Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/भारतीय ब्रान्डको इलेक्ट्रिक स्कुटर जेलियो नेपाली बजारमा

भारतीय ब्रान्डको इलेक्ट्रिक स्कुटर जेलियो नेपाली बजारमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय ब्रान्डको इलेक्ट्रिक स्कुटर जेलियो नेपाली बजारमा

भारतको इलेक्ट्रिक स्कुटर ब्रान्ड जेलियोले अब नेपालमा पनि व्यावसाय विस्तार गरेको छ। जेलियोलाई नेपालमा गो ग्रिन बिजनेस एन्ड सोलुसन प्रालीले भित्राएको हो। नेपालमा विद्युतीय सवारीसाधन बजारमा विस्तार भइरहेका बेला जेलियो इलेक्ट्रिक स्कुटरले ले आफ्नो उपस्थिति विस्तार गर्दै आधुनिक, किफायती तथा वातावरणमैत्री व्यक्तिगत यातायातको नयाँ विकल्प प्रस्तुत गरेको जनाएको छ।सर्वसाधारणहरूको दैनिक आवागमनलाई सहज, किफायती र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ जेलियो ले विभिन्न मोडलका इलेक्ट्रिक स्कुटरहरू नेपाली बजारमा उपलब्ध गराएको छ। कम्पनीले जेलियो इलेक्ट्रिक स्कुटरमा आकर्षक तथा आधुनिक डिजाइनसँगै दैनिक प्रयोगलाई ध्यानमा राखेर उच्च दक्षताको इलेक्ट्रिक मोटर, आधुनिक ब्याट्री प्रविधि, डिजिटल डिस्प्ले, आरामदायी राइडिङ, राम्रो स्टोरेज क्षमता तथा सुरक्षा सुविधाहरू जस्ता विशेषताहरू रहेको बताएको छ। नेपालमा बढ्दो विद्युतीय सवारीसाधनको मागलाई ध्यानमा राख्दै जेलियोले ग्राहकलाई कम सञ्चालन खर्च, वातावरणमैत्री यात्रा र आधुनिक प्रविधिको अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ। जेलियो इभी स्कुटर खरिद गर्ने ग्राहकहरूका लागि कम्पनी तथा आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध मोडल र योजनाअनुसार फाइनान्स तथा एक्सचेन्ज सुविधा, टेस्ट राइड सुविधा तथा बिक्रीपछिको सेवा तथा मर्मत सम्भार र स्पेयर पार्ट्स तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ। कम्पनीका प्रतिनिधिले भने, ‘नेपालमा विद्युतीय मोबिलिटीको प्रयोग बढिरहेको अवस्थामा जेलियोले ग्राहकको आवश्यकता, बजेट र दैनिक प्रयोगलाई ध्यानमा राखेर आधुनिक तथा किफायती इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने लक्ष्य राखेको छ। ग्राहकलाई गुणस्तरीय उत्पादनसँगै भरपर्दो सेवा र सहज फाइनान्सिङ सुविधा उपलब्ध गराउनु प्राथमिकत हो। The post भारतीय ब्रान्डको इलेक्ट्रिक स्कुटर जेलियो नेपाली बजारमा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

ओरेन्जले आफ्नो नेटवर्क विस्तारका लागि ह्वावेलाई छनोट गर्ने सम्भावना
प्रविधिJust now

ओरेन्जले आफ्नो नेटवर्क विस्तारका लागि ह्वावेलाई छनोट गर्ने सम्भावना

स्पेनको दूरसञ्चार कम्पनी ओरेन्जले आफ्नो नेटवर्क विस्तारका लागि ह्वावे र एरिक्सनसँग छलफल गरिरहेको छ। तर, भविष्यमा युरोप वा स्पेनमा चिनियाँ उपकरणमाथि प्रतिबन्ध लागेमा आफूलाई पर्न सक्ने आर्थिक नोक्सानीबाट बच्न कम्पनीले कडा सर्त राखेको छ। ओरेन्जले ह्वावेसँगको सम्झौतामा स्पष्ट क्षतिपूर्ति प्रावधान राख्न चाहेको छ, जसमा प्रतिबन्धका कारण हटाउनुपर्ने हार्डवेयर र सफ्टवेयरको खुद बही मूल्य ह्वावेले कुनै थप छलफल बिना नै चुक्ता गर्नुपर्नेछ। यो ...

टेक्नोलोजी खबर
नेपाल टेलिकम हुलाक सिम सेवा: अनलाइन फारम भर्ने र घरमै सिम मगाउने सजिलो तरिका
प्रविधिJust now

नेपाल टेलिकम हुलाक सिम सेवा: अनलाइन फारम भर्ने र घरमै सिम मगाउने सजिलो तरिका

२९ असोज, काठमाडौं। नेपाल टेलिकम (NTC) ले आफ्ना ग्राहकहरूका लागि डिजिटल नेपाल अभियान अन्तर्गत एक ऐतिहासिक र सुविधाजनक “हुलाक सिम सेवा” (Postal SIM Service) सञ्चालनमा ल्याएको छ। अब ग्राहकहरूले सिमकार्ड लिनका लागि टेलिकमको काउन्टरमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ। घरमै बसेर अनलाइन आवेदन दिई नेपाल हुलाकमार्फत नयाँ प्रिपेड फिजिकल सिमकार्ड प्राप्त गर्न सकिने यो […] The post नेपाल टेलिकम ...

आइसिटी फ्रेम
माइक्रोसफ्टका अध्यक्ष भन्छन्- एआई नियमनको नेतृत्व गर्न बेलायत सबैभन्दा उपयुक्त
प्रविधिJust now

माइक्रोसफ्टका अध्यक्ष भन्छन्- एआई नियमनको नेतृत्व गर्न बेलायत सबैभन्दा उपयुक्त

माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले कृत्रिम बुद्धिमता (एआई) को तत्काल नियमन गर्नुपर्ने बताएका छन्। उनका अनुसार दूध र वासिङ मेसिनजस्ता उपभोक्ता सामग्रीमा समेत एआई विकास गर्ने कम्पनीहरूको तुलनामा बढी निगरानी हुने गरेको छ। हालै बीबीसीको एक पोडकास्टमा स्मिथले एआईलाई “हतियार र औजार” दुवैको संज्ञा दिँदै यसले विश्वको साइबर सुरक्षामा जोखिम बढाइरहेको बताए। उनले विश्वव्यापी सुरक्षा नियम लागू गर्ने समय आइसकेको पनि बताए। स्मिथले ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play