२९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना भएको छ। विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार ६०८ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) निर्माण भएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक प्रतिवेदन, २०८२/०८३ का अनुसार पूर्वाधार विकास र सूचना प्रविधिको विस्तारले शैक्षिक गुणस्तर वृद्धिमा योगदान पुग्दै आएको छ। यस्तै वैकल्पिक स्रोतबाट ६९ दशमलव ६ प्रतिशत विद्यालयमा विद्युत् पहुँच पुगेको छ । सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशत विद्यालयमा इन्टरनेट सुविधा पुगेको देखिएको छ। पछिल्लो वर्षको तथ्याङ्क अुनसार हाल मुलुकभर ३५ हजार ९५१ विद्यालयमध्ये धार्मिक प्रकृतिका सहित २७ हजार १० सामुदायिक विद्यालय रहेका छन्।-रासस The post २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप
अमेरिकी प्रविधि उद्यमी इलन मस्कले युक्रेनले स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाउनुभएको छ । युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने उक्त सञ्जालको सेवामा आएको अवरोधलाई लिएर वासिङ्टन र किएभबीच तनाव बढिरहेका बेला मस्कको यो भनाइ आएको हो । मस्कले शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै युक्रेनी सेनाले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरी मानिसको ज्यान लिने उद्देश्यले ड्रोन ...

बेलायतले एआई सुरक्षा क्षेत्रमा ८० करोड डलर खर्च गर्ने
बेलायत सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) बाट उत्पन्न हुन सक्ने जैविक तथा सुरक्षा जोखिम सामना गर्न करिब ६० करोड पाउन्ड (८० करोड अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ। शनिबार सार्वजनिक गरिएको योजनाअन्तर्गत सबैभन्दा ठूलो रकम जैविक सुरक्षासम्बन्धी नयाँ पहलमा खर्च गरिनेछ। यसअन्तर्गत एआई प्रयोग गरेर जैविक जोखिम पहिचान गर्ने प्रयोगशाला स्थापनाका लागि १० करोड पाउन्ड र रोगजनक जीवाणु तथा भाइरसबाट उत्पन्न ...

एनपीएल ३: विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने
८ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको पूर्व सन्ध्यामा पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने जनाएको हो । प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो प्रतियोगिता नोभेम्बर २१ […] The post ...


