मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब

काठमाडाैं । व्यापार घट्नुमा ग्राहकको क्रयशक्ति कमजोर हुनुका साथै सामानको मूल्य बढ्नु पनि अर्को कारण देखिएको छ । दशैँका लागि आवश्यक सामग्री खरिद गर्न बजार पुगेका ग्राहकले अघिल्लो वर्षको तुलनामा सामान महँगिएको गुनासो गरेका छन् । सीमित बजेटमा चाडपर्वको खर्च व्यवस्थापन गर्नुपर्ने भएकाले कतिपय ग्राहकले आवश्यक सामानमात्र खरिद गर्ने र सस्तो विकल्प रोज्ने गरेका छन् । न्युरोडकी व्यापारी रेखा पौडेल श्रेष्ठले भने दशैँका बेला पसलमा ग्राहकको उपस्थिति सामान्य रहेको बताउनुभयो । तर, ग्राहकले सामानको मूल्य बढेको गुनासो गर्ने गरेको उहाँको भनाइ छ । ‘ग्राहकहरूले सामानको मूल्य बढेको गुनासो गरेका छन् । पाँच सयदेखि हजार रुपैयाँसम्म मूल्य बढेको छ’, उहाँले भन्नुभयो । बजारमा सामानको मूल्य बढ्नु र आम्दानीअनुसार खर्च गर्न कठिन हुनुको प्रभाव किनमेलमा देखिएको व्यापारीहरूको बुझाइ छ । ग्राहक पसलसम्म आइपुगे पनि मूल्य तुलना गर्ने, छुट खोज्ने र बजेटभित्रका सामानमात्र खरिद गर्ने प्रवृत्ति बढेको उनीहरू बताउँछन् । दशैँको मुख्य किनमेल अवधि अझै बाँकी रहेकाले केही व्यवसायीले आगामी दिनमा व्यापार बढ्ने अपेक्षा गरेका छन् । दशैँ नेपाली बजारका लागि वर्षकै महत्वपूर्ण व्यापारिक अवसरमध्ये एक हो । कपडा, जुत्ता–चप्पल, खाद्यान्न र घरायसी सामग्रीको बिक्री यस अवधिमा उल्लेख्य बढ्ने अपेक्षा गरिन्छ । तर, आर्थिक सुस्तता, महँगी र प्राकृतिक विपत्तिका कारण यस वर्ष बजारले अपेक्षित गति लिन सकेको छैन । बजारमा मानिसहरूको भिड देखिनु र व्यापार बढ्नु फरक विषय बनेको छ । ग्राहकको आवागमनले बजारमा चाडपर्वको रौनक देखाए पनि कमजोर खरिद क्षमताले व्यवसायीको आम्दानीमा दबाब सिर्जना गरेको छ । दशैँको बाँकी अवधिमा कारोबारमा सुधार नआए साना तथा मध्यम व्यवसायी थप आर्थिक समस्यामा पर्न सक्ने चिन्ता देखिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

खस आर्यतर्फको कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका हुन्। सहमहामन्त्री पदको अन्तिम मतपरिणामअनुसार केसीले २ हजार १९९ मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का उम्मेदवार दिनेश कोइरालाले १ हजार २४६ मत प्राप्त गर्दा ... ...

लेकसाइड–पञ्चासे सडक डेढ अर्ब लागतमा स्तरोन्नति हुँदै
लेखनाथ समाचारदातालेखनाथ, असोज २९ गते । पर्यटन राजधानी पोखराको लेकसाइडदेखि अर्को पर्यटकीय गन्तव्य पञ्चासेसम्म नमुना सडक निर्माण हुने भएको छ । पोखरा महानगरपालिकाका वडा नम्बर ६, १८ र... ...

दसैँमा चार दिन फोहोर नउठ्ने, घरमै व्यवस्थापन गर्न महानगरको आग्रह
काठमाडौं । दसैँको मुख्य दिनलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले कात्तिक १ देखि ४ गतेसम्म फोहोर व्यवस्थापन प्रभावित हुने जनाएको छ। चाडपर्व मनाउन सफाइ कर्मचारी बिदामा जाने भएपछि उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो। फोहोर व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै महानगरपालिकाले उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर सडक र सार्वजनिक स्थानमा नफाल्न आग्रह गरेको ...

एमसीसीद्वारा नेपाल कम्याक्टको म्याद थप्न 'स्वीकृति', अब कार्यान्वयनको योजना कस्तो
MCC सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी कम्प्याक्ट सन् २०२३ मा कार्यन्वयनको चरणमा प्रवेश गरेको थियो गत आर्थिक वर्षसम्म मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका परियोजनामा २० प्रतिशतभन्दा कम प्रगति भएको विवरणमाझ नेपाल ...


