Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा

भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा

नयाँदिल्ली।भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर प्रदर्शन चर्किरहेका बेला युवा नेतृत्वको कक्रोच जनता पार्टी (सिजेपी) का प्रमुख नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ। पार्टीका नेताहरूले मंगलबार नयाँदिल्लीस्थित जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको विपक्षीहरूको आरोप छ। उनीहरूले निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै पछिल्ला दिनमा सुरक्षा प्रतिबन्ध उल्लङ्घन गरेर प्रदर्शन गरिरहेका छन्। यद्यपि, निर्वाचन आयोगले अनियमितता भएको आरोप अस्वीकार गरेको छ। दिल्ली प्रहरीले सोमबार जन्तर मन्तरलाई आधिकारिक प्रदर्शनस्थलको सूचीबाट हटाइएको जनाएको थियो। राजधानीको केन्द्रमा रहेको उक्त स्थललाई पहेंलो धातुका बारले घेरेर केही दिनदेखि बन्द गरिएको थियो र त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । तर, मंगलबार सिजेपी नेता अभिजीत दिप्केले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा प्रदर्शनकारीहरू सुरक्षा बार पार गर्दै जन्तर मन्तरभित्र प्रवेश गरी राष्ट्रिय झण्डा फहराएको देखिन्छ। प्रहरीले उनीहरूलाई पछ्याउँदै नियन्त्रणमा लिएको थियो। सिजेपीले सामाजिक सञ्जालमा आफ्ना नेता सौरभ दास, आशुतोष रङ्का र अजिङ्क्य सिन्देसहितका नेताहरूलाई प्रहरीले हिरासतमा लिएको जनाएको छ। दिप्केले प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै प्रतिरोधलाई रोक्न नसकिने बताएका छन्। दिल्ली प्रहरीले जन्तर मन्तरको विकल्पका रूपमा सोमबार तीन वटा आधिकारिक प्रदर्शनस्थल तोकेको थियो। दशकौंदेखि प्रदर्शन हुँदै आएको जन्तर मन्तरमा सिजेपीले पनि यसअघि आन्दोलन गरेको थियो। उक्त पार्टीको प्रदर्शनपछि परीक्षामा अनियमितता भएको विवादका कारण गत जुलाईमा शिक्षामन्त्रीले पद छाडेका थिए। यसैबीच, प्रधानमन्त्री मोदीले मंगलबार नयाँदिल्लीमा आयोजित व्यापार सम्मेलनमा भारतलाई ‘लोकतन्त्रकी जननी’ बताएका छन्। उनले देशमा विभिन्न विषयमा खुला बहस हुने र फरक दृष्टिकोणमाथि छलफल गरिने उल्लेख गरे। तर, उनले जारी विरोध प्रदर्शनबारे प्रत्यक्ष टिप्पणी गरेनन्। –रासस /एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

प्रतिनिधिसभामा मधेसी दलितको प्रतिनिधित्वबारे रास्वपासँग जेनजीको प्रश्न
ताजा खबरJust now

प्रतिनिधिसभामा मधेसी दलितको प्रतिनिधित्वबारे रास्वपासँग जेनजीको प्रश्न

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको प्रतिनिधित्व नभएको विषय उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग प्रश्न गरेका छन् । उनले संविधानमा समानता र समावेशिताको... ...

रातोपाटी
युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा
ताजा खबरJust now

युद्ध र खडेरीले सुडानमा भोकमरीको खतरा

खार्तुम । अफ्रिकी देश सुडानमा जारी युद्ध र एल निनोका कारण उत्पन्न खडेरीले भोकमरीको जोखिम बढाएको छ । खाद्य सुरक्षा तथा सङ्कटको अनुगमन गर्ने अन्तर्राष्ट्रिय निकायले देशका डार्फर र कोर्दोफान क्षेत्रमा... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट
ताजा खबरJust now

परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

काठमाडौँ, असोज २७ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा अनिल सुकलालले भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबी... ...

गोरखापत्र
इमरान खानको पार्टी खारेजविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा पीटीआई
ताजा खबरJust now

इमरान खानको पार्टी खारेजविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा पीटीआई

पाकिस्तान– जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले आफूले शासन गर्दै आएको खैबर पख्तुनख्वा प्रान्तको सत्ता संघीय सरकारले आफ्नो नियन्त्रणमा लिएको निर्णयलाई अदालतमा चुनौती दिने तयारी गरेको छ । पीटीआईका केन्द्रीय सूचना सचिव शेख वकास अक्रमले अलजजिरासँग कुरा गर्दै आइतबार लागू गरिएको संकटकालीन व्यवस्था र गभर्नर शासनविरुद्ध मंगलबार अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका छन् । उनका अनुसार ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play