अडियो प्रकरणमा विवादमा तानिए सांसद खगेन्द्र सुनार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको दाबी गर्दै एक विवादास्पद अडियो सार्वजनिक भएपछि उनी आलोचित बनेका छन् । सार्वजनिक भएको उक्त अडियोमा सांसद सुनारले एक महिला पूर्व सांसदलाई लक्षित गर्दै अत्यन्तै आपत्तिजनक लाञ्छना लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिएको छ। सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो खगेन्द्रको भएको जिकिर सहित सार्वजनिक गरेको हो । केही वर्षअघि रेकर्ड गरिएको बताइएको यो अडियो सोमबार सार्वजनिक भएपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ। अडियोमा उनले प्रयोग गरेका शब्दहरूले मर्यादित भाषाको सीमा नाघेको सुनिन्छ । यससँगै सामाजिक उनको चौतर्फी आलोचना भइरहेको छ। यो घटना सार्वजनिक भएसँगै सांसद सुनारले पदबाट राजीनामा दिनुपर्ने र उनीमाथि तत्काल कानुनी कारबाही हुनुपर्ने आवाज समेत उठेको छ । विवादमा तानिएपछि सांसद सुनारले आफ्नो फोन ‘स्वीच अफ’ गरेका छन् भने सञ्चारकर्मीको सम्पर्कमा आउन चाहेका छैनन्। रातोपाटीले यस विषयमा बुझ्न उनलाई पटक पटक सम्पर्क गर्दा फोन स्वीच अफ भएको पाइयो । यता, सुनार विवादमा तानिए विषयमा पार्टीको धारणा बुझ्न खोज्दा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । आफू काठमाडौँ बाहिर रहेको र उक्त विषयमा पूर्ण जानकारी नभएको बताउँदै उनले पछि बुझेर मात्रै प्रतिक्रिया दिन सक्ने भन्दै पन्छिए । सांसद सुनार विवादमा परेको यो पहिलो पटक भने होइन। यसअघि पनि प्रहरी पोसाक खरिदमा अनियमितताको आरोप, प्रहरी महानिरीक्षक (आईजीपी) सँगको विवाद, प्रस्तावित राजदूत नियुक्ति प्रकरणमा नाम मुछिनु र गाईसम्बन्धी विवादित अभिव्यक्तिका कारण उनी पटक-पटक चर्चा र आलोचनाको केन्द्रमा रहँदै आएका छन्। रास्वपाले आफ्ना सांसदमाथि प्रश्न उठिसकेपछि अब कसरी कारबाही प्रक्रिया अघि बढाउँछ त्यो चासोको विषय बनेको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ। हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो। सडक अवरुद्ध भएपछि यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ। उक्त सडक सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो ...

तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
तनहुँ। तनहुँको भिमाद नगरपालिका-०५ शीतलमार्गस्थित भित्री सडक-खण्डमा मोटरसाइकलको ठक्करबाट एक तीन वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका अन्दाजी तीन वर्षीय स्वरूप गैरे रहेका छन्। मंगलबार बिहान करिब ८:५० बजे... ...

इजरायलका लागि प्रस्तावित राजदुत कर्णको कार्ययोजना : कुटनीतिक भ्रमण र श्रमिकको हित प्राथमिकतामा
काठमाडौं । इजरायलका लागि प्रस्तावित नेपाली राजदुत सुरेशकुमार कर्णले इजरायलसँगको द्विपक्षीय सम्बन्धलाई थप गतिशील बनाउँदै त्यहाँ कार्यरत नेपाली श्रमिकको हित रक्षाका लागि ठोस कार्ययोजना अघि सार्नुभएको छ । मंगलवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उहाँले कुटनीतिक भ्रमण, श्रम लागत न्युनिकरण र प्रविधिमा आधारित सेवा प्रवाहलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्नुभएको हो । प्रस्तावित राजदुत कर्णले सन् १९६० मा ...

एआई प्रयोग गरेर काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरियो : रास्वपा सांसद सुनार
रास्वपा सांसद खगेन्द्र सुनार भन्छन् : हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ । आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् । ...


