शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा सर्प उद्धार तथा ह्यान्डलिङ तालिम

काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुई दिने सर्प उद्धार तथा ह्यान्डलिङ तालिम सञ्चालन गरीएको छ । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) को आयोजना केइदानरेन प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा सञ्चालित स्थानीय नेतृत्वमा सञ्चालित प्रकृति संरक्षण परियोजनाअन्तर्गत यो तालिम आयोजना गरिएको आरआरएनका परियोजना प्रमुख भरत शर्माले जानकारी दिनुभयो ।

तालिम निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिहरू र मध्यवर्ती सामुदायिक वनहरुको समन्वयमा सञ्चालन भएको हो । निकुञ्जको मध्यवर्ती क्षेत्रमा सर्पसँग सम्बन्धित घटना भइरहने गरेको सन्दर्भमा निकुञ्ज प्रशासनसँगको समन्वयमा तालिम आयोजना गरिएको हो ।

जीवशास्त्री तथा प्रशिक्षक कमल देवकोटा र सर्प उद्धारकर्ता सुबोधराज आचार्यद्धारा सैद्धान्तिक सत्र र प्रयोगात्मक कक्षामार्फत तालिम गराइयो । अनुभवी ह्यान्डलरहरूले माउन्टेन पिट भाइपर, धामन र गोमन (मोनोक्ल्ड कोब्रा) लगायतका जीवित सर्प ल्याएका थिए । यसबाट सहभागीहरूले यस क्षेत्रमा भेटिन सक्ने प्रजातिहरूलाई नजिकबाट चिन्ने अवसर पाए । तालिम सत्रपछि सबै सर्पलाई सुरक्षित रूपमा तिनीहरूको प्राकृतिक बासस्थानमा छाडिएको थियो ।

तालिममा निकुञ्जका अधिकारी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी र मध्यवर्ती क्षेत्र उपभोक्ता सदस्यहरू, नेपाली सेनाका जवान, नेचर गाइड, विद्यार्थी र आरआरएनका कर्मचारीसहित ५३ जनाको सहभागीता थियो । आरआरएनले निकुञ्जलाई सर्प ह्यान्डलिङका आधारभूत उपकरणहरू पनि हस्तान्तरण गरेको छ । यी सीप र उपकरणका सहयोगले सहभागी तथा निकुञ्जका कर्मचारीहरूले निकुञ्ज र वरपरका क्षेत्रमा सर्पको सामना हुँदा थप सुरक्षित रूपमा प्रतिक्रिया जनाउन सक्ने बताइएको छ । यसले सर्पदंशको जोखिम र सर्पको अनावश्यक मारिने समस्यालाई घटाउने अपेक्षा गरिएको छ ।

Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...