सकियो मख्यमन्त्री सम्मेलन, प्रदेशलाई अधिकार सम्पन्न बनाउने साझा संकल्प

विराटनगर । विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ ले संघीयता कार्यान्वयनमा देखिएका जटिलता हटाउँदै प्रदेशको अधिकार सुनिश्चित गर्न ‘कोशी घोषणा– २०८३’ जारी गरेको छ । मंगलबार र बुधबारको छलफलपछि ६ प्रदेशका मुख्यमन्त्रीले प्रदेश अधिकारको पूर्ण प्रयोग, अन्तरप्रदेश साझेदारी र प्रतिबद्धता शीर्षकमा लामो ९ पृष्ठ घोषणापत्र जारी गरेका हुन् । यो घोषणामा सुदूरपश्चित प्रदेशको पनि सहमति छ । सरकारको नीति तथा कार्यक्रमको शैलीमा सार्वजनिक भएको सम्मेलनको निष्कर्ष बोकेर मुख्यमन्त्रीहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्ने तयारी छ । ‘हिजो र आजको गहन छलफलपछि हामीले प्रदेशको दायित्व र अधिकारका विषयमा गहन छलफल गरेका छौं,’ सम्मेलनपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने, ‘अहिले त दशैं लागिहाल्यो, दशैंपछि प्रधानमन्त्रीको समय मिलाएर सम्मेलनको विषयवस्तु राख्छौं ।’ यसअघि पोखरामा भएको सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि सहभागिता थियो । विराटनगर सम्मेलनमा भने संघीय सरकारलाई खबर गरिएको थिएन् । प्रदेशको आन्तरिक छलफल गरी साझा धारणा तयार गर्नुपर्ने भएकाले सम्मेलनमा संघीय सरकारलाई नबोलाइएको मुख्यमन्त्री कार्कीले बताए ।‘गाउँपालिका महासंघ र नगरपालिका महासंघलाई प्रतिनिधिको रूपमा उद्घाटन सत्रमा बोलाएका थियौं,’ उनले भने, ‘यसको निष्कर्षसहित हामी संघीय सरकारसमक्ष जान्छौं ।’ दुई दिनसम्म चलेको सम्मेलनले बुँदागत रूपमा आफ्ना दायित्व र संघीय सरकारले गर्नुपर्ने काम उल्लेख गरेको छ । दुई वर्षअघि पोखरामा भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले पारित गरेको १७ बुँदे घोषणापत्रमा रहेका अधिकांश कोशी घोषणपत्रमा समावेश छन् । १५ असार २०८० मा पोखरामा भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले १७ बुँदे घोषणापत्र जारी गरेको थियो । सो घोषणापत्रमा रहेको सवारी साधन दर्ता नामसारी लाइसेन्स वितरणको अधिकार प्रदेशले पाएको छ । तर, घोषणापत्रले समेटेको प्रहरी समायोजन, निजामती ऐन, प्राकृतिक स्रोतको बाडफाड, वित्तीय अनुदान, कर्मचारी सरुवा र खटनपटन, कानुन नहुँदा एकल अधिकार र साझा अधिकार सूचीका अधिकार प्रयोग गर्न कानुन बनाउनु पर्नेलगायत विषय समेटिएका थियो । सम्मेलनमा सहभागी ६ प्रदेशका मुख्यमन्त्रीहरूले संविधान प्रदत्त अधिकारको प्रभावकारी प्रयोग गर्न, प्रशासनिक र वित्तीय संघीयतालाई पूर्णता दिन र साझा विकासका मुद्दाहरूमा एकताबद्ध भएर अघि बढ्ने संकल्प गरे । घोषणापत्रमार्फत मुख्यमन्त्रीहरूले संघीय सरकारसँग असन्तुष्टि र अपेक्षा दुवै राखेका छन् । अधिकार क्षेत्रको अस्पष्टता, कार्यजिम्मेवारीमा देखिएको दोहोरोपन र कर्मचारी व्यवस्थापनमा रहेको अन्योलले संघीयताको मर्ममा प्रहार भएको मुख्यमन्त्रीहरुको निष्कर्ष छ । ‘संविधान र वर्तमान कानुनको कार्यविधिभित्र रहेर तत्काल संघीय सरकारले निर्णय, कानुनी नीतिगत व्यवस्था र अधिकार हस्तान्तरण गर्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ । सम्मेलनले प्रदेशहरूको साझा हितलाई प्राथमिकतामा राखेको छ । सडक, हवाई सम्पर्क, कृषि करिडोर र पर्यटन सर्किटजस्ता ठूला आयोजनाहरूमा दुई वा दुईभन्दा बढी प्रदेश मिलेर काम गर्ने घोषणापत्रमा उल्लेख छ । मुख्यमन्त्री सम्मेलनबाट प्रदेशहरूले संविधान संशोधनको मुद्दा पनि उठाएका छन् । मुख्यमन्त्रीहरूले अधिकार सूचीका विषयमा स्पष्टताका लागि संविधान संशोधनको मुद्दा उठाएका हुन् । संविधानको भावना अनुरूप प्रशासनिक संघीयताको पूर्ण कार्यान्वयनका लागि संसदमा दर्ता भई निर्माणको प्रक्रियामा रहेको संघीय निजामती सेवा विधेयकलाई प्रदेशका संवैधानिक अधिकार र सरोकार सम्बोधन हुने गरी पारित गुर्नपर्ने प्रदेशहरूको माग छ । प्रहरी समायोजन गर्न पनि संघीय सरकारलाई अनुरोध गर्नेछ । सम्मेलनले प्रदेश–प्रदेशबीच निरन्तर सहकार्य कायम राख्न ‘अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मञ्च’ गठन पनि गरेको छ । यो मञ्चको अध्यक्षता सम्मेलन आयोजना गर्ने प्रदेशका मुख्यमन्त्रीले गर्नेछन् । अर्को मुख्यमन्त्री सम्मेलन लुम्बिनी प्रदेशमा आयोजना गर्ने पनि सहमति भएको छ । ‘दलीय वा व्यक्तिगत स्वार्थभन्दा माथि उठी, संविधानको मर्म अनुरूप प्रदेश–प्रदेशबीचको सम्बन्धलाई विश्वासिलो र सहयोगी बनाउन हामी संकल्पबद्ध छौं,’ कोशी घोषणामा भनिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन् । ३५ वर्षमुनिका युवा खुलातर्फ ई. सुवास पौडेलले फराकिलो अग्रता बनाएका छन् । एक हजार ९८६ मतगणना हुँदा गण्डकी प्रदेश खुलातर्फ किरणबाबु श्रेष्ठले ७७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेल (दारी)ले ७०१ मत पाएका छन् । ...

भारतबाट दसैँ मनाउन घर फर्किनेको गड्डाचौकीमा अनिवार्य स्वास्थ्य परीक्षण
दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ। सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो। भारतबाट फर्किने नागरिकमा... ...

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते
जाजरकोट। जाजरकोटको जुनीचाँदे गाउँपालिका–२, गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनीचाँदे–३, स्यालाकी ३० वर्षीया ...

प्रोत्साहन अनुदानले बढ्यो दुध सङ्कलन
हेटौँडा समाचारदाताहेटौँडा, असोज २९ गते । मकवानपुरको मनहरी गाउँपालिकामा उत्पादनमा आधारित दुधमा प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन भएपछि दुध सङ्कलनमा वृद्ध भएको छ । गाउँपालिकाको तथ्... ...


