शिक्षा प्रणालीलाई प्रमाणपत्रमुखी होइन, जीवनोपयोगी बनाउनुपर्छ : विद्यादेवी भण्डारी

नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील, नैतिक र राज्यप्रति जिम्मेवार बनाउने गरी नेपालको शिक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने बताएकी छन् । सोमबार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै भण्डारीले शिक्षा प्रणालीलाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सीमित राख्न नहुने बताएकी हुन् । उनले मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीतिनिर्माताको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रत्येक नागरिक र समुदायको पनि उत्तिकै जिम्मेवारी हुने बताइन् । नागरिकको श्रम, सिर्जनशीलता, उद्यमशीलता, अनुशासन र इमानदारी विकासका महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै भण्डारीले नागरिक शिक्षाले लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग गर्ने धारणा राखिन् । उनले नागरिकमा आलोचनात्मक चेतना, सामाजिक उत्तरदायित्व, सहिष्णुता र लोकतान्त्रिक मूल्यप्रतिको सम्मान विकास गर्नुपर्नेमा जोड दिइन् । ‘मुलुकको विकासका लागि सरकार, राजनीतिक दल र नीतिनिर्माताहरू मात्र जिम्मेवार भएर पुग्दैन । समाजका हरेक पक्ष, हरेक समुदाय र प्रत्येक नागरिकको पनि विकासमा आफ्नो भूमिका र जिम्मेवारी हुन्छ,’ उनले भनिन् । भण्डारीले नागरिकले राज्यबाट अधिकार र सेवा प्राप्त गर्ने अपेक्षा राख्नु स्वाभाविक भए पनि राज्य र समाजप्रतिको आफ्नो भूमिका तथा जिम्मेवारी बुझ्न पनि उत्तिकै आवश्यक रहेको बताइन् । उनका अनुसार विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणालीलाई जीवनोपयोगी ज्ञान, आलोचनात्मक चिन्तन र नागरिक जिम्मेवारीसँग जोड्नुपर्छ । ‘शिक्षालाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सीमित नराखी विवेकशील, सिर्जनशील, नैतिक र जिम्मेवार नागरिक निर्माण गर्ने माध्यमका रूपमा विकास गर्नुपर्छ,’ उनले भनिन् । पूर्वराष्ट्रपति भण्डारीले शिक्षा प्रणालीमा सुधारसँगै पठन संस्कृतिको विकासमा पनि जोड दिइन् । नागरिकमा ज्ञान, दृष्टिकोण र जिम्मेवारीबोध विकास गर्न शिक्षण प्रणालीलाई व्यवहारमुखी बनाउनुका साथै नागरिक शिक्षामा राज्यले पर्याप्त लगानी गर्नुपर्ने उनको भनाइ छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

चाडपर्वमा कृत्रिम अभाव रोक्न बजारमा सरकारको निगरानी, ५० कर्मचारी थप परिचालन
चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले बजार अनुगमनलाई तीव्र पारेको छ । कृत्रिम अभाव हुन नदिइ उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको हो । विभागले मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको ...

रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै, पीडित महिलासँग पनि कुरा बुझ्ने
'हामीले आज बिहानबाटै सबुत प्रमाण संकलन गरिरहेका छौं । तथ्यहरूको सत्यापन परीक्षण गरेपछि चाँडै निष्कर्ष दिन्छौं' -हरिचन्द्र भट्टराई उपप्रमुख रास्वपा अनुशासन आयोग ...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेल विजयी
२७ असोज, बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावमा प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई पछि पार्दै पौडेल विजयी भएका हुन् । अध्यक्षमा पराजित पौडेल संघमा हाल वरिष्ठ उपाध्यक्ष थिए । पौडेलले ८३३ मत र गैरेले ६०१ मत पाए… ...

कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान
काठमाडौं । नेपथ्य कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेको थियो । टिकट किन्न पाइने आसमा आइपुगेका तन्नेरी निराश हुँदै फर्किरहेका देखिन्थे, भित्र ८ हजार दर्शकका निम्ति तयार मैदानमा जताततै नाचिरहेका थिए दर्शक । त्यस भीडलाई नचाइरहेका थिए नेपथ्यका अमृत गुरुङले । कीर्तिपुर नेपथ्य ब्यान्ड आफ्नो पहिलो कन्सर्टका लागि उत्रिएको ठाउँ हो । साढे तीन… ...


