Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चाडपर्वमा राजमार्गका होटल तथा रेस्टुरेन्टलाई खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन

चाडपर्वमा राजमार्गका होटल तथा रेस्टुरेन्टलाई खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन

10/15/2026, 5:34:57 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
चाडपर्वमा राजमार्गका होटल तथा रेस्टुरेन्टलाई खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन

काठमाडौँ । चाडपर्वको समयमा होटल, रेस्टुरेन्ट तथा भोजनालयबाट बिक्री–वितरण हुने खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य व्यवसायीलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको विभागले दसैँ, तिहार तथा छठलगायतका चाडपर्वमा राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना–खाजा उपलब्ध गराउने होटल, रेस्टुरेन्ट, मिठाई पसल, चमेना गृह, क्याटरिङ तथा भोजनालयलाई खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको हो। विभागले जारी गरेको सूचनाअनुसार व्यवसायीले स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्रै बिक्री गर्नुपर्नेछ। उपभोग्य अवधि बाँकी रहेका खाद्य सामग्री प्रयोग गर्न, भान्सा तथा खाना वितरण गर्ने स्थान सफा राख्न र खाद्य पदार्थको प्रकृतिअनुसार उचित तापक्रममा भण्डारण गर्नुपर्नेछ। त्यस्तै, स्वच्छ पानी र गुणस्तरीय कच्चा पदार्थ प्रयोग गर्न, पकाएको तथा नपकाएको खाना छुट्टाछुट्टै राख्न, सफा भाँडाकुँडामा खाना पकाउन तथा कर्मचारीको व्यक्तिगत सरसफाइमा ध्यान दिन विभागले निर्देशन दिएको छ। बासी, सडेगलेका, ढुसी परेका, धुलो तथा फोहोर मिसिएका वा दूषित पानीको सम्पर्कमा आएका खाद्य पदार्थ बिक्री–वितरण नगर्नसमेत विभागले सचेत गराएको छ। खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी प्रावधान उल्लङ्घन गर्ने व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने विभागले जनाएको छ। विभागले खाद्य स्वच्छताको आधारमा व्यवसायको स्तरीकरण गरी ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्नसमेत आग्रह गरेको छ। चाडपर्वका बेला उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न खाद्य व्यवसायीलाई तोकिएका मापदण्डको पूर्ण पालना गर्न विभागले अनुरोध गरेको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !
ताजा खबरJust now

दशैंका च्याङ्ग्रा महंगिए, रोज्जाकै ५० हजार !

बागलुङ । दशैंमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ । कोसेलीका लागि र दशैंमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार पर्ने ...

केन्द्रबिन्दु
पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
ताजा खबरJust now

पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । ...

कान्तिपुर
अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो
ताजा खबरJust now

अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो

सिड्नी । अस्ट्रेलियामा बालबालिकामाथि हुने यौन उत्पीडन र पारिवारिक हिंसासम्बन्धी आक्रमणका घटना तीव्र रूपमा बढेका छन् । सन् २०१४ देखि २०२४ सम्मको तथ्याङ्कमा आधारित अध्ययनले पछिल्ला तीनदेखि पाँच वर्षमा बालबालिकामाथि हुने हिंसा झन् बढेको देखाएको छ । अध्ययनअनुसार, सन् २०१४ देखि २०२४ सम्म १० देखि १७ वर्ष उमेर समूहका बालिकामा यौन उत्पीडनको दर ५१ प्रतिशत र सोही उमेर समूहका बालकमा ६० ...

केन्द्रबिन्दु
नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि
ताजा खबरJust now

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५६ अङ्कले बढेर दुई हजार ६२५... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play