Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आज देशका केही स्थानमा मेघ गर्जन, चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

आज देशका केही स्थानमा मेघ गर्जन, चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज देशका केही स्थानमा मेघ गर्जन, चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने संभावना रहेको जानकारी दिएको छ । हाल कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल, लुम्बिनी प्रदेश लगातय बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । देशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल तथा बाँकी तराई भू-भागमा मौसम मख्यतया सफा रहने छ। देशको हिमाली भू-भागका थोरै स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । त्यस्तै आज राति देशको हिमाली भू-भागमा साधारणतया बादल र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा तथा हल्का वर्षा/हिमपातको सम्भावना छ । The post आज देशका केही स्थानमा मेघ गर्जन, चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

खस आर्यतर्फको कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी
ताजा खबरJust now

खस आर्यतर्फको कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका हुन्। सहमहामन्त्री पदको अन्तिम मतपरिणामअनुसार केसीले २ हजार १९९ मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का उम्मेदवार दिनेश कोइरालाले १ हजार २४६ मत प्राप्त गर्दा ... ...

नेपालखबर
लेकसाइड–पञ्चासे सडक डेढ अर्ब लागतमा स्तरोन्नति हुँदै
ताजा खबरJust now

लेकसाइड–पञ्चासे सडक डेढ अर्ब लागतमा स्तरोन्नति हुँदै

लेखनाथ समाचारदातालेखनाथ, असोज २९ गते । पर्यटन राजधानी पोखराको लेकसाइडदेखि अर्को पर्यटकीय गन्तव्य पञ्चासेसम्म नमुना सडक निर्माण हुने भएको छ । पोखरा महानगरपालिकाका वडा नम्बर ६, १८ र... ...

गोरखापत्र
दसैँमा चार दिन फोहोर नउठ्ने, घरमै व्यवस्थापन गर्न महानगरको आग्रह
ताजा खबरJust now

दसैँमा चार दिन फोहोर नउठ्ने, घरमै व्यवस्थापन गर्न महानगरको आग्रह

काठमाडौं । दसैँको मुख्य दिनलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले कात्तिक १ देखि ४ गतेसम्म फोहोर व्यवस्थापन प्रभावित हुने जनाएको छ। चाडपर्व मनाउन सफाइ कर्मचारी बिदामा जाने भएपछि उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो। फोहोर व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै महानगरपालिकाले उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर सडक र सार्वजनिक स्थानमा नफाल्न आग्रह गरेको ...

टक्सार
एमसीसीद्वारा नेपाल कम्याक्टको म्याद थप्न 'स्वीकृति', अब कार्यान्वयनको योजना कस्तो
ताजा खबरJust now

एमसीसीद्वारा नेपाल कम्याक्टको म्याद थप्न 'स्वीकृति', अब कार्यान्वयनको योजना कस्तो

MCC सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी कम्प्याक्ट सन् २०२३ मा कार्यन्वयनको चरणमा प्रवेश गरेको थियो गत आर्थिक वर्षसम्म मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका परियोजनामा २० प्रतिशतभन्दा कम प्रगति भएको विवरणमाझ नेपाल ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play