दशैं नजिकिएसँगै काठमाडौँका सडकमा सवारीसाधन र पैदलयात्रुको चहलपहल घट्यो

दसैँ नजिकिँदै जाँदा काठमाडौँ उपत्यका छाडेर आफ्नो गाउँघर फर्किनेहरूको सङ्ख्या बढेसँगै उपत्यकाका सडकमा सवारीसाधन तथा सर्वसाधारणको चहलपहल घटेको छ। दसैँ मनाउन उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढेसँगै सडकमा सवारीसाधनको चाप कम भएको हो । सामान्य दिनमा सवारीसाधनको चाप, धुवाँधुलो र ट्राफिक जामले अस्तव्यस्त हुने काठमाडौँका सडकहरू पछिल्लो समय तुलनात्मक रूपमा शान्त र खुला देखिन थालेका छन्। यद्यपि, सडकमा सवारीसाधन पूर्ण रूपमा घटिसकेका छैनन्। तर, विगतका दिनको तुलनामा सवारीसाधन र पैदलयात्रुको चहलपहल कम भएकाे छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

लक्ष्मी सनराइज क्यापिटलले ११ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको बिहीबार काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न १६औँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित गरेको […] ...

दशैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै
दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । वर्ष दिनपछि परिवारसँग भेटघाट गर्ने, मान्यजनको हातबाट टीका–जमरा लगाउने र आफन्तसँग खुसी साटासाट गर्ने आशासहित धेरैजना आफ्नो गाउँ फर्किरहेका छन् । तर, यस वर्षको दसैँमा विगतका वर्षमा जस्तो उल्लास र उमङ्ग भने सबैको अनुहारमा देखिँदैन । देशमा देखिएका विभिन्न विपद्, आर्थिक मन्दी, महँगी र पारिवारिक जिम्मेवारीका कारण कतिपयका लागि दसैँ ...

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू देउवा समूहको महाधिवेशनमा स्वतः प्रतिनिधि
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले जनप्रतिनिधिहरूलाई १५औं महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ । ...

कांग्रेस काभ्रे सभापति लामा केन्द्रीय सदस्य निर्वाचित
नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । ...


