३ हजारको किनमेलमा नुवाकोटकी सन्तमायालाई १० लाखको बम्पर उपहार

काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा प्राप्त बिलका आधारमा १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन् । आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको बम्पर उपहार तामाङले जितेकी हुन् । उनले दशैंका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामान खरिद गरी बिल लिएकी थिइन् । सोही बिलको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो । काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममा कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत बम्पर तथा दैनिक विजेताको घोषणा गरेका थिए । विजेता घोषणा भएलगत्तै कलाकारद्वयले तामाङलाई टेलिफोन गरी १० लाख रुपैयाँको उपहार जितेको जानकारी दिएका थिए । सुरुमा कसैले जिस्क्याएको ठानेकी तामाङलाई कलाकारहरूले यो नेपाल सरकारको आधिकारिक करदाता प्रोत्साहन कार्यक्रम भएको बताएपछि आफू विजेता बनेको विश्वास लागेको थियो । आन्तरिक राजस्व विभागका महानिर्देशक डा। भीष्मकुमार भूसालका अनुसार उपभोक्तामा सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्मको अवधिमा उपभोक्ताले सिस्टममा प्रविष्ट गरेका २ लाख ७५ हजार ८८४ बिल र क्युआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबार गरी कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा सहभागी भएका थिए । बम्पर उपहारबाहेक विभागले उक्त अवधिका प्रत्येक दिन एक जनाका दरले १६ जना दैनिक विजेता पनि घोषणा गरेको छ । उनीहरूले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन् । कर कट्टीपछि प्रत्येक विजेताको खातामा एक लाख रुपैयाँ जम्मा हुनेछ । बम्पर विजेता तामाङसहित सबै विजेताले पुरस्कार दाबी गर्न आफूले सामान खरिद गर्दा प्राप्त गरेको सक्कल बिलसहित आगामी कात्तिक १५ गतेभित्र नजिकैको आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गर्नुपर्ने विभागले जनाएको छ ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
फ्रान्सको गृह मन्त्रालयका अनुसार फ्रान्सभरका प्रदर्शनमा ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए । ठाउँ-ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच कडा झडप भएको थियो ...

सख्या नाचले गुल्जार गाउँबस्ती
“डानु डाडा डानु रि डाडा डानु डरिउना भली रसखि र डानु रि डाडा डरिउना रि कहिलेटोही मै समिरौ सरस्वती मैयासखि र सरस्वती मैयाँ स्यावा रि मोरी लेओ…” मादल र मञ्जिराको तालसँगै गुञ्जिने सख्या गीतको यही भाकाले यतिबेला थारू गाउँबस्तीलाई उल्लासमय बनाएको छ। दिनभरि खेतबारी र घरायसी काममा व्यस्त हुने थारू युवती साँझ परेपछि हातमा मञ्जिरा लिएर मटावाँको आँगनमा भेला हुन्छन्। उनीहरूको ...

विवाह अघि र पछिको दसैँ
वर्षभरि मानिस जहाँ भएपनि जस्तोसुकै अवस्थामा रहे पनि दसैँ आउँदा मन स्वतः घरतिरै फर्किन्छ । टाढिएका आफन्तहरू नजिक हुने पर्व पनि दसैँ हो । निधारमा सजाइने रातो टीका अनि पहेँलो जमरासँगै... ...

करदातालाई बम्पर उपहार
काठमाडौं।करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताको नाम घोषणा गरेका हुन्। आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार कुपन नम्बर ०८१६३२५१५८४९ ले १० लाखको पाक्षिक बम्पर उपहार प्राप्त गरेको छ। त्यसैगरी, कुपन नम्बर ०८८७९०१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ...


