता र वित्तीय संघीयताबारे तथा संविधानले दिएको अधिकार व्यवहारमा कार्यान्वयन गर्न देखिएका अवरोध हटाउने विषय पनि प्राथमिकतामा रहने बताइएको छ । मुख्यमन्त्रीसँगै प्रदेशका प्रमुख सचिव, नीति तथा योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्ताहरू पनि सम्मेलनमा सहभागी छन्। प्रदेशबीच समन्वय बढाउने, कानुन निर्माणमा एकरूपता कायम गर्ने र सफल अभ्यास आदानप्रदान गर्ने विषयमा समेत छलफल हुनेछ । प्रदेशहरूले आफ्ना माग अलग-अलग रूपमा उठाउँदै आए पनि यसपटक साझा धारणा बनाएर संघीय सरकारको ध्यानाकर्षण गराउने लक्ष्य राखेका छन् । अधिकारसँगै आवश्यक बजेट, जनशक्ति र प्रशासनिक संरचना उपलब्ध गराउनुपर्ने विषय पनि उठाइनेछ । सम्मेलनको अन्त्यमा प्रदेशका साझा माग, प्रतिबद्धता र संघीयता प्रभावकारी बनाउने उपाय समेटिएको ‘विराटनगर घोषणापत्र’ जारी गर्ने तयारी छ । सम्मेलनमा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका किरण थापामगर, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य र कर्णालीका मंगलबहादुर शाही सहभागी छन्। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट उपस्थित हुन नसकेपछि उनको स्थानमा प्रमुख सचिव सहभागी भएका छन् । The post विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, माउस थिचेर संयुक्त उद्घाटन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दाङको कार्यक्रम छोडेर काठमाडाैँ फर्किए खगेन्द्र सुनार
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनार काठमाडौँ फर्किएका छन्। कार्यक्रमको सिलसिलामा दाङ पुगेका सुनार पार्टीको निर्देशनपछि मंगलबार काठमाडौँ फर्किएका हुन्। उनी नेपालगन्ज हुँदै काठमाडौँ फर्किएका रास्वपा दाङ... ...

संखुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारणलाइनको विद्युत्
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले संखुवासभाको उत्तरी भेगस्थित भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारणलाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनामार्फत हटिया क्षेत्रमा राष्ट्रिय प्रसारणलाइन विस्तार गरिएको हो । यसअघि उक्त क्षेत्रमा लघु जलविद्युत् योजनामार्फत विद्युत् आपूर्ति हुँदै आएको थियो । राष्ट्रिय प्रसारणलाइनबाट विद्युत् आपूर्ति सुरु भएपछि विकट तथा ...

मिथिलामा शाक्त मन्दिर र सखडा छिन्नमस्ता मन्दिरको प्राचीनता
मिथिलामा शैव–शाक्त सम्प्रदायका अनुयायीहरूको व्यापकता छ । मिथिलाको समाज प्राचीनकालदेखि नै शक्ति–उपासनाको केन्द्रभूमि रहेको छ । मैथिल तिरहुतिया पंचदेवोपासक हुन्छन्, जसमा देवी शक्तिको मान्यता सर्वोपरि छ । मिथिलाका गाउँ–गाउँमा शिव र... ...

सुदूरपश्चिमको बजेटमा सत्तारुढ सांसदकै असन्तुष्टि, पूरक बजेट ल्याउने समझदारी
तीन महिनाको बजेट शून्यतापछि आएको सुदूरपश्चिम सरकारको बजेटमा सत्तारूढ सांसदले नै प्रश्न उठाएपछि संसदीय समिति गठन गरेर अध्ययन गर्ने र अहिले पूरक बजेट ल्याउने सहमति भएको छ। ...


