Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/३ हजार ५८५ यात्रुलाई प्रहरीको निःशुल्क बस सेवा

३ हजार ५८५ यात्रुलाई प्रहरीको निःशुल्क बस सेवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
३ हजार ५८५ यात्रुलाई प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैँ पर्वका अवसरमा काठमाडौँ उपत्यकामा तीन हजार ५८५ यात्रुले लाभ लिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् । यस्तै सशस्त्र प्रहरीबाट सञ्चालित दुई वटा बसले अष्टमी, नवमी र दशमीका दिन गरी दुई हजार १७९ यात्रुलाई काठमाडौँ उपत्यकामा निःशुल्क सवारी सेवा दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । दसैँको समयमा सार्वजनिक सवारीसाधनको कमी हुने हुँदा यात्रुको आवागमन सहज तुल्याउन यो सेवा दिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

इजरायली सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा
ताजा खबरJust now

इजरायली सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा

वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका प्रतिस्पर्धीबीच सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ। ...

हाम्राकुरा
बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, साढे १ करोडभन्दा बढीको क्षति
ताजा खबरJust now

बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, साढे १ करोडभन्दा बढीको क्षति

• बाँकेको जानकी गाउँपालिका–५ मा अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा १ करोड ५६ लाख रुपैयाँको क्षति भएको छ। • आगलागी विद्युत् सर्टका कारण भएको र समयमै नियन्त्रणमा लिइएकोले थप क्षति हुनबाट बचिएको छ। • घटनामा कुनै मानवीय क्षति नभएको र वास्तविक कारणको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। ...

नेपालबहस
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
ताजा खबरJust now

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण थिम रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही २३ देखि २५ अक्टोबरसम्म आयोजना हुँदै छ । सो सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play