Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/३० लाख घुस प्रकरण : पूर्वमन्त्री पाण्डे र स्वकीय सचिवमाथि कारबाही सिफारिस

३० लाख घुस प्रकरण : पूर्वमन्त्री पाण्डे र स्वकीय सचिवमाथि कारबाही सिफारिस

Share:WhatsAppFacebookX (Twitter)Telegram
३० लाख घुस प्रकरण : पूर्वमन्त्री पाण्डे र स्वकीय सचिवमाथि कारबाही सिफारिस

पोखरा । निजी अस्पताललाई शय्या थप्ने अनुमति दिने क्रममा ३० लाख रुपैयाँ घुसको डिल गरेको आरोप लागेका गण्डकी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र उनका स्वकीय सचिव यादव पौडेलमाथि कारबाही गर्न नेकपा एमाले गण्डकी संसदीय समितिले सिफारिस गरेको छ। एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा उनीहरूमाथि कारबाही गर्न सिफारिस गरिएको हो। समितिले आफ्नो प्रतिवेदन संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारी र एमाले गण्डकीका अध्यक्ष नवराज शर्मालाई बुझाएको छ। प्रमुख सचेतक त्रिपाठीका अनुसार छानबिनका क्रममा पूर्वमन्त्री पाण्डे र उनका स्वकीय सचिव पौडेलले पदीय मर्यादाविपरीत काम गरेको निष्कर्ष निकालिएको छ। प्रतिवेदनमा उनीहरू एमालेको पार्टी विधानको धारा ८४ को ‘छ’ र ‘ञ’ विपरीतका गतिविधिमा संलग्न रहेको उल्लेख गरिएको छ। त्यस्तै, प्रदेशसभा संसदीय दलको विधान, २०८० को धारा २७ तथा मन्त्री नियुक्त हुनुअघि हस्ताक्षर गरिएको आचारसंहितासमेत उल्लंघन गरेको ठहर गर्दै उनीहरूमाथि कडा कारबाही गर्न सिफारिस गरिएको हो। पोखराको नदीपुरस्थित पद्म नर्सिङ होमलाई १०० शय्याको सञ्चालन अनुमति दिने क्रममा ३० लाख रुपैयाँ घुसको डिल भएको आरोप सार्वजनिक भएपछि एमाले र गण्डकी प्रदेश सरकारले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका थिए। आरोपबारे छानबिनपछि एमालेको संसदीय समितिले पार्टीभित्र कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

आरुघाटमा द्रुत गतिमा बेलिब्रिज निर्माण [तस्बिरहरू]
ताजा खबरJust now

आरुघाटमा द्रुत गतिमा बेलिब्रिज निर्माण [तस्बिरहरू]

बूढीगण्डकी नदीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल क्षतिग्रस्त बनाएपछि त्यहाँ बेलिब्रिज निर्माणको काम तीव्र ...

हाम्राकुरा
ट्रम्पको नीतिविरुद्ध ‘नो किंग्स’ प्रदर्शनबाट मतदानमा जोड
ताजा खबरJust now

ट्रम्पको नीतिविरुद्ध ‘नो किंग्स’ प्रदर्शनबाट मतदानमा जोड

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो किंग्स’ प्रदर्शनमा आयोजकहरूले आगामी मध्यावधि निर्वाचनमा मतदान गर्न नागरिकलाई प्रेरित गरेका छन् । नोभेम्बर ३ मा हुने निर्वाचनअघि मतदाता दर्ता... ...

रातोपाटी
५ लाखले छोडे काठमाण्डु (फाेटाेफिचर)
ताजा खबरJust now

५ लाखले छोडे काठमाण्डु (फाेटाेफिचर)

काठमाण्डु– बडादसैँ मनाउन काठमाण्डु उपत्यका छाड्ने यात्रुको सङ्ख्या ५ लाख नजिक पुगेको छ । घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत ४ लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन् । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ । हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको सङ्ख्या घटेको […] ...

काठमाण्डुपाटी
उपत्यकाबाट पाँच लाख यात्री दसैं मनाउन घर फर्किए
ताजा खबरJust now

उपत्यकाबाट पाँच लाख यात्री दसैं मनाउन घर फर्किए

काठमाडौँ, कात्तिक १ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि कात्तिक १ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play