Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/इजरायलका लागि प्रस्तावित राजदूत कर्णको कार्ययोजना- कूटनीतिक भ्रमण र श्रमिकको हित प्राथमिकतामा

इजरायलका लागि प्रस्तावित राजदूत कर्णको कार्ययोजना- कूटनीतिक भ्रमण र श्रमिकको हित प्राथमिकतामा

10/13/2026, 2:53:27 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
इजरायलका लागि प्रस्तावित राजदूत कर्णको कार्ययोजना- कूटनीतिक भ्रमण र श्रमिकको हित प्राथमिकतामा

इजरायलका लागि प्रस्तावित नेपाली राजदूत सुरेशकुमार कर्णले इजरायलसँगको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउँदै त्यहाँ कार्यरत नेपाली श्रमिकको हित संरक्षण र श्रम लागत न्यूनीकरणका लागि ठोस कार्ययोजना अघि सारेका छन् । मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कर्णले कूटनीतिक सम्बन्ध विस्तार, नेपाली श्रमिकका समस्या समाधान, प्रविधिमा आधारित सेवा प्रवाह र नेपाली डायस्पोरासँगको सहकार्यलाई प्राथमिकतामा राखेका हुन् । सन् १९६० मा स्थापना भएको नेपाल–इजरायल कूटनीतिक सम्बन्धलाई थप गतिशील बनाउन उच्चस्तरीय भ्रमणको पहल गर्ने उनले बताएका छन् । पछिल्लो एक दशकदेखि रोकिएको उच्चस्तरीय भ्रमणलाई अघि बढाउन पदभार ग्रहण गरेको १२० दिनभित्र पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले दुवै देशबीच संसदीय तथा संस्थागत सहकार्य विस्तार गर्ने योजना सुनाए । इजरायलमा कार्यरत नेपाली श्रमिकको हित संरक्षणलाई प्राथमिकतामा राखेका कर्णले श्रमिकको आर्थिक भार घटाउन र वित्तीय पहुँच सहज बनाउन पहल गर्ने बताएका छन् । इजरायलमा आधिकारिक तथ्यांकअनुसार करिब ५ हजार ५०० नेपाली कार्यरत रहे पनि अनौपचारिक रूपमा यो संख्या १० हजारभन्दा बढी रहेको उल्लेख गर्दै उनले घरमा आधारित हेरचाह सेवा र कृषि श्रमिकसम्बन्धी प्रोटोकल कार्यान्वयनमा जोड दिएका छन् । सन् २०२० को श्रम सम्झौताअन्तर्गत संस्थागत हेरचाह सेवामा नेपाली श्रमिक जाने प्रक्रिया सुरु भए पनि घरमा आधारित हेरचाह सेवा र कृषि क्षेत्रमा श्रमिक पठाउनेसम्बन्धी प्रोटोकल कार्यान्वयन हुन बाँकी रहेको उनले बताए । श्रमिकको लागत न्यूनीकरण तथा बैंकमार्फत सहज किस्ताबन्दीमा कर्जा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायसँग छलफल गरी पहिलो १०० दिनभित्र प्रारम्भिक निष्कर्षमा पुग्ने उनको योजना छ । ‘श्रमिकको लागत घटाउन र सहज किस्ताबन्दीमा वित्तीय सुविधा उपलब्ध गराउन सम्बन्धित निकाय तथा बैंकहरूसँग छलफल गरी पहिलो १०० दिनभित्र प्रारम्भिक निष्कर्षमा पुग्ने लक्ष्य राखेको छु,’ उनले भने । इजरायलमा रहेका नेपालीको विवरण व्यवस्थित गर्न र उनीहरूका गुनासा सम्बोधन गर्न प्रविधिमा आधारित प्रणाली विकास गर्ने योजना पनि कर्णले प्रस्तुत गरेका छन् । नेपालीको ठेगाना, रोजगारी र कानुनी अवस्थासम्बन्धी अभिलेख अद्यावधिक गर्ने तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट गुनासो व्यवस्थापन गर्ने उनको लक्ष्य छ । उनले पहिलो १०० दिनभित्र उक्त प्रणाली सञ्चालनमा ल्याउने र प्राप्त गुनासा ३० दिनभित्र समाधान गर्ने वा सम्बन्धित निकायमा पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् । कर्णले आफ्नो कार्ययोजना कूटनीतिक सम्बन्ध, नेपाली डायस्पोरासँगको सहकार्य, आर्थिक कूटनीति तथा प्रविधि र साइबर सुरक्षालगायतका क्षेत्रमा केन्द्रित रहेको बताए । ‘मेरो कार्ययोजना चार प्रमुख क्षेत्रमा केन्द्रित छ, कूटनीतिक सम्बन्ध, नेपाली डायस्पोरासँगको सहकार्य, आर्थिक कूटनीति तथा प्रविधि र साइबर सुरक्षा । यसको मुख्य उद्देश्य नेपाल र नेपालीको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउनु हो,’ उनले भने । नेपालको सन्तुलित परराष्ट्र नीतिअनुसार इजरायल र अरब राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै द्विपक्षीय सहकार्य विस्तार गर्ने कर्णको भनाइ छ । उनले दुई–राज्य समाधानको पक्षमा नेपालको नीतिलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । त्यसैगरी, सन् २०२७ देखि नेपाली डायस्पोरासँग नियमित संवाद र सहकार्यका कार्यक्रम सञ्चालन गरी विदेशमा रहेका नेपालीसँगको सम्बन्धलाई संस्थागत गर्ने उनको दीर्घकालीन योजना छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कांग्रेसको सहमहामन्त्री खुल्लामा अजयबाबु शिवाकोटी निर्वाचित
OthersJust now

कांग्रेसको सहमहामन्त्री खुल्लामा अजयबाबु शिवाकोटी निर्वाचित

नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । सानेपामा जारी मतगणना सकिएसँगै शिवाकोटी निर्वाचित भएका हुन्। कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन्। ...

पर्दाफास
गमबुटमा कस्तो देखिए अनमोल ?
OthersJust now

गमबुटमा कस्तो देखिए अनमोल ?

अनमोल केसीको क्लासिक लभ स्टोरी ‘बाटूलो जुन’ प्रदर्शनको मुखैमा छ । यो फिल्मको प्रचारका लागि अहिले टिजर, गीत सार्वजनिक गर्ने सिलसिला जारी छ । सोही क्रममा अघिल्लो दिन एउटा गीत सार्वजनिक भयो । गीतको बोल थियो, ‘मेरो मन चोर्‍यौ सुटुक्कै।’ यो फिल्ममा बाबुछोरा अर्थात् भुवन केसी र अनमोल दुवै देखिँदैछन् । फिल्ममा अनमोलले त्यही भूमिका… ...

अनलाइन खबर
को हुन् यी देवी, जो प्रेम र यौनको प्रतीक हुँदै विवादको केन्द्र बनिन् ?
OthersJust now

को हुन् यी देवी, जो प्रेम र यौनको प्रतीक हुँदै विवादको केन्द्र बनिन् ?

समुद्रको फिँजबाट उठी, छालहरूमा चिप्लिँदै साइप्रसको किनारमा जब एउटी सुन्दरी प्रकट भइन्, तब सायद प्रकृतिको पनि धड्कन रोकिएको थियो होला । मिथकका पाना पल्टाउँदा क्रोनोसले आफ्ना पिता उरानोसको जननेन्द्रीय काटेर समुद्रमा फ्याँकेको क्रूर दृश्यबाट जन्मिएकी ती देवी हुन् अफ्रोडाइटी । जो इतिहासको कालखण्डमा प्रेम, सौन्दर्य र यौनको प्रतीक त रहिन नै, सँगै मानव सभ्यताको सबैभन्दा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play