Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/म्यानमामा ठगी केन्द्र सञ्चालन गर्ने गिरोहका तीन जनालाई चीनले दियो मृत्युदण्ड

म्यानमामा ठगी केन्द्र सञ्चालन गर्ने गिरोहका तीन जनालाई चीनले दियो मृत्युदण्ड

10/13/2026, 6:35:14 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
म्यानमामा ठगी केन्द्र सञ्चालन गर्ने गिरोहका तीन जनालाई चीनले दियो मृत्युदण्ड

काठमाडौं– चीनको एक अदालतले म्यानमाको कोकाङ क्षेत्रमा ठगी केन्द्रको सञ्जाल सञ्चालन गरेको आपराधिक गिरोहका तीन सदस्यलाई मङ्गलबार मृत्युदण्डको सजाय सुनाएको छ । सोही मुद्दामा अन्य दर्जनौं व्यक्तिलाई पनि विभिन्न अवधिको जेल सजाय सुनाइएको छ । पछिल्ला वर्षमा म्यानमासहित दक्षिणपूर्वी एसियाका केही क्षेत्रमा अर्बौं डलरको अनलाइन ठगी कारोबार फस्टाएको छ । यसलाई नियन्त्रण गर्न चीनले क्षेत्रका अन्य देशसँग सुरक्षा सहकार्य बढाउँदै आएको छ । अनलाइन ठगीमा सङ्लग्न सबै व्यक्ति स्वेच्छाले अपराधमा लागेका हुँदैनन् । कतिपय विदेशी नागरिक, विशेषगरी चिनियाँ नागरिकलाई रोजगारीको प्रलोभन देखाएर मानव तस्करीमार्फत त्यस्ता केन्द्रमा पुर्याइन्छ । उनीहरूलाई जेलजस्तै परिसरमा बन्धक बनाएर जबर्जस्ती ठगीका गतिविधिमा सङ्लग्न गराइने गरेको छ । क्वान्झोउ इन्टरमिडिएट पिपुल्स कोर्टले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार ‘वेई परिवार आपराधिक गिरोह’ का सदस्य वेई हुआइरेन, चेन दावेई र लियाओ जिङफाङलाई मृत्युदण्डको सजाय सुनाइएको हो । अदालतका अनुसार उक्त गिरोह लागुऔषध तस्करी, वेश्यावृत्ति सञ्चालन, अवैध क्यासिनो सञ्चालन, दूरसञ्चार ठगी तथा कम्तीमा दुई चिनियाँ नागरिकको हत्यालगायतका गम्भीर अपराधमा सङ्लग्न थियो । वेई हुआइरेनलाई गिरोहका प्रमुखमध्ये एकका रूपमा पहिचान गरिएको थियो । उनी हत्या र अन्य विभिन्न अपराधमा दोषी ठहर भएका थिए । अदालतले गिरोहका अवैध गतिविधिबाट १२ अर्ब २० करोड युआनभन्दा बढी अर्थात् करिब एक अर्ब ८० करोड अमेरिकी डलर बराबरको रकम असुलिएको जनाएको छ । मुद्दामा गिरोहका अन्य तीन सदस्यलाई आजीवन कारावासको सजाय सुनाइएको छ भने ५५ जनालाई तीन वर्ष तीन महिनादेखि २४ वर्षसम्मको जेल सजाय दिइएको छ । विश्लेषकले ‘वेई परिवार’लाई म्यानमाको कोकाङ क्षेत्रमा आपराधिक सञ्जाल सञ्चालन गर्ने ‘चार प्रमुख परिवार’ मध्ये एकका रूपमा वर्णन गर्दै आएका छन् । चीनको सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार उक्त गिरोह उत्तरी म्यानमाको सबैभन्दा हिंस्रक आपराधिक समूहमध्ये एक थियो । उसले राजनीतिक, सैन्य र व्यावसायिक अपराधलाई एकआपसमा जोडेर शक्तिशाली सञ्जाल निर्माण गरेको थियो । सीसीटीभीले गिरोहले १४ वटा ठूला ठगी केन्द्र सञ्चालन गरेको र उच्च तलबको झुटो प्रलोभन देखाएर ठूलो सङ्ख्यामा चिनियाँ नागरिकलाई म्यानमा बोलाउने गरेको जनाएको छ । प्रहरीले अनुसन्धानका क्रममा फलामे साङ्लाले बाँधिएका तथा टाउकोमा गोली लागेको अवस्थामा रहेका पीडितका अवशेषसमेत फेला पारेको सीसीटीभीले उल्लेख गरेको छ । वेई परिवारका सदस्यविरुद्ध पहिलो पटक सन् २०२५ को अक्टोबरमा अभियोग दायर गरिएको थियो । चीनले म्यानमामा सक्रिय आपराधिक गिरोहविरुद्ध कारबाही तीव्र बनाउने क्रममा यसअघि पनि मृत्युदण्ड दिएको थियो । गत जनवरीमा ‘मिङ परिवार आपराधिक गिरोह’ का सदस्यसहित ११ जनालाई मृत्युदण्ड दिइएको थियो । त्यसको अर्को महिना, कुख्यात ‘बाई समूह’का चार सदस्यलाई ठगी, जानाजानी हत्या, ज्यानमा चोट पु¥याउने, अपहरण र जबर्जस्ती असुलीलगायतका अपराधमा मृत्युदण्ड दिइएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस
ताजा खबरJust now

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन्। उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा चार थान ४१ सिटे र तीन थान ३६... ...

रातोपाटी
‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’
ताजा खबरJust now

‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’

कर्णाली। हिन्दुहरूको महान् पर्व दसैँ तथा तिहारको अवसर छ। रोजगारी तथा कामको सिलसिलामा स्वदेश तथा विदेशका गएका सबै नेपालीहरू राष्ट्रिय पर्व मनाउन घर फर्कँदैछन् । लामो समयदेखि परिवार, आफन्तजन र... ...

रातोपाटी
जर्मनी र बेलायतका विदेशमन्त्रीद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन माग
ताजा खबरJust now

जर्मनी र बेलायतका विदेशमन्त्रीद्वारा रुसमाथि थप प्रतिबन्ध लगाउन माग

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेपछि जर्मनी र बेलायतका विदेशमन्त्रीले युक्रेनमाथि रुसको आक्रमणको जवाफमा मस्कोमाथि थप प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन्। जर्मन विदेशमन्त्री जोहान... ...

रातोपाटी
सामाजिक सञ्जलामा वाक स्वतन्त्रताको नाममा बेथिति
ताजा खबरJust now

सामाजिक सञ्जलामा वाक स्वतन्त्रताको नाममा बेथिति

चितवन। पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगद्वारा नेपाल पत्रकार महासङ्घ चितवनसँगको सहकार्यमा आज यहाँ आयोजित अभिव्यक्ति स्वतन्त्रताको अवस्थाको विषयक छलफलमा सहभागीहरुले सामाजिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play