Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/प्रसारण र वितरण लाइन मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति

प्रसारण र वितरण लाइन मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रसारण र वितरण लाइन मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति

म्याग्दी । पछिल्लो झरि र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्ति पुनः नियमित गरिएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटेमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको चार वटा टावर ढलाएको र लाइन चुँडाएकाले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति बन्द भएको थियो । अन्नपूर्ण गाउँपालिका–२, ३, ४ र ५ तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईंले प्रसारण लाइनको समस्याले तत्काल दाना सबस्टेसनबाट विद्युत् आपूर्ति गराउन सम्भव नभएकाले वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको बताए । “दाना सबस्टेसनबाट तत्काल सम्भव नहुने भएकाले मिलनचोक देखि दाना हुँदै मुस्ताङको कोवाङमा रहेको ३३ केभी प्रसारण लाइनको मर्मत सकेर विद्युत् आपूर्ति गरेका छौँ,” उनले भने, “प्राधिकरणका कर्मचारी, प्राविधिक र मजदुर परिचालन गरेर विद्युत् आपूर्ति गराउन सफल भएका छौँ ।” मुस्ताङमा यही असोज २४ गतेदेखि विद्युत् आपुर्ति गरिएको र म्याग्दीमा एक/दुई घरबाहेक सबै ठाउँमा मर्मत कार्य सकिएको केन्द्रका प्रमुख चापागार्इंले बताए । विद्युत् आपूर्ति भएसँगै अवरुद्ध सञ्चार सेवा सञ्चालन भएको छ । सर्वसाधारणको दैनिक जीवनयापन सहज हुन थालेको छ । बाढीका कारण मिलनचोक–दाना ३३ केभी प्रसारण लाइनको १० वटा पोल, ५०० मिटर तार, दाना–कोवाङ खण्डमा पाँच वटा पोल र २०० मिटर तारका साथै विभिन्न उपकरण नष्ट भएका थिए । तातोपानी वितरण केन्द्रअन्तर्गत ११ केभी वितरण लाइनमा म्याग्दी र मुस्ताङमा एक–एक वटा पोल, मुस्ताङमा एक हजार मिटर तार र उपकरण क्षति भएका छन् । थापाखोला र घलेम्दीखोला जलविद्युत् आयोजनाबाट नौ मेगावाट विद्युत् उत्पादन गरी ३३ केभी लाइनमा जोडिएको वितरण केन्द्रका प्रमुख चापागाईंले बताए । म्याग्दीका ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ११० मेगावाटको नीलगिरि, छ मेगावाटको रेलेखोला र १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना भने बन्द भएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

थाइल्यान्डमा ‘मिसेस एसिया इन्टरनेसनल २०२६’ सुरु, नेपालबाट सुमित्रा, कल्पना र गंगा भिड्दै
ताजा खबरJust now

थाइल्यान्डमा ‘मिसेस एसिया इन्टरनेसनल २०२६’ सुरु, नेपालबाट सुमित्रा, कल्पना र गंगा भिड्दै

काठमाडौँ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एसिया इन्टरनेसनल पेजेन्ट’ अन्तर्गतको ‘क्लासिक एन्ड मिसेस एसिया इन्टरनेसनल २०२६’ थाइल्यान्डको खोन केनमा सुरु भएको छ। अक्टोबर १९ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व... ...

रातोपाटी
सूर्यविनायक–धुलिखेल सडक विस्तार : चौहत्तर प्रतिशत भौतिक प्रगति
ताजा खबरJust now

सूर्यविनायक–धुलिखेल सडक विस्तार : चौहत्तर प्रतिशत भौतिक प्रगति

बनेपा समाचारदाताबनेपा, असोज २८ गते । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारको कामलाई निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिइएको छ । भक्तपुरको सूर्... ...

गोरखापत्र
बिहारमा डुङ्गा दुर्घटना : १३ जनाको मृत्यु, अधिकांश बालबालिका
ताजा खबरJust now

बिहारमा डुङ्गा दुर्घटना : १३ जनाको मृत्यु, अधिकांश बालबालिका

रौतहट । भारतको बिहारमा गङ्गा नदी पार गर्ने क्रममा भएको डुङ्गा दुर्घटनाले ठुलो मानवीय क्षति निम्त्याएको छ। वैशाखी जिल्लाको राघोपुरमा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश... ...

रातोपाटी
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
ताजा खबरJust now

कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग

• नेपाल कृषि मेशिनरी व्यवसायी संघले स्वदेशी कृषि यन्त्र उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंक ब्याज अनुदान र विद्युत् महसुलमा सहुलियतको माग गरेको छ। • कृषि यान्त्रीकरणलाई प्राथमिकता दिँदै नीतिगत सुधार र कृषि यन्त्रको आयातमा भन्सार सहुलियतको आवश्यकता रहेको संघको भनाइ छ। • आगामी मंसिर ४ देखि ६ गते काठमाडौँमा राष्ट्रियस्तरको कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुने भएको छ, जसमा आधुनिक ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play