Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भारतीय मुलका विदेशी नागरिकले पाउने ओसीआई कार्डसम्बन्धी यस्तो छ कानुनी प्रवधान

भारतीय मुलका विदेशी नागरिकले पाउने ओसीआई कार्डसम्बन्धी यस्तो छ कानुनी प्रवधान

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय मुलका विदेशी नागरिकले पाउने ओसीआई कार्डसम्बन्धी यस्तो छ कानुनी प्रवधान

काठमाडौं । भारतीय मूलका अमेरिकी नागरिक तथा अभिनेता इमरान खानलाई ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) कार्ड भएर पनि राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा भारत छाड्न निर्देशन दिइएपछि चर्चा चुलिएको छ । अधिवक्ता जुल्फिकार मेमनको नेतृत्वमा रहेको खानको कानुनी टोलीले ओसीआई कार्ड हुनेहरूलाई शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन रोक्ने प्रत्यक्ष कानुनी प्रावधान नरहेको तर्क गरेको छ । टोलीले भारत छाड्न दिइएको निर्देशनलाई मुम्बई उच्च अदालतमा चुनौती दिने तयारी गरेको छ । ओसीआई कार्डसम्बन्धी कानुनी प्रावधान के छ ? ओसीआई कार्डले भारतीय मूलका विदेशी नागरिकलाई भारतमा दीर्घकालीन बसोबास र बहुप्रवेश भिसालगायत सुविधा प्रदान गर्छ । तर, यसले भारतीय नागरिकता दिँदैन । ओसीआई कार्ड भएकाले भारतीय नागरिकसरह संवैधानिक तथा राजनीतिक अधिकार प्राप्त गर्दैनन् । उनीहरूले मतदान गर्न, निर्वाचनमा उमेदवारी दिन वा राजनीतिक आन्दोलनमा सहभागी हुन भारतीय नागरिकसरह अधिकार पाउँदैनन् । राजनीतिक गतिविधिमा संलग्न भएको वा भिसा तथा अध्यागमनसम्बन्धी सर्त उल्लंघन गरेको अवस्थामा विदेशीसम्बन्धी कानुनअनुसार निष्कासनको आदेश जारी हुन सक्छ । त्यस्तै, नागरिकता ऐन, १९५५ को दफा ७ डी अन्तर्गत ओसीआई दर्ता रद्द गर्न सकिने व्यवस्था छ । किन सुरु गरिएको थियो ओसीआई योजना ? भारत सरकारले दोहोरो नागरिकता राख्न अनुमति दिँदैन । कुनै भारतीयले अर्को देशको नागरिकता स्वीकार गरेमा भारतीय नागरिकता त्याग्नुपर्ने व्यवस्था छ । यस्तो अवस्थामा भारतीय मूलका विदेशी नागरिकलाई अन्य विदेशी नागरिकको तुलनामा बढी सुविधा दिने उद्देश्यले भारत सरकारले सन् २००५ मा ओसीआई योजना सुरु गरेको थियो । ओसीआई र एनआरआईमा के फरक छ ? नागरिकता ऐन, १९५५ को दफा ७ ए अन्तर्गत दर्ता भएका व्यक्तिलाई ओसीआई कार्डहोल्डर भनिन्छ । उनीहरू विदेशी नागरिक नै हुन् । यसको विपरीत, एनआरआई भनेका विदेशमा बसोबास गर्ने भारतीय नागरिक हुन् । उनीहरूसँग भारतीय पासपोर्ट हुन्छ । सामान्यतया, अर्को देशको नागरिकता लिएका तर भारतीय मूल भएका व्यक्तिले ओसीआई कार्डका लागि आवेदन दिन सक्छन् । उनीहरूका सन्तानले पनि निर्धारित सर्त पूरा गरेमा यो कार्ड प्राप्त गर्न सक्छन् । तर, पाकिस्तान वा बंगलादेशका नागरिक तथा तिनका सन्ततिका हकमा ओसीआई कार्ड प्राप्त गर्न नपाउने व्यवस्था छ । ओसीआई कार्डहोल्डरले के–के सुविधा पाउँछन् ? भारतीय विदेश मन्त्रालयका अनुसार ओसीआई कार्डहोल्डरले भारतमा बहुप्रवेश, बहुउद्देश्यीय र आजीवन भिसाको सुविधा पाउँछन् । यसका कारण उनीहरूले विभिन्न प्रयोजनका लागि पटकपटक भिसा लिनुपर्ने आवश्यकता पर्दैन । उनीहरूले भारतमा चिकित्सक, नर्स, अधिवक्ता, आर्किटेक्ट वा चार्टर्ड एकाउन्टेन्टका रूपमा काम गर्न पनि पाउँछन् । तर, यसका लागि सम्बन्धित पेसाका कानुनी तथा नियामक सर्त पूरा गर्नुपर्छ । ओसीआई कार्ड भएकाले राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनमा उमेदवारी दिन, सर्वोच्च अदालत वा उच्च अदालतको न्यायाधीश बन्न तथा आम निर्वाचनमा मतदान गर्न पाउँदैनन् । उनीहरू लोकसभा, राज्यसभा, प्रदेशसभा वा विधान परिषद्को सदस्य बन्न पनि योग्य हुँदैनन् । सरकारी सेवामा भारतीय नागरिकसरह समान अवसरको अधिकार समेत उनीहरूलाई प्राप्त हुँदैन । कुन कामका लागि विशेष अनुमति चाहिन्छ ? ओसीआई कार्ड होल्डरले अनुसन्धान, पत्रकारिता, मिसनरी गतिविधि, पर्वतारोहणजस्ता केही गतिविधिमा संलग्न हुन विशेष अनुमति लिनुपर्छ । त्यस्तै, भारतस्थित विदेशी संस्था वा कूटनीतिक नियोगमा इन्टर्नसिप वा जागिर गर्न तथा सरकारले संरक्षित वा प्रतिबन्धित क्षेत्र घोषणा गरेका स्थानमा प्रवेश गर्न पनि अनुमति आवश्यक पर्न सक्छ । कुन अवस्थामा ओसीआई कार्ड रद्द हुन सक्छ ? भारत सरकारले ठगी गरेर वा महत्वपूर्ण जानकारी लुकाएर ओसीआई कार्ड प्राप्त गरेको ठहर गरेमा कार्ड रद्द गर्न सक्छ । त्यस्तै, कार्ड होल्डरले भारतीय संविधानप्रति असन्तुष्टि व्यक्त गरेको वा युद्धका बेला भारतको शत्रु राष्ट्रसँग गैरकानुनी कारोबार गरेको अवस्थामा भारतको सार्वभौमसत्ता र अखण्डतालाई ध्यानमा राख्दै कार्ड रद्द गर्न सकिने व्यवस्था छ । ओसीआई सम्बन्धी नियममा कार्ड होल्डरले भारतमा हुने राजनीतिक सभा वा विरोध प्रदर्शनमा सहभागी हुन नपाउने स्पष्ट व्यवस्था नरहेको दाबी गरिएको छ । यद्यपि, ओसीआई कार्ड होल्डर विदेशी नागरिक भएकाले उनीहरूमा अध्यागमन तथा विदेशीसम्बन्धी कानुन, २०२५ पनि लागु हुन्छ । उक्त कानुनमा समेत राजनीतिक सभा वा विरोध प्रदर्शनमा सहभागी हुन नपाउने स्पष्ट प्रतिबन्ध नरहेको तर्क गरिएको छ । इमरान खानको घटनामा भारत छाड्न दिइएको निर्देशनको कानुनी आधार र शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने अधिकारको विषय अब अदालतमा चुनौती दिइने तयारीसँगै थप चर्चामा आएको छ । एजेन्सीहरूको सहयोगमा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

क्यानाडाविरुद्ध नेपाल मैदानमा, कमजोर बलिङ प्रदर्शन, एक दिवसीय मान्यतालाई कायम राख्न जित्नै पर्ने
ताजा खबरJust now

क्यानाडाविरुद्ध नेपाल मैदानमा, कमजोर बलिङ प्रदर्शन, एक दिवसीय मान्यतालाई कायम राख्न जित्नै पर्ने

ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ । ...

हाम्राकुरा
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका
ताजा खबरJust now

तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

काठमाडौं । दसैँका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार... ...

रातोपाटी
गृहमन्त्री गुरुङद्वारा हनुमानढोकामा तलेजु भवानी र कुमारीको दर्शन
ताजा खबरJust now

गृहमन्त्री गुरुङद्वारा हनुमानढोकामा तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं। दसैंको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै जीवित देवी कुमारीको दर्शन गरेका छन्। गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्रमा पुगी तलेजु भवानीको पूजा गरेका हुन्। उनले सर्वसाधारणसँगै लामबद्ध भएर कुमारीको दर्शन गरेका थिए। नेपालीहरूको महान् पर्व बडादसैंअन्तर्गत फूलपातीका दिन विभिन्न शक्तिपीठहरूमा पूजा आराधना तथा दर्शन गर्ने परम्परा रहिआएको छ। सोही ...

नेपालन्युज
‘उपभोक्ता आफैँ सचेत भए बजार सुध्रिन्छ'
ताजा खबरJust now

‘उपभोक्ता आफैँ सचेत भए बजार सुध्रिन्छ'

काठमाडौँ । बडादसैँका बेला बजारमा खाद्यवस्तुको खपत उच्च हुने गर्छ । बजारमा अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन सामग्रीको बिक्री–वितरण र उपभोक्ता ठगिने क्रम पनि बढ्ने जोखिम रहन्छ । चाडपर्वलक्षित बजार अनुगमन, बजारको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play