परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूत खानबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका थिए। भेटका क्रममा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको थियो। दुवै पक्षले पारस्परिक हितका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि विचार आदानप्रदान गरेका थिए।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सिटिजन्स बैंकका ग्राहकलाई होटल र साइकल खरिदमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले तीनवटा व्यावसायिक संस्थामा विशेष छुट पाउने भएका छन् । यसका लागि बैंकले रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइक प्रालिसँग समझदारी गरेको छ । समझदारीअनुसार बैंकका कार्डवाहक, प्रिभिलेज कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले रामाडा एन्कोर काठमाडौंमा १५ प्रतिशत, होटल हिमालयन होराइजनमा १५ प्रतिशत र पान्क बाइकमा […] ...

नेपाली समाजमा वर्गीय रूपान्तरण भए पनि जातीय विभेदका अवशेष कायमै छन् : खतिवडा
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजमा वर्ग संरचनामा परिवर्तन भइरहे पनि जातीय तथा सामाजिक विभेदका अवशेष कायमै रहेको बताएका छन् । ...

एकैपटक १३ सयजना सशस्त्र प्रहरी जवान दीक्षित (तस्बिरहरू)
काठमाण्डु- सशस्त्र प्रहरी बल, नेपालका १ हजार २९६ जना जवान आधारभूत तालिम पूरा गरी दीक्षित भएका छन्। करिब ११ महिनाको तालिम सम्पन्न गरेका उनीहरू बिहीबार दीक्षित भएसँगै राष्ट्र र नागरिकको सेवामा खटिन कार्यक्षेत्रमा प्रवेश गरेका हुन्। राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा देशका विभिन्न तालिम शिक्षालयमा सञ्चालित आधारभूत तालिम पूरा गरेका जवानहरू […] ...

कांग्रेस महाधिवेशन समीक्षा : कस्तो बन्यो गगन टिम ?
नेतृत्वमा पुस्तान्तरण र रूपान्तरणको आशा जगाएको कांग्रेसको १५औँ महाधिवेशनले नयाँ टिम चुनेको छ। तर, जम्बो केन्द्रीय समिति व्यवस्थापनदेखि पुरानो कार्यशैली बदल्ने र जनताको विश्वास फर्काउनेसम्मका चुनौतीले गगन थापाको नेतृत्वको परीक्षा लिनेछन्। ...


