एनपिएलको तयारी अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । नेपाली क्रिकेटको घरेलु फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिएसँगै तयारी तीव्र पारिएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण, मैदानको स्तरोन्नति र व्यवस्थापनका काम भइरहेका छन् । एनपिएलको तेस्रो संस्करण कार्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अघिल्लो संस्करणबाट प्राप्त सिकाइका आधारमा यसपटक मैदानको स्तरोन्नति, टिकट व्यवस्थापन तथा दर्शकलाई सहज वातावरण उपलब्ध गराउने विषयलाई प्राथमिकता दिएको छ । प्रतियोगिता व्यवस्थित बनाउन आवश्यक तयारीलाई अन्तिम रूप दिइँदै छ । गोरखापत्र The post एनपिएलको तयारी अन्तिम चरणमा (फोटो फिचर) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

कुटपिटबाट बालाजुमा युवकको मृत्यु, एक जना पक्राउ
काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्ने २० वर्षीय सुवाश तामाङ रहेका छन्। तामाङ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकारबिच काठमाडौं महानगरपा... ...

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ
• बडादशैंको सातौँ दिन फूलपातीका अवसरमा नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा समारोह आयोजना गरेको छ। • समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। • नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गर्दै विभिन्न सैनिक कला कौशल र पुष्पवृष्टि प्रदर्शन गरेको छ। ...

जब सम्मान पनि अपमानजस्तै भयो
देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नु गर्वको विषय हो । तर, त्यही पदक जित्दा पाउने पुरस्कार रकम भने पहिलेको भन्दा आधा मात्रै भयो भने ? अहिले एसियाली खेलकुदका पदक विजेता खेलाडीले विभेद भएको गुनासो गरिरहेका छन् । ...

अटो दुर्घटना हुँदा दुईको मृत्यु, तीन गम्भीर
दुर्घटनामा जाजरकोटको नलगाड नगरपालिका-९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको मृत्यु भएको छ। ...


