सामसङले ग्यालेक्सी एस२३ सिरिज, फोल्ड५ र फ्लिप५ का लागि जारी गर्यो मा वन यूआई ९ को स्थिर अपडेट

सामसङले एन्ड्रोइड १७ मा आधारित वन यूआई ९ को स्थिर अपडेट ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३ प्लस, ग्यालेक्सी एस२३ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड५ र ग्यालेक्सी जेड फ्लिप५ का लागि जारी गरेको छ। ग्यालेक्सी एस२३ सिरिजका लागि जारी अपडेटको बिल्ड संस्करण जीजेडआईएफ छ। बिटा कार्यक्रममा सहभागी प्रयोगकर्ताले ५०० एमबीभन्दा कम आकारको अपडेट डाउनलोड गर्नुपर्नेछ। तर, बिटा कार्यक्रममा सहभागी नभएका प्रयोगकर्ताले करिब ३ जीबीको अपडेट डाउनलोड गर्नुपर्नेछ। जीएसएमएरिनाका अनुसार ग्यालेक्सी एस२३ सिरिजका लागि वन यूआई ९ को स्थिर अपडेट दक्षिण कोरियामा बिटा कार्यक्रममा सहभागी प्रयोगकर्तालाई उपलब्ध गराउन थालिएको छ। यो अपडेट चाँडै दक्षिण कोरियाका अन्य प्रयोगकर्ता र अन्य क्षेत्रका प्रयोगकर्ताका लागि पनि उपलब्ध हुने अपेक्षा गरिएको छ। सामसङ ग्यालेक्सी जेड फोल्ड५ र ग्यालेक्सी जेड फ्लिप५ मा पनि दक्षिण कोरियामा वन यूआई ९ को स्थिर अपडेट जारी गरिएको छ। दक्षिण कोरियामा रहेका र माथि उल्लेखित स्मार्टफोन प्रयोग गरिरहेका प्रयोगकर्ताले अहिलेसम्म अपडेट प्राप्त नगरेको अवस्थामा फोनको सेटिङ्स मा गएर सफ्टवेयर अपडेट विकल्पमार्फत म्यानुअल रूपमा जाँच गर्न सक्नेछन्। The post सामसङले ग्यालेक्सी एस२३ सिरिज, फोल्ड५ र फ्लिप५ का लागि जारी गर्यो मा वन यूआई ९ को स्थिर अपडेट appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

सामसङको एन्ड्रोइड एक्सआर स्मार्ट ग्लासको तस्बिर र विशेषता सार्वजनिक
सामसङले गत जुलाईमा आफ्नो एआई स्मार्ट ग्लासबारे घोषणा गरेको थियो। कम्पनीले उक्त स्मार्ट ग्लासको प्रारम्भिक जानकारी सार्वजनिक गर्नुका साथै केही प्रयोगात्मक झलकसमेत देखाएको थियो। यद्यपि, ग्लास बजारमा आइसकेको छैन। पछिल्लो अपुष्ट जानकारीअनुसार सामसङले यसलाई नोभेम्बरमा सार्वजनिक गर्न सक्नेछ। साम्मीगुरुका अनुसार सामसङका साझेदार कम्पनीहरू जेन्टल मोन्स्टर र वार्बी पार्करले तयार पारेका स्मार्ट ग्लासका विभिन्न डिजाइन सार्वजनिक भएका छन्। यससँगै ग्लासको हार्डवेयरसम्बन्धी विवरण ...

रेजिडेन्ट इभल २ अब को-अप मोडमा पनि खेल्न सकिने
सन् २०१९ मा क्यापकमले सार्वजनिक गरेको भिडियो गेम रेजिडेन्ट इभल २ अब पीसीमा नयाँ मोडमार्फत स्थानीय को-अप (सहकार्य) मोडमा पनि खेल्न सकिने भएको छ। जानकारी अनुसार यो मोडले गेममा दोस्रो पात्र थप्छ जसलाई खेलाडीले आफैँ नियन्त्रण गर्न सक्छन्। टेलिग्राफका अनुसार अब गेमका पारखीले र्याकुन सिटीमा सँगै घुम्न र खेल्न सक्नेछन्। यसमा साझा स्क्रिन, स्क्रिन विभाजन वा कृत्रिम बुद्धिमत्ता (एआई) बाट नियन्त्रित सहायक ...

निर्माणमा एआईको प्रयोग बढाउन एपिकले डिज्नीसँगको भिडियो गेम निर्माणमा ढिलाइ गरेको रिपोर्ट
एपिक गेम्सले गेम निर्माणमा कृत्रिम बुद्धिमताको प्रयोगलाई व्यापक बनाउने योजना अघि सारेको छ। कम्पनीले डिज्नीसँग मिलेर केही गेम निर्माण गरिरहेको छ। तर ब्लुमबर्गका अनुसार, तीमध्ये एउटा आगामी गेम निर्माणमा थप एआई प्रयोग गर्नुपर्ने भएपछि यसको सार्वजनिक गर्ने मिति पछि सारिएको छ। ब्लुमबर्गले उल्लेख गरेअनुसार उक्त गेमका एक निर्देशकले टोलीलाई परियोजनामा ‘एआई फर्स्ट’ उत्पादन योजना लागू गरिने जानकारी दिएका थिए। आन्तरिक सन्देशमा ...


