Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भाष्यको राजनीति र सत्यको संकट

भाष्यको राजनीति र सत्यको संकट

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाष्यको राजनीति र सत्यको संकट

नेपालको राजनीतिक, सामाजिक र संस्थागत जीवनमा पछिल्लो समय ‘भाष्य’ शब्दको प्रयोग अस्वाभाविक रूपमा बढेको छ । कुनै घटना, निर्णय वा अभिव्यक्तिको वास्तविक अर्थभन्दा त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा महत्वपूर्ण बन्न थालेको छ । विगतमा नेताहरूका विवादास्पद भनाइलाई ढाकछोप गर्न, गल्तीलाई सामान्य देखाउन वा राजनीतिक स्वार्थानुकूल अर्थ लगाउन भाष्य निर्माण गरिन्थ्यो । आज त्यही प्रवृत्ति अझ संगठित, व्यापक र प्रभावशाली बनेको देखिन्छ । संस्थागत संवाद कमजोर हुँदै जाँदा व्यक्तिगत धारणा र डिजिटल प्रचार बलियो देखिनसक्छ, तर जनताको बीचमा प्रत्यक्ष उपस्थिति र संवाद कमजोर भयो भने राजनीतिक नेतृत्व र नागरिकबीचको दूरी झन् बढ्न सक्छ । प्रधानमन्त्री कुनै महत्वपूर्ण अन्तर्राष्ट्रिय वा कूटनीतिक कार्यक्रममा सहभागी नहुनुका कारणलाई व्यक्तिगत व्यस्तता, रणनीतिक प्राथमिकता वा अन्य विकल्पका रूपमा व्याख्या गर्ने प्रयास हुनसक्छ । तर, यस्ता घटनामा तथ्यभन्दा पहिले भाष्य निर्माण हुनथालेपछि स्वाभाविक रूपमा जनतामाझ प्रश्न उठ्छन् । चीनसँगको निकटतालाई जोडेर नेपाललाई पूर्वाभिमुख देखाउने भाष्य होस् वा भारतसँगको सम्बन्धलाई वैमन्स्यका रूपमा प्रस्तुत गर्ने भाष्य, यस्ता अतिरञ्जित व्याख्याले कूटनीतिक सम्बन्धलाई तथ्य र सन्तुलनभन्दा राजनीतिक दृष्टिकोणबाट हेर्ने वातावरण बनाउँछ । प्रधानमन्त्री तथा अन्य राजनीतिक नेतृत्वको व्यक्तिगत सामाजिक सञ्जालमा बढ्दो सक्रियताले पनि राजनीतिक संवादको स्वरूप बदलिरहेको छ । सामाजिक सञ्जाल अभिव्यक्तिको प्रभावकारी माध्यम भए पनि राज्य सञ्चालन र जनसम्पर्कको विकल्प भने होइन । संस्थागत संवाद कमजोर हुँदै जाँदा व्यक्तिगत धारणा र डिजिटल प्रचार बलियो देखिनसक्छ, तर जनताको बीचमा प्रत्यक्ष उपस्थिति र संवाद कमजोर भयो भने राजनीतिक नेतृत्व र नागरिकबीचको दूरी झन् बढ्न सक्छ । प्रतिपक्षको भूमिका पनि यसै सन्दर्भमा महत्वपूर्ण हुन्छ । सत्तापक्षका कमजोरी, गल्ती र विवाद खोज्नु प्रतिपक्षको स्वाभाविक जिम्मेवारी हो । तर, त्यसलाई मात्र राजनीतिक अस्त्र बनाउने र देश, जनता तथा नागरिकका वास्तविक सरोकारमा ठोस आवाज उठाउन नसक्ने हो भने लोकतान्त्रिक अभ्यासको अर्थ कमजोर हुन्छ । प्रतिपक्ष केवल सत्ताको आलोचक होइन, वैकल्पिक दृष्टिकोण र उत्तरदायित्वको संवाहक पनि हुनुपर्छ । नेपालको राजनीतिक संस्कृतिमा गलत अभिव्यक्ति वा विवादास्पद निर्णयलाई ढाकछोप गर्न ‘भाष्य’ निर्माण गर्ने प्रवृत्ति नयाँ होइन । विगतमा नेताका विवादित भनाइलाई निजी सचिव, सहयोगी वा प्रवक्तामार्फत फरक अर्थमा प्रस्तुत गर्ने अभ्यास पनि देखिन्थ्यो । अहिले त्यसको स्वरूप बदलिएको मात्र हो । संसद्मा प्रयोग भएका अशिष्ट वा असंसदीय अभिव्यक्तिलाई सामान्यीकरण गर्ने प्रयासदेखि लिएर न्यायालय, कानुन व्यवसायी, राजनीतिक दल र सञ्चारमाध्यमले आ–आफ्नो अनुकूलता अनुसार घटनाको व्याख्या गर्ने प्रवृत्तिसम्म यसको प्रभाव देखिन्छ । सञ्चारमाध्यमले पनि कहिलेकाहीँ तथ्य र सन्दर्भभन्दा ‘सनसनीपूर्ण शीर्षक’लाई प्राथमिकता दिँदा भ्रम अझ गहिरिन्छ । राजनीतिक नेतृत्वले आफ्नो अनुकूल व्याख्याभन्दा सत्यलाई प्राथमिकता दिनुपर्छ । प्रतिपक्षले विरोधभन्दा माथि उठेर नागरिकका वास्तविक मुद्दालाई केन्द्रमा राख्नुपर्छ । सञ्चारमाध्यमले सनसनीभन्दा सन्दर्भ र तथ्यलाई महत्व दिनुपर्छ । समस्या यतिमै सीमित छैन । सत्तापक्ष र प्रतिपक्षभन्दा बाहिर रहेर घटनाको विश्लेषण गर्ने दाबी गर्ने राजनीतिक विश्लेषक, टिप्पणीकार र सार्वजनिक बौद्धिकहरूको भूमिकामाथि प्रश्न उठ्न थालेको छ । राजनीतिक दलको दबाब, संस्थागत प्रभाव, प्रशासकीय त्रास वा सार्वजनिक आलोचनाको भयले स्वतन्त्र विश्लेषण कमजोर भयो भने नागरिकले तथ्य र धारणा छुट्याउन कठिन हुन्छ । विश्लेषण निष्पक्ष देखिए पनि त्यसको आधार, स्रोत र सन्दर्भ स्पष्ट नभए नागरिकलाई सत्यभन्दा बढी भ्रम प्राप्त हुनसक्छ । यसरी हेर्दा ‘भाष्य’ आफैंमा समस्या होइन समस्या तब उत्पन्न हुन्छ, जब भाष्यले सत्यलाई विस्थापित गर्छ । तथ्यलाई सन्दर्भबाट अलग्याएर प्रस्तुत गर्ने, आधा सत्यलाई पूर्ण सत्यजस्तो देखाउने, राजनीतिक स्वार्थअनुकूल अर्थ लगाउने र जनभावनालाई प्रभावित गर्न घटनाको अतिरञ्जित व्याख्या गर्ने प्रवृत्तिले लोकतन्त्रको मूल आधारमै प्रहार गर्छ । जब संसद् विचार र विमर्शको थलोभन्दा आरोप–प्रत्यारोप र टकरावको मञ्च बन्छ, जब राजनीतिक नेतृत्व जनतासँग संवादभन्दा सामाजिक सञ्जालको प्रचारमा बढी निर्भर हुन्छ, जब प्रतिपक्ष आलोचनामा सीमित हुन्छ र जब सञ्चार तथा विश्लेषणले तथ्यभन्दा सनसनीलाई प्राथमिकता दिन्छ–त्यसको प्रत्यक्ष असर नागरिकको विश्वासमा पर्छ । नागरिकले संस्थामाथि विश्वास गुमाउँदै गएभने लोकतान्त्रिक संरचना कानुनी रूपमा कायम रहे पनि त्यसको आत्मा कमजोर हुन्छ । त्यसैले आज नेपालको राजनीतिक जीवनलाई सबैभन्दा आवश्यक कुरा अर्को नयाँ ‘भाष्य’ होइन, तथ्यमा आधारित सार्वजनिक संवाद हो । राजनीतिक नेतृत्वले आफ्नो अनुकूल व्याख्याभन्दा सत्यलाई प्राथमिकता दिनुपर्छ । प्रतिपक्षले विरोधभन्दा माथि उठेर नागरिकका वास्तविक मुद्दालाई केन्द्रमा राख्नुपर्छ । सञ्चारमाध्यमले सनसनीभन्दा सन्दर्भ र तथ्यलाई महत्व दिनुपर्छ । राजनीतिक विश्लेषक र सार्वजनिक बौद्धिकले पनि दलीय वा संस्थागत दबाबभन्दा आफ्नो विवेक र प्रमाणलाई आधार बनाउन सक्नुपर्छ । लोकतन्त्रमा फरक धारणा स्वाभाविक हुन्छन्, तर सत्यलाई फरक–फरक स्वार्थ अनुसार टुक्र्याउने प्रवृत्ति लोकतन्त्रका लागि घातक हुन्छ । भाष्यले सत्यलाई बुझाउने काम गर्नुपर्छ, सत्यलाई ढाक्ने होइन । राजनीतिक स्वार्थभन्दा नागरिकको सूचना पाउने अधिकार, संस्थाको विश्वसनीयता र देशको दीर्घकालीन हितलाई केन्द्रमा राख्नसक्ने संस्कार विकास नगरेसम्म नेपालमा अविश्वासको यो चक्र तोड्न कठिन हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

नेपाल प्रहरीले सुरु गर्‍यो आफ्नै पोडकास्ट, के छ पहिलो एपिसोडमा ?
ताजा खबरJust now

नेपाल प्रहरीले सुरु गर्‍यो आफ्नै पोडकास्ट, के छ पहिलो एपिसोडमा ?

काठमाडौं । डिजिटल सञ्चारको माध्यमका रूपमा पोडकास्ट लोकप्रिय भइरहेका बेला नेपाल प्रहरीले पनि आफ्नै पोडकास्ट सुरु गरेको छ। नागरिकसँगको संवादलाई प्रभावकारी बनाउने, प्रहरीप्रतिको बुझाइ स्पष्ट पार्ने तथा समाजमा प्रहरीको भूमिका र अनुभवबारे खुला छलफल गर्ने उद्देश्यले प्रहरीले ‘नेपाल पुलिस पोडकास्ट’ सञ्चालनमा ल्याउन लागेको हो। नेपाल प्रहरीले बुधबार सामाजिक सञ्जालमार्फत पोडकास्टको पहिलो एपिसोडको झलक सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ। सार्वजनिक गरिएको ...

केन्द्रबिन्दु
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
ताजा खबरJust now

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं । कास्की र मोरङका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा बुधबार दिउँसो चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई सोही स्थानमा बस्ने ५० वर्षीय हिमालकुमार दाहालसमेत छन् । प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई ६१ हजार रुपैयाँ नगद र ११ थान ...

हिमालय टाइम्स
नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]
ताजा खबरJust now

नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]

काठमाडौं । दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकाको आकाशमा रङ्गीबिरङ्गी चङ्गा उड्न थालेका छन् । शरद ऋतुको नीलो आकाश, पारिलो घाम र मन्द बताससँगै चङ्गा उडाउने परम्पराले उपत्यकामा दशैँको रौनक थपेको छ । चङ्गा, लट्टाई र माँझा किन्ने ग्राहकको भीडले बजारका गल्लीहरू पनि उत्सवमय बनेका छन् । काठमाडौंका असन, इन्द्रचोक, भेडासिं, नयाँ बजार, पाटन तथा ठमेल […] ...

लोकपथ
प्रस्तावित ४ न्यायाधीशविरुद्ध कात्तिक १९ गतेसम्म उजुरी दिन सकिने
ताजा खबरJust now

प्रस्तावित ४ न्यायाधीशविरुद्ध कात्तिक १९ गतेसम्म उजुरी दिन सकिने

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । असोज २६ गते बसेको समितिकाे बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play