Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

कर्णाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित एक पसलबाट प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट गरेको छ । उक्त कार्यालयबाट बजार अनुगमन तथा निरीक्षणमा गएको टोलीले वीरेन्द्रनगरको पुजा पसल तथा स्टोरबाट पुजामा प्रयोग गर्ने घ्यूको नाममा प्रतिबन्धित रसायन मिसिएको चिल्लो पदार्थ जफत गरेको थियो । उक्त जफत गरिएको चिल्लो पदार्थका करिब दुई दर्जन श्रीकृष्ण पुजा घ्यू लेखिएका सबै बट्टा जफत गरी आजै नष्ट गरिएको कार्यालयका सूचना अधिकारी सन्तोष दाहालले जानकारी दिएका छन् । ‘दसैँ तिहारलाई लक्षित गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रविधि विभागले पुजा, होम, हवन तथा दीप प्रज्ज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई घ्यूका रूपमा उत्पादन गरी बिक्री वितरणकार्यलाई प्रतिबन्ध लगाइएको सूचना जारी गरेको छ ।’, उनले भने, ‘यद्यपि देशका विभिन्न सहर तथा बजारमा सो प्रतिबन्धित पदार्थ बेचिएको छ । यो अवैधकार्य हो, जुन सुर्खेत वीरेन्द्रनगरमा पनि भेटिएको छ ।’ पहिलो पटक भएकोले पसल धनीलाई सचेत बनाइएको र पुनः भेटिएमा कारवाहीका लागि सिफारिस गरिने चेतावनी दिइएको सूचना अधिकारी दाहालले बताए । चाडपर्वका बेला मान्छेको भीड धेरै हुने र त्यस्तो चापाचापको बेलो व्यापारीले कालो बजारी गर्ने अवस्थालाई ध्यानमा राखेर बजार अनुगमनलाई नियमित र तीव्र बनाइएको उनको भनाइ थियो । उक्त कार्यालयका प्रमुख श्रीराम न्यौपानेका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले सीमित जनशक्ति र स्रोत साधनका बाबजुद पनि कर्णाली प्रदेशका दशमध्ये सात जिल्लालाई आफ्नो कार्य क्षेत्र बनाएर खाद्य स्वच्छता कायम गर्ने अभियानलाई स्थानीय तह तथा अन्य सरोकारवालासँगको समन्वयमा अगाडि बढाउँदै मिति नाघेका एवं अखाद्य वस्तु बिक्री वितरण हुन नदिन नियमित अनुगमन तथा निरीक्षण गर्दै आइरहेको छ । जुम्ला कार्यालयले भने जुम्ला, मुगु र कालीकोट जिल्लालाई हेर्दै आएको जनाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अर्थ सरोकार

Visit Publisher Site →

Related News

क्यानाडाविरुद्ध नेपाल मैदानमा, कमजोर बलिङ प्रदर्शन, एक दिवसीय मान्यतालाई कायम राख्न जित्नै पर्ने
ताजा खबरJust now

क्यानाडाविरुद्ध नेपाल मैदानमा, कमजोर बलिङ प्रदर्शन, एक दिवसीय मान्यतालाई कायम राख्न जित्नै पर्ने

ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ । ...

हाम्राकुरा
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका
ताजा खबरJust now

तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

काठमाडौं । दसैँका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार... ...

रातोपाटी
गृहमन्त्री गुरुङद्वारा हनुमानढोकामा तलेजु भवानी र कुमारीको दर्शन
ताजा खबरJust now

गृहमन्त्री गुरुङद्वारा हनुमानढोकामा तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं। दसैंको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरेका छन्। गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्रमा पुगी तलेजु भवानीको पूजा गरेका हुन्। उनले सर्वसाधारणसँगै लामबद्ध भएर कुमारीको दर्शन गरेका थिए। नेपालीहरूको महान् पर्व बडादसैंअन्तर्गत फूलपातीका दिन विभिन्न शक्तिपीठहरूमा पूजा आराधना तथा दर्शन गर्ने परम्परा रहिआएको छ। सोही ...

नेपालन्युज
‘उपभोक्ता आफैँ सचेत भए बजार सुध्रिन्छ'
ताजा खबरJust now

‘उपभोक्ता आफैँ सचेत भए बजार सुध्रिन्छ'

काठमाडौँ । बडादसैँका बेला बजारमा खाद्यवस्तुको खपत उच्च हुने गर्छ । बजारमा अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन सामग्रीको बिक्री–वितरण र उपभोक्ता ठगिने क्रम पनि बढ्ने जोखिम रहन्छ । चाडपर्वलक्षित बजार अनुगमन, बजारको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play