च्याटजीपीटीले बालबालिकालाई हानि पुर्याएको भन्दै अमेरिकाका आठ राज्यले हाले ओपनएआईविरुद्ध मुद्दा

अमेरिकाका आठ राज्यले च्याटजीपीटीका कारण आफ्ना नागरिकलाई हानि पुगेको आरोप लगाउँदै ओपनएआईविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। ती राज्यले च्याटबटले किशोरकिशोरीसहितका प्रयोगकर्तालाई आफूलाई वा अरूलाई हानि पुर्याउने काममा सहयोग गरेको आरोप लगाएका छन्। आयोवा, कन्सास र एरिजोनासहित आठ राज्यका महान्यायाधिवक्ताले बुधबार आ–आफ्ना राज्यका अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेका हुन्। मुद्दामा च्याटजीपीटी प्रयोगकर्तासँग सहमत हुने र उनीहरूलाई निरन्तर संलग्न राख्ने गरी बनाइएको आरोप लगाइएको छ। यसले प्रयोगकर्ताको विश्वास जितेपछि उनीहरूका भ्रमपूर्ण धारणालाई थप बल दिने, जोखिमपूर्ण व्यवहारलाई प्रोत्साहन गर्ने र सामूहिक गोलीकाण्डजस्ता हिंसात्मक घटनाको योजना बनाउन सहयोग गर्ने दाबी गरिएको छ। रोयटर्सका अनुसार यी मुद्दा कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीविरुद्ध विभिन्न राज्यले समन्वय गरेर अघि बढाएको अहिलेसम्मकै महत्त्वपूर्ण कानुनी कदममध्ये एक भएको समाचारमा उल्लेख छ। सार्वजनिक सेयर निष्कासनको तयारी गरिरहेको ओपनएआईले यसअघि पनि विभिन्न कानुनी चुनौती सामना गर्दै आएको छ। फ्लोरिडाका महान्यायाधिवक्ताले गत जुनमा ओपनएआईविरुद्ध यस किसिमको पहिलो मुद्दा दायर गरेका थिए। मुद्दामा च्याटजीपीटीको सुरक्षाबारे प्रयोगकर्तालाई भ्रममा पारेको भन्दै कम्पनीले राज्यका उपभोक्ता संरक्षणसम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको छ। साथै, नागरिकको स्वास्थ्य जोखिममा पारेर कम्पनीले सार्वजनिक उपद्रव सिर्जना गरेको पनि राज्यहरूको दाबी छ। राज्यहरूले च्याटजीपीटीले काम गर्ने तरिकामा परिवर्तन गर्न अदालतबाट आदेश जारी गर्न माग गरेका छन्। मानव मूल्यसँग मेल खाने सुनिश्चितता नगरेसम्म आफैँलाई सुधार गर्न सक्ने एआई मोडेल विकास गर्न कम्पनीलाई रोक्नुपर्ने माग पनि गरिएको छ। आयोवा, कन्सास र एरिजोनाका अतिरिक्त अर्कान्सास, इडाहो, मोन्टाना, नेब्रास्का र वेस्ट भर्जिनिया यी मुद्दा दायर गर्ने राज्यमा छन्। उनीहरूले कानुन उल्लंघन गरेबापत ओपनएआईबाट आर्थिक जरिवाना र क्षतिपूर्ति पनि माग गरेका छन्। ओपनएआईका प्रवक्ताले यस विषयमा तत्काल प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ। कम्पनीविरुद्ध निजी व्यक्तिहरूले पनि दर्जनौँ मुद्दा दायर गरेका छन्। ती मुद्दामा च्याटजीपीटीले सामूहिक गोलीकाण्ड वा अन्य हिंसात्मक घटनाको योजना बनाउन प्रयोगकर्तालाई सहयोग गरेको आरोप लगाइएको छ। The post च्याटजीपीटीले बालबालिकालाई हानि पुर्याएको भन्दै अमेरिकाका आठ राज्यले हाले ओपनएआईविरुद्ध मुद्दा appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

सामसङले ग्यालेक्सी एस२३ सिरिज, फोल्ड५ र फ्लिप५ का लागि जारी गर्यो मा वन यूआई ९ को स्थिर अपडेट
सामसङले एन्ड्रोइड १७ मा आधारित वन यूआई ९ को स्थिर अपडेट ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३ प्लस, ग्यालेक्सी एस२३ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड५ र ग्यालेक्सी जेड फ्लिप५ का लागि जारी गरेको छ। ग्यालेक्सी एस२३ सिरिजका लागि जारी अपडेटको बिल्ड संस्करण जीजेडआईएफ छ। बिटा कार्यक्रममा सहभागी प्रयोगकर्ताले ५०० एमबीभन्दा कम आकारको अपडेट डाउनलोड गर्नुपर्नेछ। तर, बिटा कार्यक्रममा सहभागी नभएका प्रयोगकर्ताले करिब ३ जीबीको ...

सामसङको एन्ड्रोइड एक्सआर स्मार्ट ग्लासको तस्बिर र विशेषता सार्वजनिक
सामसङले गत जुलाईमा आफ्नो एआई स्मार्ट ग्लासबारे घोषणा गरेको थियो। कम्पनीले उक्त स्मार्ट ग्लासको प्रारम्भिक जानकारी सार्वजनिक गर्नुका साथै केही प्रयोगात्मक झलकसमेत देखाएको थियो। यद्यपि, ग्लास बजारमा आइसकेको छैन। पछिल्लो अपुष्ट जानकारीअनुसार सामसङले यसलाई नोभेम्बरमा सार्वजनिक गर्न सक्नेछ। साम्मीगुरुका अनुसार सामसङका साझेदार कम्पनीहरू जेन्टल मोन्स्टर र वार्बी पार्करले तयार पारेका स्मार्ट ग्लासका विभिन्न डिजाइन सार्वजनिक भएका छन्। यससँगै ग्लासको हार्डवेयरसम्बन्धी विवरण ...

रेजिडेन्ट इभल २ अब को-अप मोडमा पनि खेल्न सकिने
सन् २०१९ मा क्यापकमले सार्वजनिक गरेको भिडियो गेम रेजिडेन्ट इभल २ अब पीसीमा नयाँ मोडमार्फत स्थानीय को-अप (सहकार्य) मोडमा पनि खेल्न सकिने भएको छ। जानकारी अनुसार यो मोडले गेममा दोस्रो पात्र थप्छ जसलाई खेलाडीले आफैँ नियन्त्रण गर्न सक्छन्। टेलिग्राफका अनुसार अब गेमका पारखीले र्याकुन सिटीमा सँगै घुम्न र खेल्न सक्नेछन्। यसमा साझा स्क्रिन, स्क्रिन विभाजन वा कृत्रिम बुद्धिमत्ता (एआई) बाट नियन्त्रित सहायक ...


