Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/दशैंसँगै बाँचेका गुणबहादुरहरू

दशैंसँगै बाँचेका गुणबहादुरहरू

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशैंसँगै बाँचेका गुणबहादुरहरू

भक्तपुर।दशैंको चाडसँगै बाँचेका गुणबहादुरहरूले भक्तपुरको संस्कृतिलाई टेवा पुर्‍याउँदै आएको २५ वर्ष नाघेको छ। दशैं भन्नासाथ मीठोमसिनो खाने र रमाइलो गर्ने भन्ने बुझिन्छ। तर, अरूलाई मीठो खुवाउन व्यापारमा संलग्न गुणबहादुरहरू भने राँगा बिक्रीमा निरन्तर लागिरहेका छन्। भक्तपुरमा दशैंको रौनक अलि फरक छ। यहाँको भोजमा खसीबोका भन्दा राँगाको मासुको विशेष महत्त्व छ।टोलटोलमा राँगो काट्ने, मासु भाग लगाउने र घरघरमा लैजाने संस्कृति भक्तपुरको पहिचान हो। यही पहिचानले गुणबहादुर बिसुरुवा जस्ता व्यापारीको जीविकोपार्जनको आधार धानेको छ। गुणबहादुर यस वर्ष ३० वटा राँगा लिएर व्यापार गर्न भक्तपुर आएका छन्। उनका लागि राँगा बेच्नु दशैंको व्यापार मात्रै होइन, वर्षौंदेखि जीविकोपार्जनको आधार पनि हो। सडकछेउको पालमुनि बास भक्तपुरमा दशैं होस् वा अन्य समय, राँगा बेच्ने प्रमुख स्थान महेश्वरीस्थान हो। तर, राँगा बेच्न आउने व्यापारीको बसाइँ यहाँ सहज छैन। उनीहरू राँगा राखिएकै ठाउँमा सडकछेउ पाल टाँगेर बस्छन्। के होला गुणबहादुरहरूको अबको दशैं ? समय सधैँ उस्तै रहँदैन। कुनै समय दशैं आउनुभन्दा महिनौं अघिदेखि नै राँगा किन्ने र बेच्नेको भीड लाग्ने भक्तपुरको महेश्वरीस्थानमा अहिले पहिलेको जस्तो चहलपहल छैन।दशैं लागि राँगा बेच्न आएका व्यापारी ग्राहकको प्रतीक्षामा छन्। दशैंको परम्परासँगै जीविकोपार्जन जोडिएका उनीहरूका लागि यसपालिको दशैं अपेक्षाभन्दा खल्लो बनेको छ। घटस्थापनाका दिन महेश्वरीस्थान आइपुगेका रामबहादुर जस्ता धेरै व्यापारीले दशैं नजिकिँदै गर्दा पनि सोचे जस्तो व्यापार गर्न सकेका छैनन्। ‘पहिला पहिला राँगा किन्न एक महिनाअघिदेखि नै ग्राहक आउँथे। अहिले एक हप्ताअघि मात्रै ल्याउँदा पनि ग्राहक पाउन मुस्किल छ,’ रामबहादुरले दुःखेसो पोखे। परम्परा बदलिँदा गुणबहादुरहरूको भविष्य अन्योलमा भक्तपुरमा राँगाको व्यापार घट्नुका पछाडि उपभोगको बदलिँदो शैली, वर्षभरि मासु उपलब्ध हुने अवस्था, गुठीको घट्दो सहभागिता र बजार व्यवस्थापनमा देखिएका कठिनाइ प्रमुख कारणका रूपमा औंल्याइएका छन्। पहिले दशैंको मासु वर्षभरिका लागि सुकुटी बनाएर राख्ने चलन थियो। अहिले आवश्यक पर्दा बजारबाटै मासु किन्न सकिने भएकाले दशैंका लागि धेरै राँगा किन्ने आवश्यकता घटेको छ। अर्कोतर्फ, परम्परागत रूपमा सामूहिक भोज आयोजना गर्ने गुठीको संख्या र सक्रियता घट्दा पनि राँगाको माग प्रभावित भएको छ। यद्यपि, भक्तपुरको राँगाको बजार किनबेच गर्ने ठाउँ मात्रै होइन। यो स्थानीय संस्कृति, सामूहिक भोज र पुस्तौंदेखि चलिआएको परम्परासँग जोडिएको बजार हो। यही बजारमा वर्षौंदेखि व्यापार गर्दै आएका गुणबहादुर बिसुरुवा जस्ता व्यापारीका लागि भने यो जीविकोपार्जनको आधार हो। बजारमा ग्राहक नदेखिँदा उनीहरूको आशा अझै पूरा भएको छैन। उनीहरूको चिन्ता आफ्ना राँगा कहिले बिक्री हुन्छन् भन्नेमा मात्रै सीमित छैन, वर्षौंदेखि यही व्यवसायमा टिकेका व्यापारीको भविष्य पनि यससँग जोडिएको छ। दशैंमा अरूका घरमा मासु भित्रिन्छ, भोज पाक्छ र चाडपर्वको खुसी छाउँछ। तर, त्यही खुसीका लागि राँगा बेच्न आएका व्यापारी भने सडकछेउको पालमुनि बसेर व्यापार चल्ने आशा गरिरहेका छन्। उनीहरूका लागि दशैं कमाइको अवसर हो, परिवारको खर्च जुटाउने समय हो र वर्षौंदेखि अपनाउँदै आएको पेसालाई निरन्तरता दिने आधार हो। भक्तपुरको राँगाको बजारमा घट्दो चहलपहलले एउटा प्रश्न उठाएको छ—परम्परा बदलिँदै जाँदा त्यसैमा निर्भर रहेका व्यापारीको जीविका कसरी जोगिएला ? परम्पराले धानेको व्यापार, घट्दै गएको बजार भक्तपुरको महेश्वरीस्थानमा दशैं सुरु हुनुभन्दा करिब एक साताअघिदेखि राँगाको बजार लाग्छ। चितवन, रामेछाप, वीरगञ्ज, सिन्धुपाल्चोक, गौशाला, भारत, कपिलवस्तु र नेपालगञ्जलगायत ठाउँबाट व्यापारी राँगा लिएर यहाँ आउँछन्। यस वर्ष पनि आठदेखि १० वटा समूहमा व्यापारी राँगा बेच्न आएका छन्। भक्तपुरका स्थानीय कृष्णप्रसाद वासीलाई पहिलेको राँगाको बजार अझै सम्झना छ। उनका अनुसार कुनै समय दशैंका लागि महेश्वरीस्थानमा तीन हजारभन्दा बढी राँगा बिक्री हुन्थे। अहिले यो संख्या घटेर करिब ५०० को हाराहारीमा सीमित भएको छ। ‘पहिले एउटा गुठीले कम्तीमा एउटा राँगो काट्ने चलन थियो। कुनै–कुनै गुठीले दुईदेखि तीन वटासम्म काट्थे। अहिले गुठीले एउटा मात्रै काट्छन्, कतिपयले काट्नै छाडेका छन्,’ उनले भने। पहिले दशैंका लागि एकै पटक धेरै मासु किनेर सुकुटी बनाउने चलन थियो। दशैंमा काटिएको राँगाको मासुबाट विभिन्न परिकार बनाएर खाने र बाँकी मासु सुकाएर राख्ने गरिन्थ्यो। बजारमा वर्षभरि नै मासु उपलब्ध हुन थालेपछि दशैंका लागि एकै पटक धेरै मासु किनेर राख्ने चलन घट्दै गएको स्थानीयको भनाइ छ। यही परिवर्तनले राँगाको बजारमा प्रत्यक्ष असर पारेको छ। पहिले दशैंमा राँगा बेचेर राम्रो आम्दानी गर्ने व्यापारी अहिले बिक्री नहुने चिन्तामा छन्। रामेछापका व्यापारी राजन तिमल्सिना पनि यस वर्ष २५ वटा राँगा लिएर भक्तपुर आएका छन्। उनले ल्याएका राँगाको मूल्य ६० हजारदेखि दुई लाख रुपैयाँसम्म पर्छ। ‘दशैंको समयमा राँगा बेचेर खर्च जुटाउने गरेको छु। तर, यसपालि बजारमा खासै चहलपहल छैन,’ उनले भने। राँगा किन्ने ग्राहक घट्नुको असर व्यापारीको आम्दानीमा मात्रै सीमित छैन। बिक्रीका लागि ल्याइएका राँगा लामो समयसम्म राख्नुपर्दा तिनको हेरचाह, दाना र पानीको व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्छ। बिक्री हुने आशामा टाढाटाढाबाट राँगा ल्याएका व्यापारीका लागि ग्राहकको प्रतीक्षा आफैमा खर्चिलो बनेको छ। राँगाको मासुमा भक्तपुरवासीको स्वाद भक्तपुरको दशैंलाई राँगाको मासुका परिकार बिना पूर्ण मानिँदैन। यहाँका विभिन्न गुठी तथा समुदायमा सामूहिक भोज गर्ने परम्परा छ। भोजमा राँगाको मासुबाट तयार पारिने अनेक परिकारले विशेष स्थान पाउँछन्। स्थानीयका अनुसार छोयला, दायकला, ख्वायला, सलाख्वा, भुटन र सेकुवा जस्ता परिकार भक्तपुरको परम्परागत भोजका महत्त्वपूर्ण परिकार हुन्। पोलेर बनाइने छोयला, झोल भएको दायकला, पकाएर चिसो बनाइने ख्वायला, मासुको झोलबाट बनाइने पिरो सलाख्वा, भुटन र तेलमा तारेर बनाइने सेकुवा जस्ता परिकारले भोजको स्वाद बढाउँछन्। यी परिकार खानाका विविधता मात्रै होइनन्, भक्तपुरको सांस्कृतिक पहिचानसँग पनि जोडिएका छन्। दशैंमा गुठी तथा समूहले सामूहिक रूपमा राँगो काट्ने र मासु बाँडेर भोज गर्ने परम्पराले समुदायबीचको सम्बन्धलाई पनि निरन्तरता दिँदै आएको छ। यद्यपि, भक्तपुरमा दशैंका अवसरमा सबै प्रकारका पशु काट्ने चलन एउटै छैन। महाअष्टमीका दिन सवारीसाधनको पूजा गर्दा खसी वा बोका बलि दिने परम्परा पनि यहाँ प्रचलित छ। महेश्वरीस्थानमै किन लाग्छ राँगाको बजार ? वीरगञ्ज महानगरपालिका क्षेत्रको जितपुरबाट राँगा बेच्न आएका व्यापारी हली महोमदमियाका अनुसार महेश्वरीस्थानमा राँगा राख्ने परम्परा यहाँ पहिले खुला ठाउँ भएकाले सुरु भएको हो। फराकिलो क्षेत्र र नजिकै खोला भएकाले विभिन्न ठाउँबाट ल्याइएका राँगा यहाँ राख्न सहज थियो। तर, अहिले अवस्था फेरिएको छ। वरिपरि बस्ती विस्तार भएको छ। खेलमैदान, सडक र अन्य संरचना बनेका छन्। नगरपालिकाले विभिन्न क्षेत्रमा पर्खाल लगाएकाले राँगा राख्न पर्याप्त ठाउँ पाउन कठिन भएको व्यापारीहरूको गुनासो छ। खोलाको किनारमा पर्खाल बनेपछि राँगालाई पानी खुवाउन समेत समस्या हुने गरेको महोमदमियाले बताए। पहिले झन्डै २०० राँगा ल्याएर बेच्थ्यौं। अहिले ३० वटा पनि राख्ने ठाउँ पाउन गाह्रो छ,’ उनले भने। पहिले महेश्वरीस्थानमा राँगा राखेबापत शुल्क तिर्नुपर्ने व्यवस्था थिएन। अहिले भने प्रत्येक राँगाको ५० रुपैयाँ तिर्नुपर्छ। शुल्क लिएपछि व्यापारीलाई आवश्यक सुविधा पनि उपलब्ध गराउनु पर्ने उनको माग छ। भक्तपुर नगरपालिकाका कर अधिकृत प्रभासकुमार चालिसेका अनुसार महेश्वरीस्थानमा बिक्रीका लागि ल्याइएका प्रत्येक राँगाबापत दैनिक ५० रुपैयाँ शुल्क लिने गरिएको छ। उनका अनुसार दुई वर्षअघि राँगा बोकेर ल्याइएका गाडीका आधारमा प्रतिगाडी ५०० रुपैयाँ शुल्क लिने गरिएको थियो। अहिले भने प्रतिराँगाका आधारमा शुल्क लिइँदै आएको छ। व्यापारीहरू भने शुल्कसँगै राँगा राख्ने पर्याप्त ठाउँ, पानी र अन्य आधारभूत सुविधा पनि उपलब्ध हुनुपर्ने बताउँछन्। परम्परागत बजार सञ्चालन भइरहे पनि त्यसअनुसारको पूर्वाधार र व्यवस्थापन नहुँदा आफूहरूलाई समस्या परेको उनीहरूको गुनासो छ। भक्तपुरका स्थानीय दसबहादुर मानन्धरका अनुसार महेश्वरीस्थानमा घटस्थापनादेखि फूलपातीसम्म मुख्य रूपमा राँगाको बजार लाग्छ। फराकिलो ठाउँ र नजिकै खोला भएकाले विगतदेखि नै यहाँ राँगा राख्ने गरिएको उनले बताए। पहिले भेलुखेलमा पनि राँगा राख्ने चलन थियो। अहिले ठाउँ अभावका कारण महेश्वरीस्थानमै बजार केन्द्रित भएको छ। फूलपातीको अघिल्लो दिनदेखि राँगा काट्ने क्रम सुरु हुन्छ। त्यसैले महेश्वरीस्थानको बजार दशैंको तयारीसँग प्रत्यक्ष जोडिएको छ। गुणबहादुरहरूको जीविका चलिरहोस् दशैंको रौनकले गुणबहादुरको चुलो पनि बल्न सकोस्, उनले ल्याएका राँगा पनि बिक्री होऊन् र वर्षौंदेखि यही बजारमा टिकेको जीविकोपार्जनको आधार पनि नटुटोस्—भक्तपुरको महेश्वरीस्थानमा ग्राहकको प्रतीक्षामा बसेका व्यापारीहरूको यही आशा छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

प्रदीप अधिकारीसँग अख्तियारका आयुक्त अमात्यको अडियो प्रकरणमा पूर्वआयुक्त राजनारायण पाठककै नजिर दोहोरिएला ?
ताजा खबरJust now

प्रदीप अधिकारीसँग अख्तियारका आयुक्त अमात्यको अडियो प्रकरणमा पूर्वआयुक्त राजनारायण पाठककै नजिर दोहोरिएला ?

काठमाडौँ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै ‘मुद्दा मिलाइदिने’ र सूचना चुहाएर ‘अनैतिक रिसवत’ (घुस) लिने गरेको तथ्य पटक–पटक दोहोरिएको छ । यसले संवैधानिक निकायको निष्पक्षतामाथि... ...

रातोपाटी
महासंघ अध्यक्ष श्रेष्ठको चेतावनी- प्रमाणविना उद्यमीलाई दोषी ठहर नगरियोस्
ताजा खबरJust now

महासंघ अध्यक्ष श्रेष्ठको चेतावनी- प्रमाणविना उद्यमीलाई दोषी ठहर नगरियोस्

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवर्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानीको सुनिश्चितता र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन्। ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई सहज कर्जा उपलब्ध गराउन धितोमा आधारित कर्जाको विकल्पका रूपमा नगद प्रवाह र बिलका आधारमा कर्जा दिन... ...

नेपालखबर
चाडपर्वमा जनकपुरधामको सुरक्षाव्यवस्था कडा
ताजा खबरJust now

चाडपर्वमा जनकपुरधामको सुरक्षाव्यवस्था कडा

जनकपुरधाम । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषा प्रहरीले जनकपुरधामसहित जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, लागुऔषध कारोबार... ...

रातोपाटी
पाँच महिनापछि अरुण नदीको सतिघाटमा 'फेरि सेवा' सञ्चालन
ताजा खबरJust now

पाँच महिनापछि अरुण नदीको सतिघाटमा 'फेरि सेवा' सञ्चालन

भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ । यसअघि पक्की पुल नहुँदा आवागमनमा समस्या हुँदै आएकामा पाँच... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play