Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ह्वाइट हाउसकी प्रेस सचिव जकारियाले पाँच दिनमै किन छोडिन् पद ?

ह्वाइट हाउसकी प्रेस सचिव जकारियाले पाँच दिनमै किन छोडिन् पद ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
ह्वाइट हाउसकी प्रेस सचिव जकारियाले पाँच दिनमै किन छोडिन् पद ?

काठमाडौं । अमेरिकी सञ्चारमाध्यमहरूले ह्वाइट हाउसकी प्रेस सचिव केटी जाकारियाले नियुक्त भएको पाँच दिनमा नै पद छाड्न लागेको खबर सार्वजनिक गरेका छन् । द न्युयोर्क टाइम्सलगायत सञ्चारमाध्यमका अनुसार, नोभेम्बरमा हुने मध्यावधी निर्वाचन नजिकिँदै गर्दा उनको बहिर्गमनले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई प्रमुख प्रवक्ताविहीन बनाउने बताइएको छ । क्यारोलिन लिभिटको स्थानमा जिम्मेवारी सम्हालेकी जाचारिया पदमा नियुक्त भएको पाँच दिनमै बाहिरिन लागेकी हुन् । मंगलबार आयोजित ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा उनले पत्रकारका तीनवटा प्रश्नको मात्र जवाफ दिएकी थिइन् । उक्त पत्रकार सम्मेलन १४ मिनेटभन्दा कम समयमै सकिएको थियो । यद्यपि, सोही दिन ह्वाइट हाउसको वेबसाइटमा जाचारियाले ३७औँ प्रेस सचिवका रूपमा प्रभावशाली पहिलो पत्रकार सम्मेलन गरेको उल्लेख गरिएको थियो । शुक्रबार बिहान राष्ट्रपति ट्रम्पले पनि जकारियाले पद छाड्न सक्ने संकेत गरेका थिए । पत्रकारहरूसँग उनले जकारियालाई यो काम कठिन रहेको र यसमा उनी खुसी हुन नसक्ने आफूलाई लागेको बताएका थिए । ट्रम्पले आफू जकारियाको ठाउँमा भएको भए पदमा रहने विषयमा पुनर्विचार गर्ने सल्लाह दिने पनि बताएका थिए । ट्रम्पले गत शुक्रबार जाकारियालाई नयाँ प्रेस सचिव नियुक्त गरेको घोषणा गरेका थिए । तर, आफूलाई वकिलका रूपमा प्रस्तुत गर्दै आएकी जाकारियाको कानुनी योग्यता प्रमाणित नभएको विषय सार्वजनिक भएपछि उनी विवादमा परेकी थिइन् । यसअघि जाकारिया दक्षिणपन्थी सञ्चारमाध्यम फक्स न्युज र न्युजम्याक्समा विश्लेषकका रूपमा कार्यरत थिइन् । उनी ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ सोसल सञ्चालन गर्ने कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजीकी सल्लाहकार समेत थिइन् । उनले कानुन विषयमा अध्ययन पूरा गरे पनि अमेरिकाका कुनै पनि राज्यमा कानुनी अभ्यास गर्न आवश्यक बार परीक्षा उत्तीर्ण गरेको प्रमाण सार्वजनिक नभएको समाचारमा उल्लेख छ । ह्वाइट हाउसले पनि उनको बार परीक्षासम्बन्धी योग्यता पुष्टि गर्ने विवरण प्रस्तुत गर्न नसकेको बताइएको छ । जकारियाले सन् २०११ मा पेपरडाइन विश्वविद्यालयबाट कानुनमा स्नातक उपाधि प्राप्त गरेकी थिइन् । अमेरिकामा कानुन विषयमा अध्ययन पूरा गर्नु र इजाजतप्राप्त वकिलका रूपमा कानुनी अभ्यास गर्न योग्य हुनु फरक विषय हुन् । डीडब्ल्यू

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

क्यानाडाविरुद्ध नेपाल मैदानमा, कमजोर बलिङ प्रदर्शन, एक दिवसीय मान्यतालाई कायम राख्न जित्नै पर्ने
ताजा खबरJust now

क्यानाडाविरुद्ध नेपाल मैदानमा, कमजोर बलिङ प्रदर्शन, एक दिवसीय मान्यतालाई कायम राख्न जित्नै पर्ने

ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ । ...

हाम्राकुरा
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका
ताजा खबरJust now

तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

काठमाडौं । दसैँका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार... ...

रातोपाटी
गृहमन्त्री गुरुङद्वारा हनुमानढोकामा तलेजु भवानी र कुमारीको दर्शन
ताजा खबरJust now

गृहमन्त्री गुरुङद्वारा हनुमानढोकामा तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं। दसैंको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरेका छन्। गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्रमा पुगी तलेजु भवानीको पूजा गरेका हुन्। उनले सर्वसाधारणसँगै लामबद्ध भएर कुमारीको दर्शन गरेका थिए। नेपालीहरूको महान् पर्व बडादसैंअन्तर्गत फूलपातीका दिन विभिन्न शक्तिपीठहरूमा पूजा आराधना तथा दर्शन गर्ने परम्परा रहिआएको छ। सोही ...

नेपालन्युज
‘उपभोक्ता आफैँ सचेत भए बजार सुध्रिन्छ'
ताजा खबरJust now

‘उपभोक्ता आफैँ सचेत भए बजार सुध्रिन्छ'

काठमाडौँ । बडादसैँका बेला बजारमा खाद्यवस्तुको खपत उच्च हुने गर्छ । बजारमा अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन सामग्रीको बिक्री–वितरण र उपभोक्ता ठगिने क्रम पनि बढ्ने जोखिम रहन्छ । चाडपर्वलक्षित बजार अनुगमन, बजारको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play